फाल्गुन २५ गते, २०७१ सोमवार 9th March, 2015 Mon०९:२५:२५ मा प्रकाशित
काठमाडाैं, कमल थापा नेतृत्वकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल आज औपचारिक रुपमा विभाजित हुँदै छ । असन्तुष्ट पक्षले आज सामानान्तर केन्द्रीय समिति घोषणा गर्दै छ ।
राप्रपा नेपालका संस्थापक पद्मसुन्दर लावती नेतृत्वमा सामानान्तर समिति गठन गर्न लागिएको हो । दिउँसो साढे १२ बजे काठमाडौंको कान्तिपथस्थित एक होटलमा पत्रकार सम्मेलन गरी समानान्तर केन्द्रीय समिति घोषणा गरिने नेता सगुनसुन्दर लावतीले जानकारी दिए ।
लावती पक्षले पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएको छ । असन्तुष्ट पक्षले ‘राप्रपा नेपाल सुदृढिकरण अभियान’को नाममा गतिविधि चलाउँदै आएको छ ।
समानान्तर समितिको सहअध्यक्षमा गणेश शेरचन, प्रथम उपाध्यक्षमा दिलविकास राजभण्डारी, द्वितिय उपाध्यक्षमा प्रल्हाद साह र तृतीय उपाध्यक्षमा सोनिय लाल चर्चा छ ।
यसैगरी, महामन्त्रीमा श्याम तिमल्सिना, बालकृष्ण न्यौपाने र रामु राईको चर्चा छ । समानान्तर केन्द्रीय समिति १ सय ५८ सदस्यीय हुने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: