Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

मधेसी मोर्चासँगको वार्ता फेरि पनि निश्कर्षविहिन

\"3 काठमाडौं । सत्तारुढ प्रमुख घटक, मुख्य विपक्षी दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आइतबार ‘निर्णायक’ हुने भनिएको वार्ता पनि निश्कर्षविहिन भएको छ । सत्तारुढ प्रमुख घटक एमाले र एमाओवादी तथा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वार्ता निर्णायक बनाउने केही दिनदेखि पहल गरेका थिए । उनीहरुले आइतबार जसरी पनि सहमति जुट्ने बताउँदै आएका थिए । मोर्चासँगको वार्तामा ब्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयकमा सहमति जुटाउने गरी दलहरुले छलफल गरेका थिए । मोर्चाको मागमा सहमति नभए पनि संशोधन विधेयक पास गर्ने विषयमा मोर्चाको समझदारी बनाउने दलहरुले प्रयास गरेका थिए । मोर्चाले आफ्नो ११ बुँदे मागमा अडान नछाडेपछि तीन दलले दुई दिन समय माग गरेका थिए । संसदमा पेश भएको संविधान संशोधन विधेयकमाथि संसदमा छलफल सकिएकाले अब म्याद ७२ घण्टा हुने भएकाले थप दुई दिनमा सहमति जुट्ने नेताहरुले विश्वास गरेका छन् । मोर्चाका नेताहरुले भने आइतबारको वार्ता पनि औपचारिकतामा सीमित भएको बताएका छन् । मोर्चाका नेता हृदयेश त्रिपाठीले वार्ता कर्मकाण्डी मात्रै भएको प्रतिक्रिया दिए । मोर्चाकै एक घटक सद्भावना पार्टीले वार्ता बहिष्कार गरेपछि मोर्चासँगको समझदारीको प्रयास निरर्थक भएको हो । प्रमुख तीन दलले भने एक दुई दिन पर्खिन मोर्चालाई आग्रह गरेको छ । उनीहरुले मोर्चालाई एक दुई दिन थप आन्दोलन घोषणा नगर्न आग्रह गरेका थिए । वार्ताकैबीचबाट बाहिरिएका कांग्रेस नेता शेरबहादुर देउवाले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । उनले मंगलबार सम्ममा सहमति हुने विश्वास ब्यक्त गरे । यसअघि प्रचण्डले आइतबार नै मोर्चासँग कुनै न कुनै समझदारी बन्ने बताएका थिए । प्रचण्डले सहमति नभए पनि भारतले गरेको नाकाबन्दी खुल्ने बताएका थिए । मोर्चाको माग सम्बोधन गर्ने गरी संविधान संशोधन विधेयकलाई पनि पारित गर्ने उनले बताएका थिए । आइतबार मध्यरातसम्म भएको वार्तामा तीन दलका प्रमुख नेतासहित मधेसी मोर्चाबाट महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय सहभागि थिए । महतोको पार्टीद्वारा मोर्चाको वार्ता बहिष्कार तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीले आइतबार सत्तारुढ घटक र प्रमुख विपक्षी दलसँगमा भएको मोर्चाको वार्ता वार्ता बहिष्कार गरेको छ । दलहरुले आइतबारको वार्ता निर्णायक हुने र कुनै न कुनै समझदारी बन्ने दाबी गरिरहँदा मोर्चाकै घटक सद्भावनाले वार्ता बहिष्कार गरेको हो । लामो समयदेखिको आन्दोलनका कारण आफ्नै कार्यकर्ताहरु समेत आन्दोलन आउन छाडेको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्दै केही सहमति गरेर अघि जाने विषयमा मोर्चाबीच खटपट उत्पन्न भइरहेका बेला सद्भावना पार्टीले मोर्चाको वार्ता नै बहिष्कार गरेको छ । मोर्चाको वार्ता बहिष्कार गरेको सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले शनिबार विज्ञप्ति जारी गर्दै पुस २७ गतेसम्मका लागि एकल आन्दोलनको घोषणा गरेका छन् । विराटनगरको जोगबनी सीमानाका पुस ११ गते भएको झडपमा घाइते भएका महतो भारत दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका छन् । उनले मेदान्त अस्पतालबाटै शनिवार तीन पेज लामो विज्ञप्ति जारी गरी आन्दोलन घोषणा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies