Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

प्रधानमन्त्रीको कुर्सी ओलीका लागि ‘मजाक गर्ने ठाउँ’

\"kp-oli-final-final9-400\"काठमाडौं । भारतको निर्मम नाकाबन्दीपछि सर्वसाधारणले आधा सिलिण्डर ग्यासको लागि महिनौं कुर्नुपरेको र त्यो पनि पाउन मुस्किल भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले ‘अब चुल्हाे चुल्हाेमा ग्यासको पाइप हुन्छ, भित्तामा मिटर टासिन्छ, जति बाल्नुहुन्छ त्यसको पैसा तिर्नुस्’ भनेर शुक्रबार सार्वजनिक भाषण गरेपछि नेपाली समाज एकैपटक तरंगित भएको छ । प्रधानमन्त्रीले भाषण गरे अब घरघरमा ग्यास लाइन आउछ भन्ने आशा, उन्माद र खुशीले होइन, उनको बतासे हावादारी टुक्काले देश तरंगित भएको हो । भूकम्प, भारतको नाकाबन्दीपछिको पीडाबीच जनता विस्तारै दैनिक जीवन सहज होस् र अवस्था सहजता तर्फ जाओस् भन्ने चाहन्छन् । तर, सबै खालका समस्या समाधान गर्ने साँचो र ताल्चा लिएर बसेका देशकै प्रधानमन्त्रीले पीडितमाथि खिल्ली उडाउँदै तत्काल सम्भव नहुने यस्ता हावादारी कुरा गर्दा ओली उखान टुक्केभन्दा माथिका राम्रा योजनाकार र कामकाजी होइनन् भन्ने पुष्टि भएको छ । हाम्रो जस्तो अव्यवस्थित सहरीकरण र बस्तीमा ओलीले कसरी ग्यास लाइन जनताको घरघरमा पुर्याउलान् ? यो प्राविधिकहरुले बुझ्ने विषय होला । तर, सामान्य चेतना भएकोले पनि यो हाम्रो जस्तो भद्रगोल संरचना र संयन्त्रमा सम्भव हुने कुरा होइन । यो यही काठमाडौं उपत्यका हो, जहाँ १० औं वर्षदेखि धारामा पानी आएको छैन, महिनैपिच्छे महसुल बुझाउनुपर्छ तर, ओली पाइपबाट ग्यास दिने कुरा गर्छन्, यस्ता कुरा कति पत्याउने ? कसरी पत्याउने ? ओलीको बोली कार्यकर्ताले नै हाँसोमा उडाए प्रधानमन्त्रीको आफ्नै पार्टीले एमालेले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै ग्यास पाइप लाइन घरघरमा  पुर्याइदिने बोलिरहँदा उनकै कार्यकर्ताले हाँसोले उडाएका थिए । तर, ओली रोकिएनन् । उनले भने, ‘हावाबाट बिजुली निकाल्ने काम सुरु हुँदैछ, एक वर्षभित्र लोडसेडिङ अन्त्य हुन्छ, त्यसै भनेको छैन ।’ उनको यो भनाईमा उनकै कार्यकर्ता झन् खित्का छोडेर हाँस्न पुगे । कार्यकर्ताकै विश्वास जित्न नसकेका ओलीले के यी दाबीलाई पूरा गर्न सक्छन् ? ओलीले भनेका यी कुरा कुनै दिन पूरा गर्नैपर्छ तर, यी तत्काल एक वा दुई वर्षमा सम्भव हुने कुरा होइनन् । दीर्घकालीन रणनीति अन्तर्गत काम गर्दै गए यी सम्भव हुन्छन् । तर, उनले म तत्कालै यी सबैको व्यवस्था गर्छु भनेर पीडितमाथि नुनचुक छर्ने काम गरेका छन् । यसलाई पीडितले कहिल्यै भुल्ने छैनन् । कालोबजारीले देश तहसनहस छ । सरकार पेट्रोल थुपारिरहेको छ तर, कालोबजारीलाई बल पुर्याउन सर्वसाधारणलाई बिक्री गरिरहेको छैन । नाकाबन्दी एकदमै कडा भएको समयमा समेत तेल वितरण हुने गरेको सरकारी तथ्यांक छ । तर, अहिले खुकुलो हुँदासमेत ओली सरकारले किन इन्धन वितरण गर्न सकेको छैन ? ओली सरकारले जवाफ दिनु पर्दैन ? मध्यम वर्गले नेपालमा मोटरसाइकल चढ्छन् तर, लाखौका संख्यामा कामकाजी उनीहरुलाई तेल नदिई कारवालाहरु (धनी वर्ग)लाई ओलीले खुशी बनाउन पेट्रोल बाँडिरहेका छन् । खुलेआम पेट्रोलको कालोबजारी चलिरहँदा ओली सरकारले किन स्टक भएको तेल वितरण गरेको छैन ?  सरकार नै कालोबजारीमा नलागेको भए किन तेल वितरण हुँदैन ? सरकारको नियत नै खराब यसका सरकारको नियत नै खराब देखिन्छ । तत्काल सरकारले तेल वितरण गर्ने हो भने कालोबजारी गरिदैं आएको तेल त्यत्तिकै खेर जान्छ त्यसैले कालोबजारीको तेल सकेर मात्र सर्वसाधारणलाई वितरण गर्ने नीतिमा सरकार रहेको बुझ्न गाह्रो छैन । होइन, कालोबजारी नियन्त्रण गर्न नै चाहेको हो भने त्यस्ता तस्करको तेललाई बेबारिसे बनाउन सरकार किन थुप्रिएको तेल वितरण गर्दैन ? तर, सरकार लाचार छ, कालोबजारीलाई संरक्षण गर्छ । प्रोत्साहन गर्छ । तर, प्रधानमन्त्री रमिता हेर्छन्, पीडितको दुःखमाथि झन् उखानटुक्का बझार्छन् र दुःखी बनाउँछन् । आज भूकम्पीडितको बिचल्ली भएको छ । भूकम्पबाट बाँच्न सफल भएकाहरुको चिसोले आज मृत्यु हुने दुखद् अवस्था आएको छ तर, सरकार पुननिर्माणको लागि अग्रसर भएको छैन । बालुवाटारको वातानूकूलित कक्षमा ओली रमाएका छन् । पीडाले छटपटिएका जनतालाई ओलीको यो बोलीले घोचेको छ । पीडाकाबीच उनले के गर्न सक्ने हो त्यत्ति भन्नुपर्ने हो । पहिले गरेपछि मात्र घोषणा गर्नुपर्ने हो तर, ओली मन्त्रीमा उप गुथाइदिएर ६ जना उपप्रधानमन्त्री बनाइदिंदैमा आकाश नखस्ने तल्लो स्तरको टिप्पणी गर्छन् । एउटा विदेशीले बनाइदिएको ट्रली बस त जोगाउन नसक्ने राज्य संयन्त्रमा ओली डिजेल गाडीलाई विस्थापित गर्दै विद्युतीय बसको लर्को लगाउने फोस्रा र हावादारी भाषण दिन्छन् । प्रधानमन्त्रीको उरेन्ठेउला भनाइले लोकलाई लाज प्रधानमन्त्रीले यसरी बोल्दा लोक लाजले मुख छोप्न बाध्य हुन्छ । ओलीको टुक्के यी बोलीपछि उनका उरेन्ठेउवा वाक्यांशप्रति प्रतिक्रिया नजनाउने सामाजिक प्रयोगकर्ता भेट्न मुस्किल छ । फेसबुक होस् की ट्वीटर सबैमा उनका बतासे कुराको धज्जी उडाइएको छ  । देशकै प्रसिद्ध दैनिक पत्रिका कान्तिपुुरले ‘ओलीको बोलीमात्रै’ र नयाँ पत्रिकाले ‘रमाइला प्रधानमन्त्री’ भनेर कभरस्टोरी नै बनाएका छन् । तीन महिनासम्म उखान टुक्का हाल्नेबाहेकको भन्न लायकको काम गतिलो केही नदेखिएको यी पत्रिकाले टिप्पणी गरेका छन् । आधा सिलिण्डर ग्याससमेत नपाएर जनताको चुल्हो नबलेको बेला र लोडसेडिङले दैनिक १५ घण्टा बढी अँध्यारोमा बस्न बाध्य जनताको समस्या समाधानतर्फ लाग्नुपर्ने सरकारका प्रधानमन्त्री ओलीले घर घरमा पाइपबाट ग्यास पु¥याउने र पानीको सदुपयोग गर्न नसकेकिएको मुलुकमा हावाबाट विजुली निकाल्ने भनेर प्रधानमन्त्रीले हावादारी गफ गरेर जनतालाई हाँसीमजाकमा उडाउनु सैह्य विषय हुनै सक्दैन । केपी शर्मा ओली प्रधानमन्त्री हुने वित्तिकै पनि उखान टुक्काले मात्रै देश चल्दैन नभनेका होइनन् । तर ओलीले प्रधानमन्त्री भएको केही समयसम्म उखान टुक्का गर्न छाडेका थिए । अब चाँही ओली गम्भीर भएको भन्दै राष्ट्रवादी नेताको समेत पगरी गुथाइएको थियो । तिनै प्रधानमन्त्री चार महिनादेखि भारतीय नाकाबन्दी र मधेस आन्दोलनले आकुल ब्याकुल हुँदा हाँसीमजाक गर्दै हिड्नुलाई एमालेकै नेताहरुले समेत निको मानेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy