माओवादी हल्लाउने भूकम्पपीडितको चीन भ्रमण : भ्रमणदलका एक सदस्यको डायरी–१
पौष २३ गते, २०७२ बिहिवार 7th January, 2016 Thu१०:५९:०६ मा प्रकाशित
अथाह जिज्ञासाको केन्द्र चीन भ्रमणको परिकल्पना नगर्ने मानिस सायद होलान्। संयोगबस निम्तो आयो चीन भ्रमणको ।
अखिल चाइना युवा संघले को निमन्त्रणामा भ्रमणको चाँजोपाजो नेपाल सरकार गृह मन्त्रालयले मिलायो ।
भूकम्प प्रभाबित १४ जिल्लाका युवालाई सहानभूति प्रदान गर्दै चीनको सिचुवान प्रान्तमा सन् २००८ मा गएको भूकम्पबाट ध्वस्त संरचना र त्यसपछिका पुनर्निर्मित नयाँ बस्तीका अवलोकन गराउने भ्रमणको उद्देश्य थियो ।
भ्रमणदलले नेपालमा गठन हुने पुनर्निर्माण प्राधिकरणसँग एकाकार भएर सहकार्य गर्न सक्ने हैसियत हासिल गरेर आउनुपर्ने जस्ता सुझाव पाइएको थियो ।
भ्रमणदल ठुलै थियो ।
गृह मन्त्रालयका कर्मचारीका नेतृत्वमा जम्बो टोली आवश्यक जानकारी सम्प्रेषणपश्चात् ज्ञज्ञ म्भअ बिहान ८ बजे बिमानस्थलमा पुग्यौँ ।
भूकम्पपीडितका कोटामा नेताका छोराछोरी र नातागोता उडेको खबरले पत्रपत्रिका रंगिएका थिए । भ्रमणदलमा पनि चर्चापरिचर्चा हुँदैथियो । भ्रमण रोकिने पक्षमा थिएन ।
विवादकै सेरोफेरोबाट करिब १ बजे हाम्रो यात्राले उडान लियो ।
भूगोल कस्तो होला ? बिमानबाट धेरैका आँखा तिब्बती भूमिमा झरे ।
ल्हासा बिमानस्थल पुग्दासम्म मरुभूमि जस्ता पहाडे श्रृंखला र हिउँले ढाकेको डाँडाकाँडा भन्दा अरु देखिएन ।
करिब दुई बजेतिर ल्हासा बिमानस्थल ओल्र्यौं ।
भूगोल पुरै फुस्रो र नांगो देखिन्थ्यो ।
स्थानीय समयअनुसार करिब ६ बजे ल्हासा टान्जिटको आवश्यक सुरक्षा जाँच सकाएर पुनः सिचुवानतर्फ उड्यौँ ।
करिब तीन घण्टाको यात्रामा देखिएको भूगोल समान प्रकृतिका थिए । हाम्रो घगडठद्द नं.को बिमान छन्दु अन्तर्राष्टिय बिमानस्थलमा अवतरण भयो ।
हामीलाई स्वागत गर्न तम्तयार रहेछन् ।
भ्रमणदललाई तुरुन्तै तीन समूहमा विभाजन गरी रातो, पहेलो र नीलो क्याप वितरण गरे ।
तीनवटा गाडीमा राखेर सिचुवान प्रान्तको राजधानी छन्दुको सडक नं ८८ मा पर्ने यिनहँ बाँछआउ होटल ृथ्ष्लजभ मथलबकतथ जयतभेि मा गयौं।
[caption id=\"attachment_54132\" align=\"alignleft\" width=\"750\"] फोटोमा लेखक ‘अभियान’[/caption]
Dec 12
समय तालिकाअनुसार बिहान ८ बजेदेखि पौने नौसम्म बिहानको खाना खाने । ९ बजे आआफ्नो गाडीमा चढिसक्ने ।
बिहानको खाना खान थाल्यौं ।
अनेक प्रकारका चिनियाँ परिकार ।
दुईवटा सिन्काले हरेक खाना च्यापेर खानु हाम्रो लागि मुस्किल थियो । अभ्यास थाल्यौँ । दुईवटा कप्टेरोलाई खानाको हरेक परिकारमा नचाउन थाल्यौँ । सुर, ताल नमिले पनि कप्टेरो नाचिरह्यो ।
अन्ततः अभ्यस्त भयौँ ।
जति पनि परिकार खायौं, तीमध्ये एक तिहाईमा मात्र नुन राखिएको थियो । त्यसैले परिकार खल्लो र बेस्वादको लाग्यो ।
गोलाकार टेबलमा समूह बस्ने र सामूहिक भोजन गर्ने चिनियाँ शैली । सबैले पालैपालो झिक्ने र खाने ।
हाम्रोमो जस्तो जुठो मान्ने, एकै भाडामा खान घिन मान्ने भन्ने नहुँदो रहेछ ।
अभ्यास ग¥यौँ ।
लशान पहाडमा अवस्थित महाबुद्ध स्तुपको अवलोकन गर्न गयौँ । लशान छँन्दु सहरबाट करिब १५० किमीको दुरीमा रहेछ ।
तीनवटा समूह, तीनवटा कमाण्ड, तीनवटा गाडीमा त्यसतर्फ बढ्यो ।
अंग्रेजी, नेपाली र हिन्दी अनुवादकले निर्धारित कार्यक्रम र कार्यक्रमस्थल, त्यसको महत्व, विशेषता, ऐतिहासिक पक्षबारे बिस्तृतरुपमा बुझाउँथे ।
लशानतर्फ बढ्दै गर्दा छँन्दु सहरसँग राम्ररी नजर जुँधाउने अवसर मिल्यो । सडक वारिपारि मध्यभाग आकर्षक बगैचाले सजिएका थिए । फोहरको नाममा एक टुक्रा कागज पनि देखिएन सडकमा । बगैचाबाट झरेका पात पनि तुरुन्तै उठाउने व्यवस्था थियो । सडक वारिपारि धागो तानेजस्तो सिधा देखिन्थ्यो । ट्राफिक जाम कतै देखिदैनथ्यो ।
कुनै चोकमा गाडी रोकिनु पर्दैन । चोकमा आउनेजाने गाडीले एकअर्कालाई देख्नै पाउँदैनन् । सडकमाथि पुल, पुलमाथि पुल, सडकमुनि बाटो, सुरुङ सडक, पाँच तहको पुलमाथिबाट गाडी बेगवान गतिमा हुँइकन्थे ।
तीनवटा गाडी आफ्नै बेगमा छन् ।
गाडीको बेगसँगै जति अघि बढ्यो त्यति नै नयाँनयाँ स्तम्भ देखिदै जान्छ । सिसैसिसाले मोडिएको टिलबिलाउने गगनचुम्बी भवन, व्यापारिक भवन, अपार्टपेन्ट, होटल, बंैक, हेर्दाहेर्दै आँखा थाक्थ्यो ।
सडकमा प्रहरी त्यति देखिदैनन् ।
जनता, सवारी चालक निकै सचेत, शिक्षित र अनुशासित देखिन्छ ।
लापर्बाही, हेलचेक्र्याई उनीहरुको दर्शनमै हुँदैन झै देखिन्थ्यो । त्यहाँको समाज शासन प्रणालीप्रति वफादार र इमान्दार छन् भने प्रणाली जनताको चुस्त र ब्यबस्थित सेवकको रुपमा जीवन्त ।
करिब एक घण्टाको यात्रापछि खेतीयोग्य भूगोलमा पुग्यौँ ।
विशाल समथर भूभाग, निश्चित आयतनमा खण्डखण्डमा बिभाजित कृषि प्रणालीको नक्सांकन निकै आकर्षक र ब्यबस्थित देखिन्थ्यो । भिरालो जमिन प्रायः चिया खेतीको लागि प्रयोगमा देखिन्थ्यो । सडकबाट देखिएका बनस्पति योजनाबद्ध बृक्षारोपण झैँ लाग्थ्यो । हाम्रोमा हुने जस्ता ठुलाठुला रुख प्रायः देखिएन ।
हामी करिब १४० किमी गुडेर लशान सहर पुग्यौँ । लशान ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले प्रसिद्ध मानिदोरहेछ ।
सरसफाइ र वातावरणीय हिसाबले निकै स्तरीय लाग्थ्यो । तीन करोड भन्दा बढी जनसंख्या भएको सहर अत्यन्तै ब्यबस्थित थियो । लशान किनारमा एउटा नदी बगिरहेको थियो । त्यो निकै सफा र कन्चन देखिन्थ्यो । त्यसलाई मिन्जाउ नदी भनिदोरहेछ ।
लशानमा दिउँसोको खाना खाएर टोली अमैसान पहाडस्थित बुद्ध मूर्तिको अबलोकन गर्न अघि बढ्यो । यो लशानबाट करिब १० किमीको दुरीमा रहेछ । यहाँ बुद्ध र बुद्धत्वलाई निकै महत्वसाथ हेरिदोरहेछ ।
जाँदैगर्दा बुुद्धको बिभिन्न आसनमा पत्थरमा कुदिएको मूर्ति देखियो । गुफाभित्र हाँसिरहेको बुद्धको मूर्र्ति देखिन्थ्यो । ीबगनजष्लन द्यगममजब भनिदोरहेछ, जसको दर्शन गर्दा जीवन सुखी हुन्छ भन्ने मान्यता रहेछ ।
ओरालो झर्दै गरेको सेतो बाघको मूर्ति देखियो । सेतो रंगलाई अप्रिय मानिदो रहेछ । बाघ जंगलको शक्तिशाली जनावर, सेतो रंगको बाघ ओरालो झरेकोलाई दुश्मन हार्दैछ भन्ने अर्थमा लिँदारहेछन् । त्यहाँ रातो रंग प्रिय मानिदो रहेछ ।
रातो रंगको बाघ उकालो लागेकोलाई उनीहरु आफू बिजयी हुँदैगरेको अर्थमा बुझ्दा रहेछन् ।
सिँढी चढेर उक्लनुपर्ने, सिढि चढ्दा पुरुषले देब्रे खुट्टा पहिलो सिढिमा टेक्ने र महिलाले दाहिने खुट्टा पहिलो सिढीमा टेक्नाले पुण्य हुन्छ भन्ने बुझाइ रहेछ ।
गाइडले भनेअनुसार ग¥यौँ ।
नजिकै एउटा गुफा देखियो । मंक हैतुङ गुफा जुन १० मिटरको गहिराइमा थियो । गौतम बुद्धले आफ्नो कालमा बुद्धत्व प्राप्त गर्ने सिलसिलामा त्यही बसेर तपस्या गरेको भन्ने बिश्वास रहेछ । त्यसैको तल्लोपट्टि मिन्जाउ नदी किनारमा पहराको छातीमा चट्टान कुँदेर बनाएको बुद्धको महामूर्ति थियो । त्यसलाई दष्न द्यगममजब कतबतगभ भनिदोरहेछ ।
बुद्धपार्क अवलोकन गर्न विश्वभरबाट पर्यटकका जमघट हुँदोरहेछ । विश्व सम्पदा सूचीमा समाबेस बुद्धका ऐतिहासिक स्तम्भका साथ बसेर रहर पुगुन्जेल फोटो खिच्यौँ र खिचायौँ ।
सिचुवान प्रान्तको राजधानी छँन्दुदेखि करिब १५० किमीको दुरीमा रहेको लशान बुद्धपार्कसम्म पुग्दा अनेकन ऐतिहासिक स्तम्भका अध्ययन गरियो । बिकास र सम्बृद्धिका उदाहरणीय नमूना अवलोकन गरियो ।
टिम गाइड ज्याकले साढे तीन बजे सबैलाई एकै ठाउँमा भेला गराएर दिनभरको अवलोकनको पुनर्ताजगी गराए ।
साँझ अमैसान हुवा सम होटल ृज्गकजभलन जयतभेि मा बिश्राम लियौँ ।
Dec 13 अमैसान पहाड बौद्ध धर्माबलम्बीहरुका लागि बिशेष महत्व रहेछ । जतासुकै बिभिन्न आसनका बुद्धका आकर्षक मूर्ति थिए ।
जंगलले ढाकेको पहाडको बीचमा अवस्थित यस क्षेत्रमा बुद्ध पछिका बौद्ध धर्मका श्रेष्ठतम् अगुवाका मूर्ति लस्करै देखिए ।
टिम अर्को गन्तव्य संग्रहालयतर्फ सोझियो ।
अमैसान पहाडको पर्यटकीय केन्द्र प्रबेश गर्यौ । सताब्दीऔँअघि पहिचान भएका विशेष महत्वका बिभिन्न प्रकारका पत्थर प्रदर्शनीमा थिए । ऐतिहासिक महत्वका प्रतीकात्मक अर्थ बोल्ने आकर्षक तस्विर भित्ताभर सजिएका थिए ।
संग्रहालयको बीचमा संसारबाटै लोप भइसकेका डाइनोसरका अस्थिपञ्जर सजीव झैँ उभिएको थिए । एक छेउमा सिसाले घरिएको ठुलो लाम्चो घुमाउरो बन्द कोठा थियो जहाँ दुरुस्त देखिने कृतिम जंगल थियो । सम्पूर्ण जीवजन्तुको झलक देखिन्थ्यो ।
बाघ, भालु, चितुवा, दुम्सी, खरायो, चिल, स्याल, सर्प, गोही, चराचुरुंगी आआफनै शैलीमा देखिन्थे । ती सब कृत्रिम थिए तर वास्तबिक झैँ देखिन्थे । करिब दुई घण्टा त्यस संग्रहालयको बिबिध बिशेषता अबलोकन गर्यौ ।
दिनको खाना खान अमैसान हुवासम होटलमा फर्कियौँ । बिश्रामपछि तेस्रो गन्तब्यतर्फ पैदल बढ्यौँ । त्यो थियो डाफो मन्दिर । टोली अनेकन परिकल्पनामा अनेकन अड्कलबाजी काट्दै अघि बढ्यो ।
देखियो बिशाल गुम्बा । त्यहाँ त्यसलाई डाफो टेम्पल भनिदोरहेछ । गुम्बाभित्र प्रबेश गर्यौ ।
बहुत मनमोहक । आकर्षक सुन्दर ।
फोटो खिच्न खिचाउन आतुर भयौँ ।
निस्कियौँ । पुनः उस्तै प्रकृतिको ठुलो आँगन भएको चिनियाँ कला संस्कृतिले सजिएको देख्दा दरबारजस्तै लाग्ने अर्को गुम्बा देखियो । त्यसको प्राङगणबाट बढ्दै गर्दा हाम्रो असी भन्दा बढी संख्यामा रहेको टिम, आआफ्नै पारामा आआफ्नै शैलीमा आआफ्नै रुचिअनुसार फोटो खिचाउँदै अघि बढ्यौँ ।
दोस्रो गुम्बाभित्र पस्यौँ । बिच भागमा हाँसिरहेको बुद्ध बिगनजष्लन द्यगममजब को ठुलो मूर्ति थियो । त्यसको दायाँबायाँ अगाडिपछाडि बिबिध खाले मूर्ति सजिएका देखिन्थे ।
क्यामेराहरु छिनभरमै किलिक्क र झिलिक्क गर्न भ्याइहाले । भित्र चै फोटो खिच्न निषेध रहेछ ।
हामीले भण्टे भन्ने गरेजस्ता मान्छे रेखदेखका लागि बसेका हुँदोरहेछन् । जता हेरे फोटो नखिची चित्तै नबुझ्नेजस्तो । भित्र पनि भण्टेको आँखा छली क्यामेराले किलिक्क गर्न भ्याइहाल्थ्यो ।
दोस्रो गुम्बाको पछाडिपट्टि निस्कियौँ । फेरि उस्तै अजंगको गुम्बा ठडिएको थियो । भित्र पस्यौँ । उस्तै बीच भागमा मन्जुश्रीका बहुत आकर्षक सुन्दर स्तम्भ । क्यामेरामा कैद गरेर सँगै लिएर फर्कन चाहन्थ्यौँ ।
अबलोकनकै क्रममा करिब दुई घण्टा बितायौँ । कतिवटा द्वार छिचोलेर भित्र पसियो ? ख्याल भएन । फर्कने बेला गणना गर्न मन लाग्यो ।
हामी सातौँ गुम्बाको प्राङ्गणमा पुगेका रहेछौँ ।
लाग्थ्यो यो ठाउँ बौद्ध धर्माबलम्बीहरुको बिश्वबिधालय हो ।
अबलोकन सकेर फकर्यौँ र त्यहाँबाट छँन्दु तर्फ लाग्यौँ ।
तालिकाअनुसार प्रशिक्षण कक्षा र मनोबैज्ञानिक परामर्श कक्षामा सामेल हुने भन्ने थियो । पुनर्निर्माण प्रक्रियाको मार्गदर्शन होला भन्ने लख काट्दै थियौँ ।
आधा घण्टा गुडेपछि हामी साङ सुङ क्वा पुग्यौँ । त्यसको आयतन निकै फराकिलो थियो । सजावट र सुन्दर पनि । यो हो फार्म छँन्दु मेनसिन कृषि बिकास सहकारी लिमिटेडद्वारा निर्मित आधुनिक कृषि आयोजना रहेछ । यो छँन्दुको जिनजिङ जिल्लामा पर्दोरहेछ । करिब ५०० करोड युवान लगानीमा निर्मित योहो फार्म करिब ७५० क्षेत्रफलमा फैलिएको रहेछ । त्यो फार्म हाउस मात्र नभएर सुन्दर पार्क पनि थियो । यहाँ बैज्ञानिक कृषि प्रणाली, सहरिया आधुनिक कृषि बिकास आयोजनाको अबलोकन पनि हुँदोरहेछ ।
योहो फार्म पार्कलाई सुन्दर फूलको सागर मानिदोरहेछ । पारिवारिक जमघटसहित बिभिन्न प्रकारका चिया र कफीको मज्जा लिनलाई यहाँको बिशेषता मानिदोरहेछ ।
हरियाली चौरमा केन्द्रित भयौँ । चिसो ज्यादा थियो । तुसारो बर्षिरहेकाले प्लाष्टिकको रेनकोट ओढ्न दिइएको थियो ।
एक चिनियाँ युवा जोशिलो जसको हातमा सिटि थियो अनि गलामा गोलो घडी झुन्डिएको थियो । देख्दा ऊ रेफ्रीजस्तो देखिन्थे । सबैलाई पंक्तिमा सामेल गरेर चार टिममा बिभाजन गरे । सबैलाई भिन्नाभिन्नै रंगको जर्सी लगाउन दिए । चारै टिमलाई झण्डा दिएर आआफ्नो टिमको नामाकरण, चिनारी र नारा तय गर्न लगाए । टोली बिभाजन कार्य सकिएपछि केही समय अभ्यास गराए । एउटा डम्फु जसको पुरै घेरामा करिब चार मिटरको डोरी १२÷१४ वटा डोरी जोडिएको हुनेरहेछ । १२/१४ जनाले डोरी तन्काएर डम्फुलाई बिस्तार्रै मच्चाउने र त्यसमाथि बल उफार्ने, जसले धेरै गिन्ती पु¥यायो उसैको जित हुने खेल रहेछ ।
प्रतिस्पर्धामा हाम्रो निलो भेष्ट, चिनारी क्रस खुकुरी, गोर्खाली नाम गरेको टिम बिजयी भयो ।
उपहार पनि प्रदान गरियो ।
करिब दुई घण्टा खेल्यौँ ।
खेल सकिँदा तुसारो पर्ने चिसोमा पनि पसिना बग्यो ।
त्यसपछि योहो फार्र्म हाउसभित्र लगियो ।
बिशाल हाउस अत्यन्तै ब्यबस्थित थियो । बिभिन्न प्रकारका बालीबिरुवा ढकमक्क देखिन्थ्यो । यसैको क्यान्टिनमा बसेर दिउँसोको खानपान भयो ।
फार्म हाउसकै बीचमा सबैलाई सामेल गराइयो । दोस्रो कक्षा मनोबैज्ञानिक परामर्श कक्षामा सहभागी भयौँ । कक्षा संचालन भयो । पहिलो चरण सबैलाई ध्यान गराए । दोस्रो चरणमा बिभिन्न रचनात्मक, सिर्जनात्मक क्रियाकलापमा सामेल गराइयो । उद्देश्य भूकम्प प्रभाबितका मानसिकतामा परेको नकारात्मक छाप हटाई पुनर्ताजगी गराउने रहेछ ।
अनुमान भन्दा फरक प्रस्तुति पायौँ । मनमनै लाग्यो किशोर समूहलाई पढाइने पाठ किन युवाको समूहलाई गरायो ? आश्चर्य पनि लाग्यो ।
योहो फार्मको कार्यक्रमपश्चात् छँन्दु फर्कियौँ ।
Dec 14 तालिकाअनुसार भ्रमण दललाई स्वागतस्वरुप रात्रिभोजको आयोजना थियो । यो औपचारिक कार्यक्रम थियो । आयोजक संस्थाको प्रतिनिधिले कार्यक्रमको संचालन गरे । जसमा भाषा अनुवादका लागि नेपाली टोलीका तर्फबाट सुरेश महर्जन र चिनियाँ पक्षबाट हिमलत्ता र ग्रिस्मा नामक नेपाली भाषा अनुबादकले अनुवाद गरी भ्रमण दललाई बुझाउन तयार भइन् । आयोजक संस्थाका प्रतिनिधि ले स्वागत मन्तब्य ब्यक्त गरिन् । जसलाई हिमलत्ताले नेपालीमा अनुवाद गरिन ।
युवा अथाह उत्साह उमंग, जोश, जाँगरको खानी हो । देशको संबाहक शक्ति हो आदि नेपालीमा हामीलाई अनुवाद गरेर भनियो । प्रायः माओका उक्तिलाई जोडेर आफ्नो भनाइको थालनी गर्दारहेछन । त्यो शैली साह्रै सुन्दर र सान्दर्भिक लाग्यो ।
भ्रमण दललाई स्वागत गर्दै दुई देशबीचको परम्परागत छिमेकी सम्बन्धको चर्चा गर्दै हमेसा नेपालको असल छिमेकी हुने बिषयलाई जोड दिए ।
नेपाली भ्रमण दलका प्रमुख प्रतिनिधी लालबहादुर बुढाथोकीले आफ्नो दल र देशको तर्फबाट चीनले गर्दैआएको सहयोगको प्रशंसा गर्दै आफ्नो बक्तब्य वाचन गरे ।
दोस्रो चरणमा दुबै पक्षबाट मायाको चिनो आदानप्रदान गर्ने काम भयो ।
तेस्रो चरणमा सांगीतिक प्रस्तुतिद्वारा मनोरञ्जनसहित रात्रिभोजमा सामेल भयौँ । चिनियाँले परम्परागत सांस्कृतिक झलक प्रस्तुत गरे भने नेपाली समूहको तर्फबाट पनि प्रतिनिधिद्वय नवीन खड्का र सागर परियारले सांगीतिक कोसेली प्रस्तुत गरे । बेजोड सांगीतिक प्रस्तुतिको आनन्द लिँदै नाच्दै गाउँदै रात्रिभोज सकियो ।
( यो डायरीको दोस्रो भाग शुक्रबारको अंकमा प्रकाशित हुनेछ)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: