३१ अध्यायमा बर्गिकृत स्वस्थानी ब्रतकथामा स्वास्थानी भन्ने एक अमूर्त भगवानका रुपमा चित्रण गरी त्यसको उल्टो महादेवको लिङ्ग पूजा गर्न लगाइन्छ ।यो आलेखको मूल आशय स्वस्थानी ब्रत्तकथा भित्रका अन्य पाटापक्षको बारेमा विमर्श गर्नु होइन । खास गरी संसार दृष्टिसम्बन्धि स्वास्थानी ब्रत्तकथामा भनिएको कथन र नेपालका जनजातिभित्र प्रचलित विभिन्न ग्रन्थहरुको बीचमा संसार उत्पति सम्बन्धि प्रसंगलाई तुलनात्मक अध्ययन गरेर अन्तमा वैज्ञानिक धारणा बनाउन आम पाठकलाई सहजता मिलोस् भन्ने रहेको छ । स्वस्थानी कथाको पहिलो अध्यायमा मयूरको बाहानमा चढि आएका कुमारजी र तपस्या गरिरहेका अगस्त्यमूनि बीचको सम्वादबाट कथा शुरु हुन्छ । अगस्त्यमूनिले संसार कसरी सृष्टि भयो भन्ने जिज्ञासा कुमारजी समक्ष राखेपछि कुमारजीले संसार सृष्टि सम्बन्धि कथा बताउँछन् । स्वस्थानी ब्रत्तकथाका अनुसार संसारको सृष्टि : स्वस्थानी ब्रत्तकथामा कुमारले परमात्माको इच्छा हुँदासाथ तीन वटा शक्तिशाली भगवानहरु ब्रम्हा विष्णु र शिव प्रकट भयो । त्यसपछि तिन गुण युद्ध माया उत्पति भईन् त्यसलाई प्रकृति पनि भनिन्छ भनेर कुमारले भन्छन् । त्यसपछि विष्णु भगवानको कानेगुजीबाट मधु र कैटब नानक दुइ दानव उत्पति भयो त्यही दानवको बध भगवानले गरेपनि पृथ्वी जमिन ढुङ्गा पानी इत्यादिको सृष्टि भयो भनिएको छ । उपनिषदकालमा विकास भएको यो कथा भन्दा शताब्दीऔं अघिदेखि तामाङहरुका पाँच सामाजिक नायक मध्ये ताम्बाले भन्दै आएको संसारको उत्पति र मानवसभ्यताको विकासको उत्पति वैज्ञानिक देखिन्छ । गुरुङको धर्मग्रन्थ अनुसार संसारको सृष्टि : यता गुरुङहरुको धार्मिक ग्रन्थका वर्णित पौराणिक कथा, उपाख्यानहरूमा भने संसार उत्पति सम्बन्धि छुट्टै व्याख्या छ । तमु धर्म शास्त्रका अनुसार पहिले ठूलो ताल बन्यो, त्यसपछि त्यसको छेउमा विस्तारै बस्ती बस्यो र त्यसपछि पहिलो अन्नका रुपमा जौ उमारियो भन्ने कुरा उल्लेख छ । त्यस्तै तमु शास्त्रमा आगोको आविस्कार, ढ्याङ्ग्रो आदि निर्माणको थुप्रै प्राचीन कथाहरू वर्णित पाइन्छ । तामाङको ताम्बा दर्शन अनुसार संसारको सृष्टि : तामाङको पाँच सामाजिक नायक मध्ये ताम्बाहरु जसलाई तामाङ समुदायका इतिहासकारका रुपमासमेत लिइन्छ उनीहरुले संसारको उत्पति सम्बन्धि ताम्बा काइतेन गीत नै बनाएर गाउँने गर्छन् । तामाङका विभिन्न सांस्कृतिक परम्परामा सो गीत डम्फू बजाउँदै गाएर संसार उत्पतिको प्राचिन कथा भन्ने गर्छन् । तामाङ समाजमा सो गीतलाई धामीहरुले समेत ‘सेराप’नामाकरण गरेर घरको सुद्धासुद्धि गर्ने बेलामा यो गीत गाउँने गर्छन् । ताम्बा काइतेनमा सबैभन्दा पहिला संसारको उत्पतिमा चार तत्वलाई प्रधान मानेका छन् । ती हुन्, वायु, अग्नी, पानी, माटो, । क्रमशः पृथ्वी उत्पति हुनेबेला वायुको उत्पति भयो त्यसपछि अग्नी, अग्नीपछि पानी र यी चिजको समिक्षणबाट माटोको उत्पति भयो भन्ने कुरा ताम्बा दर्शनमा पाइन्छ । माटोको उत्पतिसँगै सबैभन्दा पहिला झ्याउहरु, दुबोहरु उत्पति भयो त्यसपछि विस्तारै अन्य जीवहरुको उत्पति भयो भन्ने कुरा आजपनि गाउँ गाउँमा तामाङ ताम्बा, बोम्बोहरु बताउँछन् । मुन्धुमका अनुसार संसारको सृष्टि : मुन्धुममा प्रारम्भिक मानवको उत्पतिका बारेमा सविस्तार व्याख्या पाइन्छ । जसअनुसार सबै भन्दा पहिला पृथ्वी जलमय थियो । त्यसमा कुनै स्थान थल भएर निस्क्यो । त्यही थलमा मानव उत्पति भयो । अझ ’जलमय पृथ्वीको उक्त थलमा सुन्मासङ पलायो । त्यही सुन्मासङबाट सुम्निमा पारुहाङको उत्पति भयो भन्ने व्याख्या मुन्धुममा पाइन्छ । वैज्ञानिकहरुका अनुसार संसारको सृष्टि : माथिका विभिन्न तथ्यहरु उल्लेख गरेपछि पृथ्वी उत्पत्तिको बैज्ञानिक धारणा सक्षिप्तमा उल्लेख गरिएको छ । पृथ्वीको उत्पति कसरी भयो भन्ने बुझ्नलाई ब्रह्माण्डसँग सम्बन्धित अन्य केही कुराहरु वैज्ञानिकहरुले अघि सारेका छन् । जसमा ग्रहहरु, सूर्यमण्डल, असंख्य तारामण्डल अन्तरिक्ष आदि रहेका छन् । बैज्ञानिकहरुका अनुसार करिब १४ अरब बर्ष पहिलेसम्म यो ब्रमाण्ड कुनै एक बिन्दुमै एकदम खाँदिएर रहेको सानो अवस्था थियो । सूर्य १ खरब जति ताराहरुको बिशाल समूह भएको आकास गंगाका ताराहरु मध्येको एउटा हो । नयाँ ग्यालक्सीहरु, ती भित्र नयाँ ताराहरु, नयाँ ताराहरुका नयाँ ग्रहहरु बन्नेक्रम पनि जारी छ, अनि कतिपय ग्यालक्सी, तारा , र ग्रहहरु अर्कोमा बिलय हुने तथा मर्ने अथवा सिद्धिने क्रम पनि जारी नै छ ।
सूर्य १ खरब जति ताराहरुको बिशाल समूह भएको आकास गंगाका ताराहरु मध्येको एउटा हो ।हरेक आकाशी पिण्डहरुमा अन्य बस्तुलाई आफूतर्फ तान्न सक्ने शक्ति हुन्छ, त्यसैलाई गुरुत्वाकर्षण शक्ति भनिन्छ । कुन पिण्डको कति गुरुत्वाकर्षण शक्ति हुन्छ भन्ने कुरा त्यसको आकार, घनत्व, दुरी, त्यसको घुम्ने कोण र गतिमा पनि भर पर्छ । यदि पिण्डहरुमा गुरुत्वाकर्षण नहुँदो हो त अन्तरिक्षमा झुन्डिने नै थिएनन, एकापसमा ठोकिन्थे वा ब्रमाण्डमा कतै उडेको उडै गर्थे होलान् । त्यस्तै पृथ्वीमाथि हावा हुने ठाउँसम्मको खालि भाग आकाश, र त्यो भन्दा माथिको आकाशीय पिण्ड तथा ग्यालक्सीहरु बिचको सम्पूर्ण खाली भाग अन्तरिक्ष हो । अन्तरिक्षमा ठाउँ र दुरी हेरी गुरुत्वाकर्षण कम, बेसी र जिरो हुन्छ । हाम्रो अन्तरिक्ष केन्द्रमा गुरुत्वाकर्षण एकदम कम भएकोले मेशिनहरु अडेर रहन सकेका छन् । यसरी भयो सूर्यको उत्पति : बैज्ञानिकहरुका अनुसार ब्रमाण्डमा जति टाढा गयो त्यति बढी कल्पना पनि गर्न नसकिने, सूर्यभन्दा अर्बौंगुना ठूला ग्यास र कण मिसिएका अजंगका आँधीबेहरीयुक्त बादलका असंख्य समूहहरु थिए र अझ असंख्य छन् । हाम्रो चन्द्रमाको परिधि १०,९१७ किमी छ, पृथ्वीको ४०,०७५ किमी र सूर्यको परिधि ४,३६६,८१३ किमी छ । त्यस्तै बादलहरु मडारिदै गर्दा आफैले आफ्नो तौल धान्न नसकी बिचमा भित्रतर्फ भाँसियो, र एउटा बाटुलो घेरामा पानीको भुमरी जस्तै गरी घुम्न थाल्यो । यसरी घुम्दै गर्दा बल्ने ग्यास लगायतका तत्वहरु एक ठाउँमा जम्मा भै उक्त भुमरीको बिचमा एउटा बलेको आगोको गोलो डल्लो ताराको रुपमा देखा पर्यो । त्यसपछि पनि उक्त भुमरी र डल्लोमाथि त्यही नेबुला नामक बादलका बाँकी रहेका धुलकण, ग्यास आदि खसिरहे । यसरी खसेका बल्ने ग्यास लगायतका पदार्थहरु थपिंदै थपिंदै सूर्य भयङ्कर ठुलो र तातो भयो भने अन्य अलि ठोस प्रकारका पदार्थबाट ग्रहहरु, चन्द्र बिभिन्न आकारका स–साना छुद्रग्रह पुच्छ्रे तारा, उल्का आदि बने ।
जब सूर्य अत्यधिक प्रज्वोलित भयो, त्यसमा आगोका लप्काका बिशाल आँधीबेहरी चली टाढाटाढासम्म पुग्न थाले ।जब सूर्य अत्यधिक प्रज्वोलित भयो, त्यसमा आगोका लप्काका बिशाल आँधीबेहरी चली टाढाटाढासम्म पुग्न थाले । तिनै आँधीहरुका कारणले एकातर्फ सूर्य नजिकका गृहहरुमा रहेका बल्ने नबल्ने ग्यासहरु टाढा उडी ग्रहहरु नै चम्कन छाडे भने अर्कोतर्फ सौर्य परिवारको बाहिरी घेरामा हुने ग्रहहरुमा ग्यास जम्मा हुँदाहुँदा ठुलाठुला हुँदै गए । सूर्य एकदम ठुलो र अन्य ग्रहहरु साना भएकोले यिनीहरु सूर्यको वरिपरी घुम्न थाले । हाम्रो पृथ्वी लगायतका प्लुटोसहित ९ वटा यस्ता ग्रहहरु चार वटा सूर्यको नजिक छन् भने ५ वटा टाढा छन् आकारमा पनि कोही साना छन् भने कोही ठूला छन्, यिनीहरुको तौल र ग्रुत्वाकर्षण पनि फरकफरक छ, यी ग्रहहरु र अन्य केही साना पिण्डहरु सूर्यमा आधारित र सूर्यलाई नै घरमुली जस्तै मानी परिक्रमा गर्ने भएकोले यिनीहरुलाई सूर्यका परिवार भनिएको हो । यसरी भयो पृथ्वीको उत्पत्ति : पृथ्वीको उत्पत्ति सूर्यसंगै भए पनि अरबौं बर्षको अन्तरालमा एकपछि अर्को गर्दै असंख्य उथलपुथलबाट गुज्रंदै बिभिन्न संयोजन तथा बिखन्डनका शृंखलाहरु पार गर्दै भएको हो । पृथ्वी सुरुमा अत्यन्त तातो थियो । अरबौं बर्षको अन्तरालमा चिसिंदै गएर बिभिन्न माध्यमले जमिन, पानी, बाताबरण बनेर, करोडौं बर्ष पहिले देखि बाटमात्र बिस्तारैबिस्तारै जीवनको सुरुआत भएको हो । अन्तमा माथिका विभिन्न दृष्टान्तहरु प्रस्तुत भइसकेपछि स्वास्थानी व्रतकथा के हो ? भन्ने कुरा थप ब्याख्या गर्न आवश्यक छैन । बरु सिन्धुघाटीको सभ्यताबाट आर्यहरुले सुरु गरेको हिन्दु धार्मिक सभ्यता मूलतः अवैज्ञानिक र भ्रामक रहेको कुरा स्वतः सिद्ध भएको छ ।
प्रतिकृया लेख्नुहोस्: