Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

तपाई स्तन क्यान्सरको शिकार त भइरहनु भएको छैन ? अब यसरी आफै थाहा पाउनुहोस्

\"depiction-of-breast-cancer-750\" मानिसको शरीरमा हुने करोडौं सूक्ष्म कोषिका मर्ने र नयाँ बन्ने प्रक्रिया नियमित हुनेगर्छ । तर विभिन्न कारणले यिनै कोषिकाहरु असामान्य रुपमा वृद्धि हुन सक्छन् । र शरीरमा समस्या देखिन थाल्छ । ति कोषिका बिस्तारै सानासाना गिर्खामा परिणत हुन्छ । जसलाई ट्युमर भनिन्छ । त्यस कारण शरीरका कुनैपछि अंगमा क्यान्सर देखिन सक्ने जोखिम रहन्छ । जसमध्ये स्तन क्यान्सर एक हो । क्यान्सर धेरैजसोमा वंशाणुगत कारणले हुने गर्छ । धेरै कलिलो उमेरमा महिनावारी हुँदा, निकै ढिलो समयमा महिनावारी सुक्दा यो रोग लाग्न सक्छ । कहिल्यै पनि सन्तान नजन्माएमा तथा कहिले पनि सन्तान नजन्माएका र बच्चालाई स्तनपान नगराउने महिलालाई पनि यो रोग लाग्ने सम्भावना बढी हुन्छ । यसैगरी, हर्मोन औषधि धेरै समयसम्म प्रयोग गर्ने महिला, धूमपान, सुर्ती सेवन गर्ने, मदिरापान बढी गर्ने, धेरै मोटो शरीर, व्यायाम नगर्ने महिलामा पनि यो रोग लाग्ने खतरा बढी हुन्छ । यसै प्रसंगमा स्तन क्यान्सरका लक्षणहरु के के हुन् ? यस रोगबाट कसरी बच्न सकिन्छ ? अथवा कसरी आफ्नो परिक्षण आफै गर्ने भन्ने विषयमा स्वास्थ्य खबरपत्रिकामा डा. ज्योति रायमाझीको आलेखबाट केही महत्वपूर्ण जानकारी साभार गरेका छौं । हेरौं उनका महत्वपूर्ण सुझावहरु : यी हुन् स्तन क्यान्सरका लक्षणहरुः १. कुनै एक वा दुवै स्तनमा नदुख्ने डल्लो वा कडा गिर्खाहरू आउने । २. कुनै एक वा दुवै स्तनको साइज वा आकारप्रकारमा परिवर्तन हुने । ३. स्तनको मुन्टोबाट रगतसहित वा रगतरहितको तरल पदार्थ बगिरहने, छालाको अल्सर हुने । ४. स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रंग परिवर्तन हुने । ५. स्तनको मुन्टो वरिपरि वा मुन्टोमै स–साना घाउ खटिरा बिमिरा देखापर्ने । ६. स्तनको मुन्टो पहिलेभन्दा फरक रुपमा देखा पर्ने वा मुन्टो स्तनभित्र धसिने आदि । ७. अकस्मात शारीरिक तौल घट्ने । ८. शरीरका हड्डीहरू दुख्ने । डा.रायमाझीले आफ्नो स्तनको परिक्षण आफै गर्न सकिने बताएका छन् । यी हुन् उनले भनेका आफ्नो स्तनको आफै परीक्षण गर्ने विधि : १. २० वर्षमाथिका हरेक महिलाले महिनावारी भएको पाँच–सात दिनमा परीक्षण गर्ने । २. महिनावारी सुकेको र गर्भवतीले हरेक महिनाको एउटै गते÷दिनमा परीक्षण गर्ने । ३. आफ्नो स्तनका बारेमा थाहा पाउने, जसले गर्दा सानोतिनो परिवर्तनमा आफू जानकार हुन सकियोस् । ४. परीक्षण हरेक महिना गर्ने । ५. जम्मा १० मिनेट लाग्छ । \"d037fdffc71094a2659f3b689c48e9b5-750\" आफै थाहा पाउने तरिका १. ऐना अगाडि बसेर कम्मरमा हात राखेर आफ्नो स्तन परीक्षण गर्ने । २. स्तनको आकार, प्रकार एकनास छ, छैन परीक्षण गर्ने । ३. गिर्खा छ, छैन परीक्षण गर्ने । ४. स्तनको मुन्टो भित्र गएको छ, छैन परीक्षण गर्ने । ५. छालाको रंगमा फरक छ, छैन हेर्ने । सुन्तलाको जस्तो रंग छ, छैन हेर्ने । ६. दुवै हातमाथि उचालेर हेर्ने, दुवै स्तन एक प्रकार र किसिमले माथि जान्छ कि जाँदैन भनेर जमिनमा पल्टिएर हेर्ने । ७. अनि बायाँ हातले दायाँ र दायाँले बायाँपट्टिको स्तनको मुन्टो वरिपरिबाट पूरै स्तन छाम्ने । फोटोमा देखाएजस्तै । ८. अनि काखी मुखी छाम्ने ९. स्तनको मुन्टो निचोरेर पिप, रगत वा पानी आएको छ छैन हेर्ने । स्तन परीक्षण सम्बन्धि सुझाव १. ४० वर्ष माथिका महिलाको हरेक वर्ष कम्तीमा एकपटक गरिन्छ । २. २०–४० वर्षका महिलाका लागि हरेक तीन वर्षमा कम्तीमा एकपटक जाँच गर्नुपर्छ । ३. बढी जोखिमको सङ्केत भएका महिलाका लागि अरुभन्दा चाँडै यो किसिमको जाँच गरिन्छ । ४. यो विशेषज्ञ चिकित्सकबाट मात्र गरिने परीक्षण हो । क्लिनिकल परीक्षण १.रेडियोलोजिकल परीक्षण, भिडियो एक्स–रे, म्यामोग्राम, एमआरआई । म्यामोग्राम कहिले गरिन्छ ? – ४० वर्षमाथिका महिलाका लागि हरेक वर्ष एकपटक गर्नुपर्छ । – गिर्खा आयो भने र संकास्पद लाग्यो भने तुरुन्त विशेषज्ञ चिकित्सक कहाँ जानु पर्छ – अति जोखिम भएका महिला जस्तै, जसका परिवारमा यो किसिमको रोग छ, उनीहरूका लागि अरु महिलाको तुलनामा बढी गर्नुपर्ने सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: