Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

तपाई तनावमा हुनुहुन्छ ? पढ्नुहोस् तनाव हटाउने आठ उपाय

\"09b506d1db674a4f8d4c069bd3f060d8-750\" बढ्दो सहरीकरणसँगै आम मानिसहरु दिनानुदिन व्यस्त जीवन तर्फ अग्रसर हुँदैछन् । व्यस्तताले मानिसलाई तनाव बढाउँछ । तनावबाट मुक्ति पाउन सकिएन भने मानिसलाई विभिन्न किसिमका सारीरिक मानसिक रोग लाग्न सक्छ । यसबारेमा तनावबाट मुक्ति पाउनका लागि विभिन्न विज्ञहरुको सुझावलाई हामीले यहाँ उल्लेख गरेका छौंः १. वर्तमानका चुनौतिलाई मात्र सम्झनुस् : वर्तमानको समस्या समधान नगरी भविष्यको चित्र देख्न सकिदैन । मानिसहरु प्रायः भोली के होला ? कसो होला भनेर छट्पटिने गर्छन् । वर्तमानको कामलाई वास्ता नगरी भोलीको लागि मात्रै सोचेर तनावमा जीवन बाँच्छन् । विज्ञहरुले वर्तमानका लागि सोचेर अघि बढ्दा भोली स्वतः राम्रो भएर जाने बताएका छन् । \"tensions-750\" २. सबै भन्दा प्राथमिक कामलाई जोड दिनुहोस् : मानिसको जीवनमा काम सधैं आउँछ । काम बिहिन भएको दिन हामी दिकदारीमा दिन बिताउँछौं । हाम्रो दैनिक जीवनमा आइपर्ने काम मध्ये कुन चाँही प्राथमिकतामा गर्नु पर्ने काम हो त्यो छुट्याउनुस् । तपाई आफ्नो योजनाहरुको साप्ताहिक, मासिक अथवा दैनिक योजना बनाएर चल्ने गर्नुस् । यसबाट तपाईको तनाव कम हुन सक्छ । ३. अवचेतन सोंचबाट पर रहनुस्ः यदि तपाई चुनौतिसँग लडिरहनु भएको छ भने अवचेतनमा रहेर कुनैपनि काम गर्नुहोस् । विशेषज्ञहरुले कुनैपनि काम सचेतता बिना गर्दा भविष्यमा झनै तनावमा पर्न सकिने बताएका छन् । त्यसैले हरेक काम गर्नु भन्दा सय पटक सोचेर गर्नुस् । तनावबाट मुक्ति स्वतः मिल्छ । ४. हरेक काम पुरा मनले गर्नुहोस् : भनिन्छ राम्रो कामको सुरुवातमै आधा फत्ते भइसकेको हुन्छ । यदि राम्रो काम हो भने तपाई पुरा मनले गर्नुहोस् । आधा मन लिएर गरेको कुनैपनि कार्य सफल हुन सक्दैन । तपाईले यदि आधा मन लिएर गर्नु भएको छ भने भविश्यमा तपाईलाई त्यही काम नै बोझ लाग्न सक्छ र तपाई तनावमा पर्न सक्ने विज्ञहरुले बताएका छन् । ५. हरदम खुसी रहने प्रयास गर्नुहोस् : \"shutterstock_69235000-750\" ज्ञ. आफू भलो त जगत भलो भने जस्तै जब तपाई नै तनावमा हुनुहुन्छ भने कसरी घरपरिवार खुसी रहन सक्छन् ? त्यसैले खुसी रहने बानी गर्नुहोस् । खुसी रहनु स्वास्थ्यको दृष्टिकोणबाट समेत फलदायी छ । ६. अरुसँग सार्थक सम्बन्ध विकसित गर्नुहोस्ः चाणक्यले संसारका कोहीपनि मानिस स्वार्थबाट मुक्त छैनन् भनेका छन् । तर हामीले धेरै भन्दा धेरै मानिसको भलाइ हुने स्वार्थ अथवा समाज र देशको भलाई हुने स्वार्थ एक ठाउँ राखेर सार्थक साथित्वको माला गाँस्न सक्छौं । व्यक्तिगत स्वार्थ भन्दा माथिको स्वार्थ भएको साथीहरुसँग सहि किसिमको सम्बन्ध विकसित गरेर तनावबाट मुक्त हुन सकिने विज्ञहरुको राय छ । ७. कृतज्ञताको भाव मनमा राख्नुहोस्ः \"113-750\" कृतज्ञताको भाव हाम्रो जीवनलाई सकारात्मक बाटोतिर मोड्ने भावना हो । यो भावले तपाई मात्र होइन तपाई वरीपरिका सामाजिक वातावरणमा समेतलाई सकारात्मक प्रभाव पार्दछ । यदि तपाईको नजिकै कोही निकृष्ट भावना भएको मानिस छ भने उसले तपाईलाई त्यसैपनि तनाव बढाईदिन सक्छ । त्यसकारण मनमा कृतज्ञताको भावना लिएर अघि बढ्दा तनावबाट मुक्त हुन सकिन्छ । । ८. व्यक्तिगत स्वार्थबाट माथि उठ्नुहोस्ः जब हामी आफूमा केन्द्रित रहेर सोच्न थाल्छौं तब विभिन्न समस्याहरु आई पर्छन् । तर संसारमा तिनै मानिस महान भएका छन् जो आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर देश समाज र सिङ्गो मानव सभ्यताको भलाईका लागि सोच्न पुग्छन् । तपाईको व्यक्तिगत जीन्दगीलाई बाँध्ने र तपाईलाई तनावमा पार्ने अवरोधहरु स्वयम तपाईकै सोंचहरु हो । ति संकिर्ण सोंचबाट माथि उठेर आम मानिसका लागि सोच्न थाल्नु भएको दिन तपाई तनावबाट सदाका लागि मुक्त हुनुहुनेछ । किनकी यो समय नै यस्तो छ की तपाई एक्लैको सपना पुरा हुनै दिँदैन । पुरा हुन तपाईले कतै न कतै सम्झौता गर्नै पर्छ । सम्झौता र तनाव अन्तरहिनित चीजहरु हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies