Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

तपाई तनावमा हुनुहुन्छ ? पढ्नुहोस् तनाव हटाउने आठ उपाय

\"09b506d1db674a4f8d4c069bd3f060d8-750\" बढ्दो सहरीकरणसँगै आम मानिसहरु दिनानुदिन व्यस्त जीवन तर्फ अग्रसर हुँदैछन् । व्यस्तताले मानिसलाई तनाव बढाउँछ । तनावबाट मुक्ति पाउन सकिएन भने मानिसलाई विभिन्न किसिमका सारीरिक मानसिक रोग लाग्न सक्छ । यसबारेमा तनावबाट मुक्ति पाउनका लागि विभिन्न विज्ञहरुको सुझावलाई हामीले यहाँ उल्लेख गरेका छौंः १. वर्तमानका चुनौतिलाई मात्र सम्झनुस् : वर्तमानको समस्या समधान नगरी भविष्यको चित्र देख्न सकिदैन । मानिसहरु प्रायः भोली के होला ? कसो होला भनेर छट्पटिने गर्छन् । वर्तमानको कामलाई वास्ता नगरी भोलीको लागि मात्रै सोचेर तनावमा जीवन बाँच्छन् । विज्ञहरुले वर्तमानका लागि सोचेर अघि बढ्दा भोली स्वतः राम्रो भएर जाने बताएका छन् । \"tensions-750\" २. सबै भन्दा प्राथमिक कामलाई जोड दिनुहोस् : मानिसको जीवनमा काम सधैं आउँछ । काम बिहिन भएको दिन हामी दिकदारीमा दिन बिताउँछौं । हाम्रो दैनिक जीवनमा आइपर्ने काम मध्ये कुन चाँही प्राथमिकतामा गर्नु पर्ने काम हो त्यो छुट्याउनुस् । तपाई आफ्नो योजनाहरुको साप्ताहिक, मासिक अथवा दैनिक योजना बनाएर चल्ने गर्नुस् । यसबाट तपाईको तनाव कम हुन सक्छ । ३. अवचेतन सोंचबाट पर रहनुस्ः यदि तपाई चुनौतिसँग लडिरहनु भएको छ भने अवचेतनमा रहेर कुनैपनि काम गर्नुहोस् । विशेषज्ञहरुले कुनैपनि काम सचेतता बिना गर्दा भविष्यमा झनै तनावमा पर्न सकिने बताएका छन् । त्यसैले हरेक काम गर्नु भन्दा सय पटक सोचेर गर्नुस् । तनावबाट मुक्ति स्वतः मिल्छ । ४. हरेक काम पुरा मनले गर्नुहोस् : भनिन्छ राम्रो कामको सुरुवातमै आधा फत्ते भइसकेको हुन्छ । यदि राम्रो काम हो भने तपाई पुरा मनले गर्नुहोस् । आधा मन लिएर गरेको कुनैपनि कार्य सफल हुन सक्दैन । तपाईले यदि आधा मन लिएर गर्नु भएको छ भने भविश्यमा तपाईलाई त्यही काम नै बोझ लाग्न सक्छ र तपाई तनावमा पर्न सक्ने विज्ञहरुले बताएका छन् । ५. हरदम खुसी रहने प्रयास गर्नुहोस् : \"shutterstock_69235000-750\" ज्ञ. आफू भलो त जगत भलो भने जस्तै जब तपाई नै तनावमा हुनुहुन्छ भने कसरी घरपरिवार खुसी रहन सक्छन् ? त्यसैले खुसी रहने बानी गर्नुहोस् । खुसी रहनु स्वास्थ्यको दृष्टिकोणबाट समेत फलदायी छ । ६. अरुसँग सार्थक सम्बन्ध विकसित गर्नुहोस्ः चाणक्यले संसारका कोहीपनि मानिस स्वार्थबाट मुक्त छैनन् भनेका छन् । तर हामीले धेरै भन्दा धेरै मानिसको भलाइ हुने स्वार्थ अथवा समाज र देशको भलाई हुने स्वार्थ एक ठाउँ राखेर सार्थक साथित्वको माला गाँस्न सक्छौं । व्यक्तिगत स्वार्थ भन्दा माथिको स्वार्थ भएको साथीहरुसँग सहि किसिमको सम्बन्ध विकसित गरेर तनावबाट मुक्त हुन सकिने विज्ञहरुको राय छ । ७. कृतज्ञताको भाव मनमा राख्नुहोस्ः \"113-750\" कृतज्ञताको भाव हाम्रो जीवनलाई सकारात्मक बाटोतिर मोड्ने भावना हो । यो भावले तपाई मात्र होइन तपाई वरीपरिका सामाजिक वातावरणमा समेतलाई सकारात्मक प्रभाव पार्दछ । यदि तपाईको नजिकै कोही निकृष्ट भावना भएको मानिस छ भने उसले तपाईलाई त्यसैपनि तनाव बढाईदिन सक्छ । त्यसकारण मनमा कृतज्ञताको भावना लिएर अघि बढ्दा तनावबाट मुक्त हुन सकिन्छ । । ८. व्यक्तिगत स्वार्थबाट माथि उठ्नुहोस्ः जब हामी आफूमा केन्द्रित रहेर सोच्न थाल्छौं तब विभिन्न समस्याहरु आई पर्छन् । तर संसारमा तिनै मानिस महान भएका छन् जो आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर देश समाज र सिङ्गो मानव सभ्यताको भलाईका लागि सोच्न पुग्छन् । तपाईको व्यक्तिगत जीन्दगीलाई बाँध्ने र तपाईलाई तनावमा पार्ने अवरोधहरु स्वयम तपाईकै सोंचहरु हो । ति संकिर्ण सोंचबाट माथि उठेर आम मानिसका लागि सोच्न थाल्नु भएको दिन तपाई तनावबाट सदाका लागि मुक्त हुनुहुनेछ । किनकी यो समय नै यस्तो छ की तपाई एक्लैको सपना पुरा हुनै दिँदैन । पुरा हुन तपाईले कतै न कतै सम्झौता गर्नै पर्छ । सम्झौता र तनाव अन्तरहिनित चीजहरु हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: