Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

एकदुई दिनमै इन्धन सहज पाइने बनाउँदैछौ–आपूर्तिमन्त्री पून

\"Ganeshman-Pun\"काठमाडौं । अबको एक दुई दिनमै इन्धन वितरणमा सहजता ल्याउन लागिएको आपूर्तिमन्त्री गणेशमान पूनले बताएका छन् ।   ‘हामीसँग मौजाद भएको इन्धन बाँड्न हामीले थप आउन सक्छ कि सक्दैन भनेर बिचार गर्यौ, निरन्तर रुपमा इन्धन आउन थालेकोले अब छिट्टै वितरण गर्छौ’ –मन्त्री पूनले भने ।   पछिल्लो समय भारतका सबै डिपोहरुले माग भएजति इन्धन दिन थालेपछि आयल निगमले सक्दो तेल भित्र्याएको छ ।   नेपाल आयल निगमसँग अहिले १ करोड ३० लाख लिटरभन्दा बढी डिजेल मौजाद छ भने झण्डै ३० लाखको हाराहारीमा पेट्रोल समेत मौजाद रहेको स्थिति छ । उसैगरी हवाई इन्धन र मट्टीतेल समेत निगमसँग मौजाद रहेकोले एक दुई दिनमै बितरण सहज बनाउने तयारीमा निगम लागेको समेत पूनले बताए ।   लामो समयदेखिको अभावका कारण छिट्टै सहज नभए पनि र आवश्यकताअनुसार दिन नसकिएपनि वितरणमा सहजता ल्याउने होमवर्कमा मन्त्रालय र निगम लागेको उनले खबरडबलीसँग बताए ।   पूनले भने–‘आएजति ह्वात्तै वितरण गरिनहालेको हो, आपतकालिन र अन्य अवस्थाका लागी मन्त्रालय तयार रहनपर्ने कारण हामी पर्खेर हेर्ने अवस्थामा थियौं । अब वितरण गर्छौ ।’   उता इण्डियन आयल निगमले समेत आफ्ना डिपोहरुमा उपलब्ध भएअनुसारको इन्धन नेपाललाई दिँदै आएको छ । तर नेपाल आयल निगमका अनुसार पछिल्लो हप्ता कुल आपूर्ति हुने अनुपातको करिब आधा मात्रै इन्धन आएको छ । सयमा सय प्रतिशत आएको छैन । यो आपूर्तिको प्रतिशत घटेर कुनै दिन जिरोमा समेत पुगेको थियो । रक्सौल नाकाबाट आपूर्ति सहज नभएसम्म निगमले ७५ प्रतिशतभन्दा बढी आयत गर्न सक्ने अवस्था नरहेको आयल निगमका एक अधिकृतले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending