Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

मैथलीफिल्म ‘लेबर’ घोषणा

खबरडबली संवाददाता

काठमाडौं ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक  पुर्णेन्दु के झाले फिल्म ‘लेबर’ को घोषणा गरेका छन् । पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा विदेशिन बाध्य नेपाली र विदेशिन वाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने औपचारिक घोषणा गर्न आयोजित कार्यक्रम बताइयो । 

काठमाडौँ सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले यसले लेबर र सरकार बीचको कथा भन्ने बताए ।  ‘हाम्रो देशबाट लेबरको काममा विदेशिन सङख्या बढी छ । उनीहरूको आ–आफ्नै कथा छ । ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनु पर्छ भन्ने लागेर हामीले फिल्म निर्माण गर्दैछौँ’, निर्देशक झाले भने । उनले फिल्मलाई मैथली भाषामा तयार गर्दैछन् । यद्यपि उनले नेपाली र भोजपुरीमा स्वराङ्कन गरेर प्रदर्शन गर्नेछन् । 

‘हामीले बाहिर त बजार बनायौं तर नेपालमै मधेशमा स्वदेशी फिल्मलाई दर्शकले साथ दिएका छैनन् । यसकारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’, उनले भने । 

सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेको फिल्मलाई निर्देशक झासँगै नरेश मिश्राले लेखेका छन् । उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकार अहिले तय भएको र अन्य कलाकार छिटै घोषणा गरिने निर्देशक झाले बताएका छन् ।  फिल्मका कलाकार उत्पल झाले यस फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘हामीले फिल्मलाई विषयप्रधान बनाउन थालेका छौँ । यसमा मिथिलासँगै नेपालभरका दर्शकलाई हे कथा छ’, कलाकार झाले भने । 

कार्यक्रममा पूर्व राजदुत सूर्यनारायण मिश्र, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, कलाकार रवीन्द्र झा, नेपाल चलचित्र सङघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक गणेशदेव पाण्डे, लेखक समीप्याराज तिमल्सेना लगायतको उपस्थिति रहेको थियो ।

फिल्ममा प्रवेश मल्लिकको सङ्गीत तथा पाश्र्वसङ्गीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन,  मल्लाज अडियो वर्कसको साउण्ड डिजाइन तथा मिक्सिङ, अक्की थेक्पाको कला निर्देशन रहेको छ । 

फिल्मको डिजिटल पार्टनरको रुपमा नेपाली भाषाको लागि ओएसआर डिजिटल र भोजपुरी तथा मैथली भाषाको लागि अरिपन फिल्म्स प्राइभेट लिमिटेड रहेको छ । प्रबिण कुमार रावत प्रथम सहायक निर्देशक रहेको फिल्म ‘लेबर’ लाई यसै वर्ष सन् २०२४ को अन्तिम महिना डिसेम्बरमा प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडाैं महानगरका प्रमुख बालेनविरुद्ध कुटपिट र लुटपाटको मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित काठमाडौं महानगरपालिकाका ३ जनाविरुद्ध मुद्दा दायर ...

काठमाडौं महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ । ...

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं  । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको...

नेपालकाे संसदीय इतिहासलाई फर्केर हेर्दा

उपसभामुखलाई चड्कनदेखि सांसद-मन्त्रीबीच हात हालाहाल र ब्रिफकेस तोडफोडसम्म

जनकपुरमा युवा संघले गर्याे देउवा र गुरुङको पुत्ला दहन

जनकपुरधाम ।युवा संघ नेपालले जनकपुरमा  कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएका छन् । उनीहरूले जनकपुरको जनकचौकमा  सभाप...

सत्तामा बस्नेहरूले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैनः प्रदीप पौडेल

काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरूले प्रश्न गर्न नमिल्ने बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित प्रजातान्त्रिक विचार समाजको कार्...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि

काठमाडौं। नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ। इन्टरनेट सुविध...

काेशीमा भागबण्डा नमिल्दा पछि धकेलियो सरकार विस्तार

विराटनगर । भागबण्डाको टुंगो लगाएर आजै सरकार विस्तार गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी मन्त्रालय भागबण्डामा सहमति नहुँदा धकेल...

भियतनाम जाने पारा तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं। नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप जी- ४ २०२४ मा सहभागी हुने ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ। भियतनामको दनाङ प्...

दुई दशकदेखि बेपत्ता शमशेर रोगले ग्रस्त पारेपछि घर फर्किए

मोरङ ।  दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । अहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies