Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

ओलीको मधुमासः सरकार खुशी, जनतामा निराशा

\"PMकाठमाडौंं । नयाँ संविधान जारी भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको मंगलबार एक सय दिन पुगेको छ । सरकार गठनको एक सय दिनलाई मधुमास समय मानिन्छ । नयाँ संविधान जारी भएसँगै छिमेकी राष्ट्रको दबदबाका कारण राष्ट्रियता पेचिलो बनेको बेला ओली नेतृत्वमा सरकार गठन भएको हो । ओली नेतृत्वमा गठन भएको सरकारमा दश वर्षे जनयुद्ध लडेको पार्टी एकीकृत माओवादी र राजावादी पार्टी राप्रपा नेपालसमेत छन् । राजावादीदेखि गणतन्त्रवादीहरुको सरकारलाई राष्ट्रियताविरुद्ध लड्नु् र मुलुकमा उत्पन्न संकट समाधान गर्नु निश्चय पनि गाह्रो कुरा थियो । यद्यपीले असली राष्ट्रवादको पगरी गुथाइएको सरकारले राष्ट्रियताको बारेमा त्यस्तो गम्भीर निर्णय त गर्न सकेन, जनताको दैनिक अत्यावश्यकीय समस्यासमेत समाधान गर्न सकेन । ओली नेतृत्वको सरकारको मधुमास समयलाई निकै महत्वका साथ हेरिएको थियो । तर ओली सरकारले मधेस आन्दोलन र भारतले गरेको नाकाबन्दी आफ्नो मधुमास समयमा त पूरा गर्न सकेन नै, उल्टै हावादारी गफ दिएर ओली आफै आलोचित भए । जम्बो सरकार सरकारको आलोचना सरकार गठनदेखि नै भयो । सरकार गठनको एक सय दिनसम्म दोष दिन नपाइने भए पनि ओलीले संविधानलाई समेत मिचेर संक्रमणकालिन अवस्था भन्दै जम्बो मन्त्रिपरिषद बनाए । नयाँ संविधानअनुसार नै सरकार प्रमुख बनेका ओलीले नयाँ संविधानले नै तोकेको २६ सदस्यीय मन्त्रिपरिषदलाई लत्याउँदै ४० सदस्यीय मन्त्रिपरिषद बनाए । गणतन्त्रवादीदेखि राजावादी र साना दलहरुलाई सबैलाई मनाउनका लागि उनले नेपालकै इतिहासमा पहिलो पटक ६ जना उपप्रधानमन्त्री नै बनाए । साथै ओलीले सरकारको भाग पु¥याउन नभन्दै केही मन्त्रालयहरु समेत फुटाएर मन्त्रालयको वृद्धि गरे । भारतसँगको कुटनीतिक सफलता ओली नेतृत्वको सरकार बनेपछि नेपालको संविधानमा असन्तुष्टी जनाउँदै भारतले अघोषित नाकाबन्दी ग¥यो । नाकाबन्दीको विरोधमा आम जनता स्वतःस्फूर्त सडकमा उत्रिए । समाजिक सञ्जालहरुमा भारतको दादागिरी भन्दै विरोध गरियो । फलस्वरुप भारतको विकल्प सरकारले दिनुपर्ने सुझाव दिइयो । तर ओली सरकारले भारतले गरेको नाकाबन्दी कुटनीतिक पहलबाट हल गर्न सकेनन् भने त्यसको विकल्प खोजेर संकट समाधान गर्न असफल भए । कालोबजारी र महंगी भारतले नाकाबन्दी गरेलगत्तै गम्भीर इन्धन संकट परेको मुलुकमा उपभोग्य वस्तुको अभाव देखाएर इन्धनको कालोबजारी मात्र भएन, दैनिक उपभोग्य बस्तुमा महंगी र कालोबजारी ब्याप्त भयो । राजधानी काठमाडौंमा दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी गरिँदा समेत सरकारले कुनै उल्लेखनीय काम गर्न सकेन, कुहिराको काग बन्न पुग्यो । भारतले गराएको इन्धन संकटको समाधान तस्कर र कालोबजारीले पूर्ति गरे । प्रधानमन्त्रीकै उडन्ते अभिब्यक्ति \"kp-oli-640\"नयाँ संविधान जारीसँगै तराई–मधेसमा जारी आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण आक्रान्त बनेका नेपालीको समस्या समाधान गर्नुको सट्टा प्रधानमन्त्री ओलीले उडन्ते गफ र हावादारी अभिब्यक्ति दिएर आफै हाँसोको पात्र बने । नाकाबन्दीकै कारण मुलुक खाना पकाउने ग्यासको अभाव भइ आधा सिलिण्डर ग्यास समेत नपाएर छटपटाएका नागरिकलाई प्रधानमन्त्री ओलीले अब घरघरमै पाइपबाट ग्यास पु¥याइन्छ भनेर ‘जोक्स’ सुनाए । विश्वमै जलस्रोतको दोस्रो धनी देश नेपालमा पानीको सदुपयोग हुन नसकिरहेको बेला प्रम ओलीले अब हावाबाट विजुली निकालिन्छ र एक वर्षमै लोडसेडिङ मुक्त गरिन्छ भन्ने जस्ता उडन्ते भाषणबाजी गर्दै हिँडे । भूकम्पपीडितको विचल्ली एमाले अध्यक्ष ओली मुलुकको सहज अवस्थामा प्रधानमन्त्री भएका होइनन्, तर उनले गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी थियो । बैैशाखमा गएको विनासकारी भूकम्पबाट पीडितको ब्यवस्थापनदेखि भूकम्पपछिको पुनर्निर्माण सरकारको अर्को दायित्व थियो । तर पुननिर्माण प्राधिकरण गठन गर्नसमेत ढिलाइ गरिँदा टहरामा बसेका पीडितहरुको चिसोले कठ्याङिग्रएर विचल्ली हुन पुग्यो । प्रकृतिले दिएको पीडामाथि हिमपातजस्तो अर्को प्रकृतिको पीडा भूकम्पपीडित सहन गर्न बाध्य भए । ढिलै भए पनि पुनर्निर्माण प्राधिकरणको सीईओ तोकियो र माघ २ गते पुनर्निर्माण महाअभियानको उद्घाटन त गरियो तर काम शुरु गर्ने समय भने उधारो छ । समग्रमा सरकारको एक सय दिनको मधुमास आम नागरिकका लागि निराशा निराशैमा वितेको छ । यद्यपि सवैतिरबाट संकट उत्पन्न भएको बेलामा र सबैतिरबाट घेराबन्दी भएको बेलामा गठन भएको सरकारले गरेको काम निकै उपलब्धिपूर्ण भन्दै सरकारले भने तारिफ गरेको छ । सरकारको सफलता भन्दै मन्त्रीहरु गीत गाउँन थालेका छन् भने सरकारले मंगलबार नै एक सय दिनको अवसर पारेर नयाँ योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies