Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

अब एक दिनमा १५ घण्टासम्मको लोडसेडिङ (तालिकासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एक दिनमा १५ घण्टासम्म लोडसेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । सोमबारदेखि लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो । नयाँ तालिकाअनुसार सोमवारदेखि सातामा ८५ घण्टा लोडसेडिङ हुनेछ । अहिले सातामा ७७ घण्टा लोडसेडिङ छ । सोमवारदेखि सातामा ६ दिन साँझ विहान गरी दुई समय बत्ती जानेछ भने एक दिन लामो समय एकैपटक बत्ती काटिनेछ । नदीमा जलप्रवाह घटेको र विद्युतमा निर्भरता बढ्दै गएको भन्दै प्राधिकरणले लोडसेडिङ बढाउनु परेको जनाएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले नदीमा जलप्रवाह घट्दा विद्युत् उत्पादनमा कमी आएको र विद्युत्को माग अत्यधिक बढेका कारण विद्युत्भार कटौतीको समय बढ्न गएको दावी गरे । हाल मुलुकभर एक हजार २७५ मेगावाट विद्युत्को माग रहेकामा सञ्चालनमा रहेका आयोजनाबाट ३१० मेगावाट मात्रै विद्युत् उत्पादन भएको उनले बताए । अहिले भारतबाट २३५ मेगावाट विद्युत् आयात भइरहेको छ । केन्द्रीय प्रणालीमा ७२० मेगावाट विद्युत् अपुग हुँदै आएको छ । मुलुकभर सञ्चालनमा रहेका अधिकांश आयोजना नदी प्रवाहमा आधारित छन् । प्राधिकरणको जलाशयुक्त आयोजनाका रुपमा रहेको कुलेखानी प्रथम ६० मेगावाट र ३२ मेगावाटको कुलेखानी दोस्रो भने सञ्चालनमा ल्याएको छैन । हाल मुलुकभर ४८ आयोजना सञ्चालनमा रहेका छन् । तीमध्ये गत वैशाखको गोरखा भूकम्पका कारण माथिल्लो भोटेकोसी अवरुद्ध भएको छ । सो आयोजनाबाट ४५ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो । निजी प्रर्वद्धकले उत्पादन गर्दै आएको १०६ मेगावाट विद्युत् भूकम्पका कारण राष्ट्रिय प्रसारण लाइनबाट कटेको छ । पछिल्लो दिनमा खाना पकाउने ग्यासको अभावका अधिकांश उपभोक्ता विद्युत्मा भर परेका छन् । विद्युत् कटौतीको समय बढेपछि उपभोक्ता थप मारमा पर्ने भएका छन् । \"loadsheding\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies