Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

मधेसी मोर्चाको आन्दोलन आज सकिँदै

\"fourकाठमाडौं । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन आइतबार सकिँदैछ । नयाँ संविधान जारी गर्नुअघि नै सीमांकनमा असन्तुष्टी जनाउँदै मोर्चाले साढे चार महिनाअघिदेखि तराई–मधेसमा आन्दोलन गर्दै आएको छ । आन्दोलनका क्रममा ५० जना भन्दा बढी आन्दोलनकारीको ज्यान गइसकेको छ । मोर्चाको पछिल्लो पटक तय गरेको संघर्षका कार्यक्रम आइतबार सकिने मोर्चाले जनाएको छ । दलहरुसँगको वार्ता प्रक्रिया निश्कर्षमा पुग्न नसकेपछि सहमतिको प्रयास भने जारी नै राखिएको छ । ब्यवस्थापिका संसदमा भूकम्पपछिको पुनर्निर्माण विधेयक र संविधान संशोधन विधेयक पेश गरिएपछि मोर्चाले पुस १९ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । मोर्चाको असहमतिका बाबजुद दलहरुले जर्बजस्तरुपमा संशोधन विधेयक अघि बढाएको भन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । मोर्चाको आन्दोलनको कार्यक्रमको अन्तिम दिनसम्म जसरी पनि सहमति जुटाउन दलहरुले केही दिनदेखि कसरत गरिरहेका छ । संविधान संशोधनमा मधेसी मोर्चासहितको साझा धारणा बनाउने प्रमुख तीन दलको निर्णयअनुसार आइतबारको वैठकमा साझा धारणाको पहल गरिने दलका नेताहरुले बताएका छन् । मोर्चाले भने आफूले राखेको ११ बुँदे माग संविधान संसोधन विधेयकमा समेटिएमा सहमति बन्ने बताएको छ । आजै सहमति हुने प्रचण्डको पूर्वघोषणा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मोर्चा र दलहरुबीच समझदारी हुने पूर्व घोषणा नै गरिरकेका छन् । उनले केही दिनअघि नै आइतबार सम्ममा सहमति बन्ने बताउँदै आएका छन् । शनिबार मात्रै विराटनगरमा प्रचण्डले आइतबार मोर्चासँग समझदारी बन्ने बताएका थिए । लामो समयको आन्दोलन र भारतले गरेको नाकाबन्दीले मुलुकको अवस्था अस्तब्यस्त बनेको भन्दै विपक्षी दल नेपाली कांग्रेससहित प्रमुख सत्तासाझेदार दलहरु एमाले–एमाओवादीले सहमतिको प्रयास जारी राखेका छन् । पटक पटकको वार्ता र संवादबाट पनि हल ननिस्किएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले केही दिनयता सहमतिको प्रयास स्वरुप आफ्नो सक्रियता पनि बढाउँदै लगेका छन् । दलहरुसँग आइतबार पनि सहमति जुट्न नसके आन्दोलनरत मोर्चाले आइतबार नै थप आन्दोलनको घोषणा गर्ने जनाएको छ । सहमति नभएमा थप आन्दोलन घोषणा गर्ने भए पनि आन्दोलनको स्वरुप भने बदल्ने गरी मोर्चाका नेताहरुबीच छलफल भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy