Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नारी दिवस र समाजमा महिलालाई हेर्ने दृष्टिकोण

आज मार्च ८ अर्थात अन्तरास्ट्रिय नारी दिवस। नारी दिवस आइरहँदा र मनाइरहँदा नारीको बारेमा केही लेख्न मन लाग्यो र लेख्ने जमर्को गरेको छु। नारी हौ तिमी यो जगत कि माता। तिमी नै हौ जगतको भाग्यबिधाता।। सभ्य सामजको निर्माणको खातिर। तिम्रो नै चाहिन्छ दुनियाँलाइ साथ।१। नारी अर्थात महिला आफैंमा प्रिय शब्द हो । माया ममता स्नेह सद्भाव सहनशीलता जस्ता शब्दहरुको प्रर्यायवाची शब्द नै हो नारी। संसारमा भएका २ जात मध्यको एक जात हो नारी। बिश्वका आधा आकाश ढाक्ने नारी राष्ट्र निर्माणका आधार हुन् । एउटा सिक्काको २ पाटा मध्ये एउटा पाटो हो नारी। अनि मानव जीवन प्रक्रियाको एउटा हिस्सेदार अंग हो नारी र हरेक मानवको जन्मदेखी मृत्यु सम्मको सहयात्री हो नारी। यी र यस्ता लक्षणयुक्त महान व्यक्ती नारीलाई हेर्ने दृस्टीकोण, गरिने व्यवहार हरेक देश अनुसार फरक छ। विश्वका धेरै ठाउँमा नारी पुरुषलाई समान व्यवहार गरिन्छ। हरेक कुरामा नारी र पुरुषलाइ समान हिस्सेदार मानिन्छ। विश्वमा महिलाले गर्न नसक्ने काम छैन घरधन्दा चलाउनदेखी देश हाक्ने कामसम्म महिलाले नै गरेका उदाहरण पनि छन। नेपालकै सन्दर्भमा पनि घरधन्दादेखि गोली चलाउनेसम्म भयंकर युद्ध लड्ने काममा पनि महिला सफल भएको कुरा १० बर्षे जनयुद्धमा भएको महिला सहभागिता र उनीहरुले दुश्मनबिरुद्ध गरेको साहस र विरताले पुष्टि गरिसकेको छ। अर्काको ती भावनाहरु गम्भीर हुँदै सुन्छे नारी। पिडित हुँदै अरुसङै आँसु मिलाइ रुन्छे नारी।। सहनशीलता र कर्तब्य बोधको अर्को नाम नारी हो। सारा खुशी लुकाएर आँशुले मुख धुन्छे नारी।। तर बिडम्बना हाम्रो पुरुषप्रधान नेपाली समाजमा महिला र पुरुषप्रति गरिने व्यवहारमा आकाश र पातलको फरक छ। नेपालमा अपबाद बाहेक महिलालाई केवल चुलो चौका भान्सा घरखेतको कामदार अनि सन्तान उत्पादानको साधनको रुपमा मात्र हेरिन्छ। जुन प्रचलन हिजोदेखी चल्दै आएको थियो र आज पनि कतिपय ठाउँहरुमा त्यही चलन निरन्तर चलिरहेको छ। महिलामाथी शोषण, दमन, अन्याय र अत्याचार हुने गरेको छ। महिलालाई दासी रुपमा हेरिन्छ। पुरुषको बिलाशिताको साधनको रुपमा हेरिन्छ । जतिसुकै ठूलो गफ छाटे पनि भाषण ठोकेपपनि महिला अधिकारका कुरा गरे पनि विभेदको अन्त्य गर्ने भन्दै आयोग गठन गरेपनि यो केबल भाषणमै मात्र सीमित हुनुबाहेक कुनै उपलब्धी हासिल हुन सकेको छैन। एउटा नेता मन्त्री एउटा कुनै मानवअधिकारवादी दिनभरी महिला अधिकार को कुरा गर्छ भाषण ठोक्छ तर घर नपुग्दै उसको भाषण उसको आदर्श मिथ्या हुन पुग्छ। घर जाँदा भात पाकेन भने उसको सबैभन्दा पहिलो निसाना त्यही भान्से महिला हुन्छे। जब बिहान अफिस जाने बेला हुन्छ खोजेको कपडा भेटिएन भने सिकार त्यही महिला बन्छे गाली त्यही महिलाले खान्छे यी केबल एक दुई उदाहरण मात्र हुन्। पुरुषबाट मात्र हैन महिलाबाट नै महिला शोषित भैराखेकी हुन्छे पीडित भैराखेको हुन्छे। हुन त बिगत ८/१० बर्ष पहिले र अहिले हेर्ने हो भने समाज धेरै परिवर्तन भैसकेको छ। तर पनि जति हुनुपर्ने हो त्यति हुन सकेको छैन। जबसम्म महिला पुरुषबीच समान व्यवहार हुदैन तबसम्म कुनै पनि घर गाउँ समाज र राष्ट्र मजबुत र बिकशित हुन सक्दैन। त्यसैले तपाईं हामी सबैले महिला अधिकारको सुनिनिश्चितता र समान व्यवहार अनि महिला हिंसा अन्त्यका लागि आफ्नै घरबाट सुरु गरौ अनि समाज र राष्ट्रमा पनि महिला हिंसा अन्त्य गर्न जागरुक बनौं सम्मान गर्ने गर नारीलाई अब घृणा गर्ने हैन। नारीभन्दा असल सहयात्री यो संसारमा कोही छैन।। साथ देउ सधै भरी साट्ने गर मनका भावना। अन्तराष्ट्रिय नारी दिवस को लाखौलाख शुभकामना।। तान्द्राङ– २ गोरखा हाल दोहा कतार (सल्लाहकार सदस्य नेपाली जनप्रगतिशील मन्च कतार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: