Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

वैज्ञानिकहरुले २०१५ मा के के पत्ता लगाए ? हेर्नुहोस्

एजेन्सी । सन् २०१५ विज्ञानको क्षेत्रमा नयाँ नयाँ खोज गर्ने दृष्टिकोणले समेत निकै फलदायी वर्ष रह्यो । ०१५ मा पनि वैज्ञानिकहरु नयाँ नयाँ खोज अनुसन्धान गर्न अहोरात्र डटिरहे । सिङ्गो मानव जातिको भलाईका लागि उनीहरुले ब्रम्हाण्डका कयौं रहस्यहरु पत्ता लगाउने अथक कोशिस गरिरहेका छन् । २०१५ मा केही महत्वपूर्ण वैज्ञानिक अनुसन्धानहरु भए । ती यस्ता थिएः मंगलग्रहमा पानी पत्ता लाग्यो \"magal-graha-750\" मंगलग्रहमा मानव बस्ती बसाउने कुरा अब कल्पनामा मात्र सिमित नहुने देखियो । यथार्थमा नै त्यो दिन ल्याउन वेज्ञानिकहरु जुटिरहेका छन् । वैज्ञानिकहरुले मंगलग्रहको सतहमा पानी देखिएको बताएका छन् । नेपाली वैज्ञानिक लुजेन्द्र ओझासहितको टिमले उक्त तथ्य पत्ता लगाएको हो । आकाशगंगाको बारेमा नयाँ रहस्य पत्ता लाग्यो \"unclassified_unclassified--193_31-1440x900-750\" खगोलविद्हरुले आकाशगंगाको सम्बन्धमा एक नयाँ खुलास गर्दै ताराहरुको जन्म दिने कतिपय आकाशगंगा आकारमा लामो हुनुको साटो गुजुमुज्ज पर्नुको कारण पत्ता लगाएका छन् । घुम्ने गति उपेक्षाकृत रुपमा सुस्त हुने भएकाले यस्तो आकार हुने उनीहरुको दावी छ । अस्टे«लियाका अनुसन्धानकर्ताहरुले आकाशगंंगासम्बन्धी पुरानो मान्यतालाई चुनौती दिएका छन् । उनीहरुका अनुसार केही आकाशगंगामा ग्याँसको स्तर निकै बढी हुनाले ती गुजुमुज्ज गरेको अवस्थामा छन् तर अहिले वैज्ञानिकहरुले यस्तो आकारका लागि ग्यास नभै गतिको भूमिका जिम्मवार रहेको तथ्य सार्वजनिक गरेका छन् । विश्वको पहिलो हत्या गरिएको कंकाल फेला प¥यो \"0_21_080918_tb_skeleton2-750\" वैज्ञानिकहरुले स्पेनमा ४ लाख ३० हजार वर्ष पुरानो एक मानवखप्पर फेला पारेका छन् । त्योसँगै वैज्ञानिकहरुले पृथ्वीमा मानिसको सबैभन्दा पहिलो हत्याको आँकलन गरेका छन् । उक्त खप्पर हत्या गरिएका मानिसको भएको तत्य पनि खप्परमा रहेको घातक निसानाबाट पत्ता लागेको छ । उक्त भूमिगत गुफामा २८ मानवअवशेष फेला गरेका छन् । त्यहाँ फेला परेका मानव कंकालहरु विश्वमा अहिलेसम्म पत्ता लागेका मध्ये सबैभन्दा पहिले हत्या गरेर फ्याँकिएका मानिसका कंकाल रहेको ठहर वैज्ञानिकहरुले गरेका छन् । मंगलग्रहमा विरालो र मुसाको आकृति पत्ता लाग्यो \"dnews-mars-rat-750\" वैज्ञानिकहरुको एउटा टिमले मंगलग्रहमा जीवनको खोजी जारी राखेका छन् । उनीहरु पक्कै मंगलग्रहमा जीवको अस्तित्व हुनुपर्छ भनेर अहोरात्र खोजिरहेका छन् । यसबीच २०१५ मा उनीहरुले त्यहाँ केही जीव जस्तो आकृति फेला पारेका छन् । पछिल्लो पटक त्यहाँ एउटा खाडलबाट निस्किएको मुसा र एउटा बाँदर र बिरालो जस्तो आकृति पत्ता लगाएका छन् । नासाको क्यूरिसोसिटी उपग्रहले खिचेका तस्बिरमा त्यस्तो देखिएको हो । क्युरियोसिटी सन् २०१२ देखि मंगलग्रहमा छ । खगोलशास्त्रीहरुका अनुसार उक्त आकृति २ देखि ३ फिटसम्मको हुनसक्छ । यसको कान,, नाक, तथा आँखासमेत प्रष्ट देख्न सकिन्छ । तर त्यो जीव नै हो भनेर वैज्ञानिकहरुले यकिनका साथ भन्न सकेका भने छैनन् । पृथ्वीमा जीवको उत्पति सम्बन्धी नयाँ तथ्य फेला पृथ्वीमा ६० करोड वर्ष पहिलो जीवको उत्पतिका लागि आवश्यक अक्सिजनको स्तर निमार्ण हुन झन्डै १० करोड वर्ष लागको थियो । एक नयाँ अनुसन्धानले यो खुलासा गरेको छ । युनिभर्सिटी कजेल अफ लन्डनका अनुसन्धानकर्ताहरुका अनुसार अमेरिका, चीन तथा क्यानाडामा नयाँ ट्रेसर प्रयोग गरी करोडौं वर्षपहिलेको अक्सिजनको स्तर बुझ्ने प्रयास गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: