Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

साहित्यकार थुलुङलाई ५० हजार, दुई एल्वम् सार्वजनिक

\"DSC_3407-750\" काठमाडौं । गत बैशाख बाह्र गते गएको भूकम्पमा परि घाईते भएका कवि केशर थुलुङ राईलाई नगद ५० हजार रुपैँया प्रदान गरिएको छ । थुलुङ राई सांस्कृतिक कलाकार संघले हालै कोटेश्वरस्थित सुम्निमा हलमा एक कार्यक्रमको आयोजना गरि सहयोग प्रदान गरेको हो । राईलाई कार्यक्रमका प्रमुख अतिथि एवम् नाट््य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले नगद प्रदान गरेका थिए । कार्यक्रममा जनम थुलुङको दोस्रो गीति एल्वम् ‘दृश्य’ र मन थुलुङको पहिलो गीति एल्वम् ‘मनको आवाज’ सार्वजनिक गरिएको थियो । प्रमुख अतिथि लगायतले एल्वम्को विमोचन गरेका थिए । एल्वम्माथि समिक्षात्मक टिप्पणी राख्दै संगीतकार शान्तिराम राईले भने “जनमको स्वरमा पहिलेभन्दा निखार आएको छ । उनको आवाजले निकै ठुलो सम्भावना देखाएको छ । त्यसैगरि मन थुलुङले वेस्टर्न फ्लेवरका गीतहरु गाएका थिए । उनको स्वरलाई यो फ्लेवरको गीतले म्याच गरेको पनि छ ।” राईले कार्यक्रममा किराती मिथमाथि निकै कम गीतहरु लेखिएको बताएका थिए । कार्यक्रममा संघका अध्यक्ष गायक पदम राईले ‘रथोङमा रोमली स्मृति, गङ्गा जरुलध्वज स्मृति संगीत र मियाप्मा थुलुङ राई राहत’ गरि तीन अक्षयकोषको समेत घोषणा गरेका थिए । अग्रज व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने रथोङमा रोमली स्मृति सम्मान तथा पुरस्कार १ लाख, सांगीतिक क्षेत्रका व्यक्तित्वलाई प्रदान गरिने गङ्गा जरुलध्वज स्मृति संगीत अक्षयकोष १ लाख र आर्थिक अवस्था कमजोर भएकाहरुलाई प्रदान गरिने मियाप्मा थुलुङ राई कोष तीन लाख पचास हजारको रहेको छ । सोही कार्यक्रममा समाजसेवी पूर्ण सिं थुलुङलाई १० हजार नगदसहित ताम्रपत्रद्वारा सम्मान प्रदान गरिएको थियो । \"DSC_3438-750\" अक्षयकोषमाथि प्रष्ट्याउँदै संघका सल्लाहकार तथा साहित्यकार खुक्सङ खम्बुले भने– “रथोङमा रोमली हाम्रो वंशावली अनुसार थुलुङ राईहरुको आधिकारिक पुर्खाहरु हुन् । र मियाप्मा सम्पूर्ण राईहरुको सृष्टिकर्ता हुन् । त्यसैले हामीले हाम्रो इतिहास र भाषा, संस्कृतिलाई बचाउनका लागि पुरस्कार स्थापना गरेका हौं ।” उनले यस कोषलाई दश लाखको बनाइने पनि बताए । कार्यक्रममा प्रमुख अतिथि गणेश रसिकले ऐतिहासिक कार्यको थालनी भएकाले खुसी व्यक्त गर्दै गायकद्वयलाई शुभकाना दिएका थिए । कोष स्थापनाका लागि थुलुङ राई सामा युके, हङकङ तथा विभिन्न व्यक्ति र संस्थाहरुको पहल रहेको आयोजकले जानकारी गराएको थियो भने कार्यक्रममा जनम र मन थुलुङले एक–एक गीत समेत गाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE