Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

चर्चामा पाल्पाको ऐतिहासिक बल्ढेङगढी

कमल रायमाझी बल्ढेङगढी । पाल्पाको ऐतिहासिक गढीको रुपमा परिचित बल्ढेङगढीले अहिले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा चर्चा पाएको छ । चौधौं सताव्दीमा राजा बलिहाङले स्थापना गरेको मगर राज्यको उद्गम स्थलका कारण चर्चामा आएका बल्ढेङगढी प्राचिनकालिन दरवारको अवशेष,कलात्मक कटकिल्ला र यहा बाट देखीने मनोरम दृष्यले राष्ट्रिय तहमा परिचित हुदै आएको छ । \"balldhengadi-600\" अन्तराष्ट्रिय क्षेत्रमा समेत यसले अहिले चर्चा पाउन थालेको छ । लुम्बिनीमा शान्ति शहरको परिकल्पनाकार कोरियन नागरिक प्रो.क्वाकले बल्ढेङगढीको अनुसन्धात्मक भ्रमण गरेपछि यसको चर्चा अन्तराष्ट्रिय क्षेत्रमा समेत पुगेको हो । विभिन्न शहर र धार्मिक क्षेत्रको योजनाकार प्रो.क्वाकले यो ठाउलाई विश्वको स्वर्गको शिखर भन्दै यहाको गरिमाको वयान समेत गरेका छन् । उनले भनेका छन्,‘संसारमा कुनै ठाउ छ ।जहा वाट संसारको सुन्दरक्षेत्र हिमाल र विश्वको शान्तिक्षेत्र लुम्बिनी देखिन्छ भने त्यो एकमात्र स्थान हो बल्ढेङगढी ।’ एकातिर हेर्दा तराईको समतल भुमी देखिन्छ, अर्को तिर हेर्दा सेतै हिम शिरिङखला आखै अगाडी उभिएको पाइन्छ बल्ढेङगढी बाट । यो ठाउको अहिले चर्चा र परिचर्चा निकै हुने गरेको छ ।\"DSCN0581-600\" राष्ट्रिय तहमा यसको आफ्नै इतिहास रहेको जानाकारहरु बताउछन् ।इतिहासकार राजाराम सुबेदीलेको अनुसन्धात्मक लेखमा मगर राजा बलिहाङ रानामगरले स्थापना गरेको यो राज्य १४ औ सताव्दीमा स्थापना भै १६ औ सताव्दीमा अन्त्य भएको हो । बाह्रमगरात लाई एकिकरण गरि बलिहाङगढी राज्यको अन्तिम राजा भने रनबिर राना मगर रहेको पाइन्छ । अन्तिम राजा रनबिर रानामगरलाई बलिहाङगढी पछि स्थापना भएका अन्य राज्यहरु मुसीकोट, अर्घा, पाल्पा, खाची, धुर्कोट, इस्मा र गुल्मी राज्यहरुले एकै पटक आक्रमण गरि १६ औ सताव्दीमा अन्त्य गराएको समेत सुबेदीको कितावमा भेटिन्छ । यो ठाउमा राजाको पाला देखी चलिआएको कुवारीदेवीको मन्दिरमा भव्य रुपमा सयौ दर्शानार्थीहरु बैसाके पुर्णीमा, असारे पुर्णीमा, दशैको पुर्णीमा, मंसीरे न्यागीमा पुजाआजा गर्न आउने स्थानिय शेखर रास्कोटी बताउछन् । गढीको तल पटि राजाले स्थापना गरेको र पछि स्थानिय नरवहादुरले सर्बसाधरणलाई पुजाआजाका लागी सुरुवात गरेको कालिको मन्दिर पनि रहेको छ । यी दुई मन्दिरको महत्वका कारण स्थानियहरु यहाको गरिमा बुझ्दछन् भने आन्तरिक पर्यटकहरु गढीको भग्नाशेष रहेको दरवार, गढी वरिपरीको मनोरम दृष्य, यहाको रानी वन हेर्न यहा पुग्ने गर्दछन् । यो गढीको तल पट् गुफा समेत रहेको छ । गुफामा अझ सम्म कोहि पनि छिरेका छैनन् । स्थानिय महिला नेतृ तुला रास्कोटीकाले प्राकृतीक सुन्दरता र ऐतिहासीक महत्व बोकेको बल्ढेङगढीलाई राज्यको तह वाट अझ सम्म कुनै किसिमको खोज अनुसन्धान हुन नसकेको जनाइन् । उनले भनिन,‘वाहिर बाट हेर्दा सबैले वाइवाई गर्दछन् ।गढीमा आउने र यसको महत्व सवैले छ भने पनि यसको अनुसन्धान र उत्खननमा चासो राख्दैनन् । प्रो.क्वाकले भने यो ठाउको महत्व ऐतिहासीक गढीका कारण नभई प्राकृती सुन्दरता र हिमाल लुम्बिनी देखिने एउटा मात्र दुर्लभक्षेत्र बल्ढेङगढी भएकाले यहा पुगेको बताउछन् । यो गढी वाट रातिको समयमा गोरखपुरमा रेल हिडेको समेत सहजै देख्न सकिन्छ भने हिमालका धौलागिरि देखी माछापुच्छरे सम्म एकै ठाउमा वसी हेर्न पाइन्छ । \"12-600\" प्रचार प्रसार र विकासको हिसावले पछाडी परेको यो ठाउ पाल्पा जिल्लाको विगट गाउको रुपमा परिभाषित भएको छ । यहा खानेपानीको ,विद्युत र अस्पताल पुगेको छैनन् । यहाका स्थानिय हरुले रातिको समयमा गढी वाट तराईमा वल्ने विजुली हेर्छन भने दिउसोमा महेन्द्र राजमार्गमा हिडने मोटरहरु हेरेर विकासको अनुभव गर्ने गरेको स्थानिय हरि वहादुर रायमाझीले वताउछन् । अहिले गाउलेहरुले आफै खनेर कच्ची मोटर वाटो यहा पुराएका छन् भने अलि सम्पन्न परिवारले सोलार वाट वत्ती वाल्दछन् । रुपन्देहीको सालझण्डी देखी १६ किलोमिटर कच्ची मोटर वाटो वाट पुगिने यो ठाउमा पाल्पाको सदरमुकाम देखी देखी ५० किलोमिटर मोटर वाटो वाट यहा पुगिन्छ । सडकको राम्रो व्यवस्था भए यो ठाउ पर्यटक गन्तव्य हुने देखिन्छ । आन्तरिक पर्यटक र भारतिय लगायत अन्य देशका पर्यटक यहाको मनोरम सुन्दरताको स्वाद लिन यहा पुग्ने जानाकारहरु वताउछन् । अहिले यो ठाउको विकासको लागी भन्दै प्रो.क्वाकको योजना अनुसार अङकुर नेपालका केन्द्रिय अध्यक्ष गंभिर गुरुङको पहलमा स्थानिय सरोकार समितिहरु समेत वनाई विकास गर्ने योजना अगाडी वढाइएको छ । यहा क्वाक फाउन्डेसन बलिहाङगढी क्षेत्र बिकास समिति अन्तरगत प्रत्यक समितिमा ८ जना रहेको कार्यसमिति,सल्लाहकार समिति, राजनिति समिति, सरोकारवाला समिति र महिला समिति समेत वनाइएको छ । प्रो.क्वाकको व्यक्तिगतरुपमा ९ लाख सहयोग प्राप्त भै खानेपानीको काम समेतअगाडी वढिरहेको छ । खानेपानीमा टयाङकी र अन्य काम पुरा भएपनि नेपाल सरकारको तर्फ बाट सोलारपावरमा दिने अनुदानमा ढिलाई हुदा समयमानै काम सम्पन्नगर्न नसकीएको स्थानियहरु बताउछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies