Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चार बहालवाला मन्त्रीसहित २४ हजार कर्मचारी अख्तियारको कारबाहीमा

\"Akhtiyar-400\"काठमाडौं । सम्पत्ति विवरण नबुझाउने मन्त्रीदेखि कर्मचारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेका छन् । निजामति कर्मचारी, मन्त्रिपरिषद सदस्य तथा उच्च ओहोदाका ब्यक्तिहरुले आ–आफ्नो सम्पत्ति विवरण नबुझाउनु पर्ने नियम छ । तर मन्त्रिपरिषद सदस्यदेखि सरकारी कर्मचारीहरुले कानून पालना नगरेको भन्दै अख्तियारले कारबाही स्वरुप सबैलाई जरिवाना तिराउने निर्णय गरेको हो । सम्पत्ति विवरण नबुझाउने तथा तोकिएको समयभन्दा ढिला बुझाउने २४ हजार ३ सय ७६ जनालाई अख्तियारले एक साथ कारबाही गरेको हो । अख्तियारले मन्त्रिसहित यतिधेरै ब्यक्तिलाई एकै पटक कारबाही गरेको सम्भवतः पहिलो पटक हो । सम्पति विवरण नबुझाउने मन्त्रीदेखि कर्मचारी सबैलाई अख्तियारले पाँच हजार जरिवाना तिराउने निर्णय गरेको हो । सम्पत्ति विवरण नबुझाउनेलाई ५ हजार जरिवाना हुने अख्तियार प्रवक्ता कृष्णहरि पुस्करले बताए । सम्पत्ति विवरण नबुझाएका कारण अख्तियारको कारबाहीमा पर्नेमा बहालवाला मन्त्रीमा एकनाथ ढकाल, कुन्ती साही, दिनेश श्रेष्ठ र विराट विष्ट छन् । ढकाल शान्तिमन्त्री, शाही स्थानीय विकास राज्यमन्त्री, श्रेष्ठ भूमिसुधार तथा व्यवस्था र विष्ट स्थानीय विकास सहायकमन्त्री हुन् । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार २२ हजार ८ सय ६० जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । एक हजार ५ सय २६ जनलाले म्याद सकिएपछि विवरण बुझाएको केन्द्रले जनाएको छ । केन्द्रको प्रतिवेदनमा केही बहालवाला र पूर्वमन्त्री समेत गरी ५५ जना सांसदले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । चार पूर्वमन्त्री पनि कारबाहीमा  कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महत र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा पूर्व मन्त्री उपेन्द्र यादव पनि कारबाहीमा परेका छन् । पूर्व उर्जामन्त्री राधा ज्ञवाली र महिला बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले तोकिएको पार गरी सम्पत्ति विवरण बुझाएका थिए । अब पाँच हजार जरिवाना बुझाएर एक महिनाभित्र सम्पत्ति विवरण नबुझाएमा फेरि अकुत सम्पत्तिमा समेत छानविन हुने अख्तियारले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies