Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

ओलीले बिर्सिएको मानवता

\"KPकाठमाडौं । उखान, टुक्का, खिसीट्युरीदेखि राजनीतिक घोचपेचमा माहिर केपी शर्मा  ओलीले प्रधानमन्त्री हुने दिन संसदको रोष्ट्रममा भनेका थिए–सबैलाई मिलाएर लगिन्छ, फोटो झुण्ड्याउन होइन केही गर्नको लागि म प्रधानमन्त्री बन्न लागेको हुँ ।’ लगत्तै उनी प्रधानमन्त्री पनि बने । प्रधानमन्त्री बनेपछि पनि उनले झण्डै तीन महिना गुजारीसके । तर, राजनीतिक व्यंग्यवाणका हस्ती ओलीले आफ्नै नेतृत्वमा सरकार बनेपछि भने हदैसम्मका अराजनीतिक काममात्र गरेनन् । भूकम्प र भारतीय नाकाबन्दीबाट आक्रान्त बनेको नेपाली समाजमाथि हदैसम्मको अमानवियता देखाएका छन्  ।   जसोतसो प्रधानमन्त्री बनेदेखिका उनका कसरत राजनीतिक संकटलाई हटाउन प्रभावकारी भूमिका र समन्वय गर्नेभन्दा सरकार टिकाउनमै सबैभन्दा बढी केन्द्रित भए । १२ वैशाखको भूकम्पबाट पीडित बनेकाहरुलाई चिसोबाट बचाउन उनले आवश्यक ठानेनन् । भारतको निर्मम नाकाबन्दीविरुद्ध न विकल्प न समाधान ओली यथास्थितिमा नै रुमल्लिन पुगे । रुमल्लिरहेका छन् ।   ओलीलाई भूकम्पपीडितको चिसोले छोएन बरु ६ जना उपप्रधानमन्त्री बनाउने विषय प्राथमिक बन्यो, भारतले लगाएको नाकाबन्दी खोल्न र मधेस आन्दोलनलाई सुरक्षित अवतरण गराउने गरी उनीहरुलाई राजनीतिक मूलधारमा जुटाउन होइन होइन सरकार टिकाउन मन्त्रालय फुटाउन व्यस्त रहे ।   संचारमाध्यममा एकपछि अर्को गर्दै भूकम्पपीडित चिसोका कारण मरिरहेको समाचार आउँदा पनि वातानूकूलित कक्षमा बसेका ओलीलाइ पीडितको चिसो महसुस भइरहेको छैन । उखान, टुक्कामा माहिर ओली सत्ताबाहिर भएको भए यस्तो पीडा र विपत्तिका बेला सरकारबाट यस्तै भइदिएको भए कस्तो व्यंग्यवाण हान्थे होलान् ? आजकाल ओलीको अमानवीय हर्कत र व्यवहारबारे चियापसलमा चर्चा गरेका प्रश्न हुन् यी ।   हुन पनि ओली प्रधानमन्त्री भएदेखि नै समस्या समाधानको लागि प्रभावकारी पलह गर्न सकेका छैनन् । नाकाबन्दीले सिंगो जनजीवन  कष्टमा पुग्दा ओली चुपचाप देखिए । इन्धन, औषधी, खाद्यान्नको कालोबजारी देखिंदै १५ अर्ब रुपैयाँ तस्करको हातमा पुग्दा सरकार हाँक्ने ओली उल्टै रमाइरहे । जनतामाथि भएको यस्ता अत्यारजन्य गतिविधि रोक्न उनले आवश्यक पहलकदमी लिएनन् । चीनबाट इन्धन ल्याउने विषयलाई प्राथमिकतामा राख्दै तत्काल सहमति गरी ल्याउन पहल गर्नुको साटो कर्मचारीलाई सम्भाव्यता अध्ययनको लागि भन्दै पठाउँदै उल्टै राज्यको ढुकुटी सकाउनमा ओली सहयोगी बने ।   झण्डै पाँच महिनादेखि असन्तुष्ट मधेसी समुदायलाई सहमतिमा ल्याउन होइन उनीहरुलाई भड्काउन ओलीको छुच्चो व्यवहार सहायक बन्यो । यसबाट सत्तासहयोगी एमाओवादीमात्र हैरान भएको छैन । उनकै पार्टीका बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालसमेत तीव्र असन्तुष्ट बन्दै आएका छन् । प्रमुख सत्ता सहयोगी एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ताका बारेमा समीक्षा गर्न बैठक  गर्ने विषय बाहिर ल्याउनुले ओलीले कुन हदसम्म अमानवीयता देखाएका छन् भन्ने बुझ्न  गाह्रो पर्दैन । अन्यौलपूर्ण राजनीतिलाई ट्रयाकमा ल्याउन म्यारथन शैलीमा वार्ता र संवादलाई निरन्तरता दिनुको साटो ओली चुपचाप छन् । मानौ कुनै राजनीतिक समस्या नभएको सहज सरकार आफूले संचालन गरिरहेको छु भन्ने बोध उनलाई देखिन्छ । तर, अवस्था त्यस्तो छैन ।   पीडा, छटपटी, सकस, अभाव र हिनताभावले नेपाली समाज रहेका बेला ओली भने यी सबै पीडामाथि एकैपटक अमावीयता देखारहेका छन् । यस्तै यथास्थितिवाद र अमानवीय हर्कतले ओलीलाई पूण्य मिल्ला ? यस्तै टिप्पणी ओलीमाथि बज्रिन थालेका छन् । किनकी नेपाली समाज इतिहासकै असामान्य अवस्थामा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies