Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

मधेसी मोर्चा आज तीन दलको भण्डाफोरमा उत्रिँदै

\"karyadal\"काठमाडौं । वार्ता र संवादबाट नै निकास निस्कने भन्दै प्रमुख तीन सम्मिलित कार्यदलमा सहभागी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सदस्यहरुले विहीबार प्रमुख तीन दलको भण्डाफोर गर्ने भएका छन् । प्रमुख तीन दलले नै सहमतिबाट भाग्न खोजेको आरोप लगाउँदै आफूसँग भएका अहिलेसम्मका वार्ता र संवाद तथा कार्यदल बैठकका विषयलाई लिएर भण्डाफोर गर्ने भएको हो । मोर्चासहितको कार्यदलको वैठक विहीबार पुनः बस्दैछ । मंगलबार भएको कार्यदलको बैठकमा सरकारको तर्फबाट ठोस धारणा प्रस्तुत गर्ने भनिए पनि थप छलफल आवश्यक भएको जनाए पछि वैठक स्थगित भएको थियो । बुधबार प्रमुख तीन दलबीच छलफल गरी विहीबार कार्यदलको बैठक बस्ने तय गरिएको हो । तर बुधबार पनि प्रमुख तीन दलबीच सार्थक बहस हुन सकेन । विहीबार बस्ने कार्यदल बैठकमा सरकारका तर्फबाट लिखित रुपमा ठोस धारणा नआए मोर्चा तीन दलविरुद्ध उत्रिने तयारी गरेको हो । कार्यदलमा कुनै सहमति नभए संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीन दलको भण्डाफोर गर्ने मधेशी मोर्चाको तर्फबाट कार्यदलमा रहेका रामनरेश राय यादवले बताए । मोर्चाले आफ्नो ११ बुँदे मागबारे सरकारले ठोस धारणा पेश गर्नुपर्ने बताएको छ । संविधान संशोधनमै आफूहरुले लचकता देखाउँदासमेत प्रमुख तीन दलले सहमति गर्न आनाकानी गरेको भन्दै आफूहरु तीन दलविरुद्ध उत्रने मोर्चाका एक नेताले बताए । सहमतिको नजिक पुगेको भनिएको मोर्चाले कार्यविधि र संयन्त्रबारेमा सरकारको विश्वासनीय आधार खोजेको बताइएको छ । अहिलेसम्मको कार्यदल बैठक तथा प्रमुख तीन दल र मोर्चाबीचको वार्ता कसका कारणले भएन भन्ने आफूहरुले सार्वजनिक गर्ने मोर्चाका नेता रायले बताए । प्रमुख तीन दलले भने ब्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयकमार्फत संविधान संशोधन गरी मोर्चाको माग सम्बोधन गर्ने प्रयासमा रहेको छ । मोर्चाले खासगरी सीमांकनकै विषयमा असन्तुष्टी जनाएको भए पनि वार्तामा सीमांकनका विषयमा अहिलेसम्म गम्भीर छलफल हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies