Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सुनका रोचक कथा र प्रयोग जुन तपाईलाई थाहा नहुन सक्छ

\"gold-400\"काठमाडौं । संसारकै महंगो र प्रसिद्ध धातु सुनको निक्कै महत्व रहेको छ । यसको महत्व र प्रयोगबारेका केही रोचक पक्ष यस्ता छन् । सबैभन्दा शुद्ध सुन २४ क्यारेटको मानिन्छ । सुनको शुद्धतालाई एक हजार खण्डमा विभाजित गर्दा ९ सय ९९ खण्ढ शुद्धता हुनुपर्छ । अहिले वैज्ञानिकहरुले यसलाई ९९ दशमलव ९ सय ९९ को शुद्धतामा विस्तार गरिसकेका छन् । संसारका ९० देशमा सुन उत्पादन हुन्छ । सन् २०११ को तथ्यांक अनुसार उक्त वर्ष सबैभन्दा धेरै सुन चीनले (३ सय टन) उत्पादन गरेको थियो । त्यसपछि क्रमशः अष्ट्रेलिया २७० टन, अमेरिका २३७ टन, रुस २ सय टन, दक्षिण अफ्रिका १ सय ९० टन, पेरु १५० टन, क्यानडा एक सय १० टन, घाना र इण्डोनेसिया १०० टन, उज्वेकिस्तान ९० टन छन् । जापनमा हुनेखानेले चाउचाउमा सुन मिसाएर खान्छन् । कतिपय आयुर्वेदिक औषधीमा स्वर्ण भष्म प्रयोग गरिन्छ । आयु बढ्ने तथा निरोगी हुने मान्यताका कारण पूर्वीय समाजमा सम्भव भएसम्म सुनकै थालमा नभए सुनकै चम्चाले खाने चलन छ । यही मान्यतामा आधारित भएर आधुनिक औषधी विज्ञानलेसमेत ¥युमोटोइड अथ्राइटिस रोगको औषधीका लागि बनाएको औरानफिन नामक औषधीमा सुन प्रयोग गरिएको हुन्छ । मुटको शल्यक्रियामा प्रयोग गरिने स्टेन्ट नामक यन्त्तमा समेत रगतको प्रवाह सजिलो बनाउन सन् २००१ देखि सुन प्रयोग गर्न थालिएको छ । नेपाल तथा तिब्ततमा थान्का लेख्दा सुनको मसी प्रयोग गरिन्छ । कुनै व्यावसाय अत्याधिक सफल भयो भने त्यसलाई सुनको अण्डा पार्ने व्यवसाय भनेर संकेत गरिन्छ । यस्तो सुनको अण्डा वास्तवमै निर्माण पनि गरिएको थियो । सन् १८८५ को रुसका जार (शासक) कार्ल फेबर्जले आफ्नी श्रीमतीलाई उपहार दिन शुद्ध सुनको अण्डा बनाउन लगाएका थिए । संसारकै सबैभन्दा ठूलो सुन जापानको तोइ गोल्ड म्युजियममा राखिएको छ । मित्सुबिसी म्याटेरियल कर्पोरेसनले निर्माण गरेको उक्त सुनको तौल २५० किलोग्राम छ । साप्ताहिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: