Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नेपाल १७ वर्षपछि बंगबन्धु गोल्डकपको उपाधि नजिक

\"Nepali_Football_Team_2_349780459-400\"काठमाडौं । नेपाल बंगबन्धु गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार साँझ माल्दिभ्ससँग भएको सेमिफाइनलमा ४–१ को सानदार जित हात पार्दै उपाधि होडमा पुगेको हो । बलियो टिम माल्दिभ्ससँग मंगलबार भएको सेमिफाइनलमा नवयुग श्रेष्ठको ह्याट्रिकसँगै फाइनल प्रवेश गरेको हो । माल्दिभ्स विरुद्ध जित निकाल्ने क्रममा नवयुग श्रेष्ठले ह्याट्रिक पुरा गर्दा विशाल राईले १ गोल गरेका थिए । यससँगै अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि ह्याट्रिक गर्ने नवयुग पाँचौ खेलाडी बन्न पुगेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले ह्याट्रिक गरेका थिए । उपाधिका लागि आगामी शुक्रबार नेपालले बहराइनसँग खेल्नेछ । फिफा बरियताको १५७औं स्थानमा रहेको माल्दिभ्सको पोष्टमा चार गोल गरेको नेपाल बरियताको १९६ औं स्थानमा रहेको छ । १७ बर्षपछि अन्तराष्ट्रिय फुटबलको फाइनलमा पु¥याउने क्रममा नेपालका लागि सुरुवाती गोल पहिलो हाफको ३१औं मिनेटमा नवयुग श्रेष्ठले गरेका गरेका थिए । उनले विमल घर्तिमगरले प्रहार गरेको बल पोष्टमा ठोकिएर आएको बललाई गोलमा परिणत गरेका थिए । उत्कृष्ठ प्रदर्शन गरेको नेपालका लागि दोस्रो हाफको ५२औं मिनेटमा बिशाल राईले गोल गर्दै खेललाई २–० को अवस्थामा पु¥याए । यस्तै खेलको ६२ औंँ मिनेटमा विक्रम लामाले मिलाएको पासमा नबयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि नेपाल ३–० गोल अन्तरले अघि बढ्यो । अतिरिक्त समयको पहिलो मिनेटमा नबयुग श्रेष्ठले गोल गर्दै ह्याट्रिक पूरा गरे ।  खेलको ७७ औँ मिनेटमा माल्दिभ्सका लागि नासिदले सान्त्वना गोल फर्काएका थिए । जितसँगै नेपाल १७ वर्षपछि औपचारिक फुटबलको फाइनलमा प्रवेश गरेको छ । सन् १९९९ पछि नेपाल कुनै पनि औपचारिक फुटबलको फाइनलमा पुगेको थिएन । त्यसबेला दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको थियो । सन् १९९३ पछि नेपालले ढाकाको बंगबन्धु रंगशालामा फाइनल खेल्ने भएको छ । त्यतिबेला नेपालले दक्षिण एसियाली खेलकुदको फुटबलमा फाइनल खेलेको थियो । सो खेलमा नेपालले भारतलाई हराएर स्वर्ण जितेको थियो । नेपाली फुटबल खेलको इतिहासमा यो सबैभन्दा ठूलो उपलब्धि भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: