Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

मोदीले प्रधानमन्त्री ओलीलाई भने– अब वीरगञ्जबाट आपूर्ति रोकिँदैन

\"Narendraकाठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी वीरगञ्जबाट आपूर्ति ब्यस्था नरोकिने बताएका छन् । गृहनगर झापा गएका प्रधानमन्त्री ओलीलाई मोदीले वीरगञ्ज नाकाबाट आपूर्ति सहज हुने बताएका हुन् । नेपाल–भारत सीमा नाकामध्ये वीरगञ्ज नाकाबाट सबैभन्दा बढी इन्धन नेपाल भित्रिने गर्दछ । वीरगञ्ज नाकाबाट सबैभन्दा बढी इन्धन आपूर्ति हुने भएको वीरगञ्ज सहज नहुँदासम्म नेपालमा इन्धन संकट पर्ने भारतले भन्दै आएको थियो । प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । ओलीले केही दिनअघि मात्रै आफूले वातावरण अनुकुल भएमा भारत भ्रमण गर्ने बताएका थिए । ओलीले चीन वा भारतले आफूलाई बोलाएमा र अनुकुल मिलेमा चीन वा भारतको पहिलो भ्रमण हुने बताएपछि भारतीय प्रधामन्त्री मोदीे टेलिफोन गरी भारत भ्रमणको निम्तो दिएका हुन् । मोदीले विहीबार विहान साढे १० बजेतिर ओलीलाई टेलिफोन गरेका हुन् । मोदी र ओलीबीच झण्डै २० मिनेट भएको टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध विस्तार तथा मधेसी दलहरुले गरेको आन्दोलनकाबारेमा कुराकानी भएको थियो । ओलीले नेपालमा इन्धन आपूर्ति हुने मुख्य नाका रक्सौल भएको उक्त नाकाबाट आपूर्ति सहज बनाउन आग्रह गरेका थिए । जबाफमा प्रधानमन्त्री मोदीले आफू सदैब आपूर्ती व्यवस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताए  । मोदीले औषधीको अभाव भएका बेला आफूले विदेशमन्त्री सुश्मा स्वराजलाई एयरलिफ्ट गरेर भए पनि औषधी आपूर्ती गर्न लगाएको समेत ओलीको स्मरण गराएका थिए । मोदीले तीन महिनायता ओलीसँग सिधा सम्वाद गरेको यो तेस्रोपटक हो । यसअघि प्रधानमन्त्री निर्वा्चित भएकै दिन र नेपाल प्रहरीको गोलीबाट वीरगन्जमा भारतीय युवकको मृत्युभएपछि फोन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending