Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

नाकाबन्दीपछि भोलि सबैभन्दा बढी तेल तिवरण गरिने

\"nepal-oil-nigam\"काठमाडौं । नेपालको संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले गरेको नाकाबन्दीपछि शुक्रबार सबैभन्दा बढी तेल वितरण गरिने भएको छ । गएको १५ दिन यता भारतबाट इन्धन आपूर्ति बढी भएकाले नेपालअ आयल निगमले शुक्रबारदेखि तेल वितरणको मात्रा बढाउन लागेको हो । भारतले गरेको नाकाबन्दी लम्बिन सक्ने र अत्यावश्यक सवारीहरुका लागि तथा सरकारका विशिष्ट ब्यक्तिहरुका लागि भने निगमले तेल भण्डारण गरेर सीमित मात्रामा मात्रै पम्पबाट तेल वितरण गरिँदै आएको थियो । तेल भण्डारण नभएको भन्दै निमगले चार पाङग्रे निजी सवारी साधनलाई लामो समयदेखि निगमले तेल वितरण गरेको छैन । सार्वजनिक सवारी साधन सञ्चालनमा समस्या नहोस् भनेर निगमले सार्वजनिक सावारी साधानलाई मात्र आलोपालो तेल वितरण गर्दै आएको छ । तेल आपूर्ति धेरै हुन थालेको भन्दै निगमले शुक्रबारदेखि निगमको डिपो र पेट्रोल पम्पहरुबाट गरी साढे तीन लाख लिटर भन्दा बढी तेल बाँड्न लागेको हो । निगमको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । निगमले थानकोट डिपोबाट उपभोक्तालाई ६० हजार लिटर तथा पम्पमार्फत दुई लाख २० हजार लिटर डिजल वितरण गरिने निगमले जनाएको छ । तेल आपूर्ति बढी भएको भन्दै वितरणको मात्रा बढाउन लागिए पनि चार पाङग्रे निजी सवारीलाई तेल वितरण गर्ने योजना अझै बनेको छैन । निगमले एक साताअघि नै चार पाङ्ग्रे निजी सवारीलाई छिट्टै तेल वितरण गर्ने भने पनि अझैसम्म वितरण गरेको छैन । एक करोड २० लाख लिटर डिजेल रहेको निगमसँग मंगलबार र बुधबार पनि प्रशस्त डिजेर भित्रिएपछि तेल वितरणको परिणाम बढाउन लागेको हो । निगमका अनुसार बुधबार दुई लाख लिटर भन्दा बढी तेल वितरण गरिएको थियो । निगमले आगामी सातादेखि चार पाँग्रेसवारी साधनलाई पेट्रोल पनि वितरण गर्ने योजना बनाएको छ । निमगको थानकोट डिपोमा पेट्रोलको भण्डारण पनि निकै छ । निगमकै कर्मचारीहरुबाट तेल वितरणमा कालाबजारी भएको भन्दै गुनासो बढेपछि अनुगमन पनि कडा पारिएको छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending