Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

नेपालको संविधान २०७२ पहिलो पटक संशोधन

\"sambidhan_dipawali\"काठमाडौं । नेपालकै इतिहासमा पहिलो पटक संविधानसभाबाट जारी गरिएको नेपालको संविधान २०७२ शनिवार पहिलो पटक संशोधन गरिएको छ । प्रमुख राजनीतिक दलहरुबीच संविधान संशोधनको परिमार्जनको विषयमा सहमति जुटेपछि शनिवार राती बसेको ब्यवस्थापिका संसदको बैठकबाट मत विभाजन गरी संविधान संशोधन पारित गरिएको हो । संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्ने भएकाले मत विभाजन गरिएको थियो । संविधान संशोधन प्रस्तावको पक्षमा ४६१ मत विपक्षमा ७ मत मात्रै परेको थियो । सात मत मात्रै विपक्षमा परेपछि पक्षमा दुई तिहाई बहुमत पुगेको हो । सिंहदरवारमा भएका दलहरुको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले संशोधन विधेयकमाथि राखेको परिमार्जनमाथि सहमति जुटेको थियो । संविधान संशोधन विधेयकमाथि परेका संशोधन मिलाउन ढिला भएपछि संसद बैठक सुरु हुन पाँच घण्टा ढिला भएको थियो । विधेयकमाथिको दफावार छलफल शुक्रबार सकिएपछि सांसदहरुले राखेको धारणामाथि शनिवार सरकारका तर्फबाट कानुनमन्त्री अग्नि खरेलले जवाफ दिएका थिए । मन्त्री खरेलले जवाफ दिएपछि संविधान संशोधन पारित गरिएको हो । सीमांकनको विषयमा संविधान निर्माण प्रक्रिया नै बहिष्कार गरी मधेसवादी दलहरुले मधेस आन्दोलन थालेका थिए । मधेस आन्दोलनकै कारण देखाउँदै भारतले समेत नाकाबन्दी गरिदिएपछि प्रमुख दलहरु संविधान संशोधन गर्न बाध्य भएका हुन् । तर दलहरुले मोर्चाको माग सम्बोधन गर्न भन्दै संविधान संशोधन गरे पनि मोर्चाले भने सहमति जनाएको छैन । उनले दलहरुले अहिले गरेको संविधान संशोधनबाट आफूहरुको माग सम्बोधन नभएको बताएका छन् । संविधान संशोधन विधेयक संसदमा टेबल भएदेखि नै विरोध गर्दै आएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध दल तथा थारुहट तराई पार्टीका सांसदहरुले संविधान संशोधन विधेयक पारित गर्ने दिनसम्म पनि सदनमा नाराबाजी र विरोध जारी राखेका थिए । नयाँ संविधानको धारा ४२, ८४ र २८६ संशोधन गरिएको छ । धारा ४२ मा सामाजिक न्यायको हक र ५ वटा उपधाराहरु रहेका छन् । धारा ८४ को प्रतिनिधिसभाको गठन सम्बन्धमा ९ उपधारा रहेका छन् भने धारा २८६ मा निर्वाचन क्षेत्र निर्धारण आयोग र यस सम्बन्धी १३ उपधाराहरु रहेका छन् । सरकारका तर्फबाट पेश गरिएको संविधान संशोधन विधेयकमाथि सत्तारुढ एकीकृत माओवादी र प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका दलहरुले २४ वटा संशोधन दर्ता गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies