Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रधानमन्त्री बन्न नपाएपछि ओली कांग्रेससँग बिच्किए

काठमाडौं, प्रक्रियाबाट संविधान जारी गर्न कांग्रेस तयार नभएपछि सत्तारुढ कांग्रेस–एमाले सम्बन्ध चिसिएको छ । नागरिक दैनिकमा खबर छ–प्रक्रिया रोकेर एमाओवादी नेतृत्वको मोर्चालाई पनि साथमा लिएर संविधान बनाउन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले अग्रसरता देखाएपछि एमालेका नेताहरु असन्तुष्ट बनेका हुन् । साथै, विपक्षी दललाई साथमा लिएर सत्ता साझेदार गर्न प्रधानमन्त्री सुशील कोइराला तयार भएपछि पनि एमाले क्रुद्ध भएको हो । पूर्व सहमति विपरीत कोइराला प्रक्रिया छोडेर सहमतिमा संविधान बनाउन एमाओवादीको पछि लागेको बुझाई एमालेको छ । ८ माघपछि पनि संविधान निर्माण नभई भदौमा गर्न लागिएको महाधिवेशनसम्म सत्तामा टिक्ने प्रयास स्वरुप कोइराला अघि बढेको एमाले नेता रामनाथ ढकाल बताउँछन् । ‘सुशील कोइराला संविधान निर्माणको विषयलाई कम्तिमा भदौसम्म धकेल्ने पक्षमा देखिनुभएको छ ।’ ढकालले भने, ‘सत्तारुढ दलसँग दुई तिहाई समर्थन रहे पनि सरकारले जनताको आकांक्षालाई कुनै रुपमा पनि संवोधन गर्न सकेको छैन । बदनामीको भारी बोकेर एमाले संविधान निर्माणकै लागि सत्तामा बसेको हो । संविधान निर्माणमा कांग्रेसबाट भएको आलटालबाट हामी असन्तुष्ट छौं ।’ ८ माघमा संविधान नबन्ने, विगतको सात बुँदे सहमति कार्यान्वयन नहुने र आफ्नो नेतृत्वमा सरकारसमेत गठन हुन नसक्ने अवस्था आएपछि एमाले अध्यक्ष खड्गप्रसाद ओली कोइरालासँग असन्तुष्ट बनेका छन् । सोही कारण ओली शनिबार डेढ महिनापछि बालुवाटारमा बसेको प्रमुख दलको औपचारिक बैठकमासमेत गएनन् । तर, संविधान पनि नबन्ने अहिलेको सरकार निरन्तर अघि बढ्ने भएपछि एमाले अध्यक्ष खड्गप्रसाद ओली अन्य दलसँग झन् आक्रामक बनेको कांग्रेस बुझाई छ । ‘पहिलो र तेस्रो दलले सत्ता संचालन र लामो लोकतान्त्रिक अभ्यास भएको दोस्रो ठूलो दल प्रतिपक्षीमा बसेको भए ८ माघमै संविधान जारी भइसक्थ्यो ।’ कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: