फाल्गुन २५ गते, २०७१ सोमवार 9th March, 2015 Mon०९:१०:१७ मा प्रकाशित
धनकुटा, धनकुटाको बसन्तटार गाविस–१ मा ११ हजार भोल्ट करेन्ट प्रवाह हुँदा एक जनाको ज्यान गएको छ । मोबाइल चार्ज गर्दै गर्दा निरमाया मगरको ज्यान गएको स्थानीयले बताएका छन् ।
करेन्ट लागि अर्का एक जना घाइते भएका छन् । आइतबार बिहान ७ बजेतिर करेन्ट लागेर घाइते मगरको उपचारको लागि धरान लाँदै गर्दा बाटैमा ज्यान गएको स्थानीय मनकुमार मगरले बताए ।
करेन्ट लागेर घाइते बसन्तटार गाविस–१ ठाडा गाउँकी १६ वर्षिया सरु मगरको धरानमा उपचार भइरहेको छ ।
ट्रान्सर्फमर बिग्रिएपछि धेरै भोल्ट विद्युत प्रवाह हुँदा उक्त घटना भएको प्राबिधिकहरुले बताएका छन् । गाउँमा राखिएको ट्रान्सफर्मरले दुई सय ४० भोल्टमात्रै प्रवाह गर्नुपर्ने भएपनि त्योभन्दा धेरै विद्युत प्रवाह गर्दा करेन्ट लागेको बताइएको छ ।
धेरै विद्युत प्रवाह भएकै कारण सात घरमा मिटर बक्स पड्केर आगलागीसमेत भएको छ । स्थानीय बासिन्दाले घरमा लागेको आगो तत्कालै निभाएकाले धेरै क्षति हुन नपाएको स्थानीयले बताएका छन् । त्यस्तै ५६ घरको मिटर जलेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: