Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

मधेसी मोर्चाको घोषणा– कार्यदलस्तरको वार्ता समाप्त

\"morcha-karyadal\" काठमाडौं । सहमतिबाट निकास निकाल्न भन्दै सरकारी कार्यदलमा सहभागी भएको मोर्चाले कार्यदलस्तरको वार्ता सकिएको घोषणा गरेको छ । मोर्चाले मंगलबार बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा पत्रकार सम्मेलन गरी कार्यदल स्तरीय वार्ता समाप्त भएको घोषणा गरेको हो । मोर्चासहितको कार्यदलको सोमवारको बैठकमा लिखित सहमति गर्ने भनिएको थियो तर मोर्चाले राखेको मधेसमा दुई प्रदेशको प्रस्ताव तीन दलले अस्वीकार गरेपछि मोर्चा कार्यदल स्तरको वार्ता समाप्त भएको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै तपलोपाका नेता तथा मोर्चाको तर्फबाट कार्यदल सदस्य हृदयेश त्रिपाठीले कार्यदल स्तरको वार्ता समाप्त भएको बताए । उनले अब कार्यदल स्तरमा नभई शीर्ष स्तरको वार्ता मात्रै हुने बताए । मोर्चाद्वारा गठित वार्ता टोलीले तीन दलद्वारा गठित वार्ता टोलीसितको वार्ता औचित्यहीन भएको जनाउँदै अब शीर्ष नेताहरुबीच नै वार्ता हुने स्पष्ट गरेको छ । नेपालको संविधान जारी गर्ने समयकै जस्तो हठ सरकारी वार्ता टोलीले देखाएको हुँदा अबको वार्ता मोर्चामा आवद्ध राजनीतिक दलका शीर्ष र तीनदलका शीर्ष नेतृत्वका तहमा मात्रै हुने मोर्चाका कार्यदल सदस्य तथा तमलोपा नेता हृदयेश त्रिपाठीले बताए । देश विखण्डनमा जान सक्ने मोर्चाको चेतावनी मोर्चाद्वारा गठित टोलीले तीन दलसँगको वार्ताको औचित्य भने समाप्त नभएको जनाएको छ । मोर्चाका नेताहरुले तीन दलले मधेसी मोर्चालाई पेलेरै गएमा देश विखण्डन हुन सक्ने समेत चेतावनी दिए । पत्रकार सम्मेलनमा मोर्चालाई पेलेरै जाने मुडमा तीन दल देखिएको भन्दै मोर्चाका नेता त्रिपाठीले यहि अवस्था कायमै रहे देश बिखण्डनमा जाने चेतावनी दिए । उनले तीन दलको कार्यदलका नेताहरू बैठकमा निरीह देखिएको बताए । तीन दलको बैठकपछि वातावरण बिग्रिएको त्रिपाठीले बताए । तीन दलले सिमाकन, नागरिकतालगायतका विषयमा पुरानै अडान देखाएको पनि उनले आरोप लगाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending