Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

बाख्राको खोरमा थुनिएर राखिएकी किशाेरीको उद्धार

\"Rss_Images_1453817059765_GL-Ilam-Balika इलाम । इलाम नगरपालिका–२ स्थित थेबेचोक नजिकै रहेको गाउँबाट अपाङ्गता भएकी एक बालिकालाई खोरमा थुनेर राखिएको अवस्थामा उद्धार गरिएको छ । रातभरि चिच्याउने, रुने तथा कराउने गरेका कारण परिवारले उनलाई घरभन्दा केही माथि बाख्राको खोरमै सानो कोठा बारेर थुनेर राखेको अवस्थामा मङ्गलबार उद्धार गरिएको हो । स्थानीयवासी नरबहादुर लुम्रे ९मगर०ले आफ्नै छोरी धर्मकुमारीलाई खोरमा थुनेर राखिएको अवस्थामा मानवअधिकारकर्मी, अपाङ्गता क्षेत्रमा क्रियाशील सङ्घसंस्था, जिविस, सञ्चारकर्मी र प्रहरी प्रशासनको सहयोगमा खोरबाट उद्धार गरी उनलाई घरमा राख्ने वातावरण मिलाएको छ । जन्मदै मानसिक समस्या भएकी किशोरीलाई वर्षौंदेखि खोरमा थुनिएकाले उनका हातगोडा कुँजिएका र चल्न सक्दैनन् । “रातभर रोइकराइ गर्थी, खप्न नसकेर बाबुले नै खोरमा थुनेर जानुभएको हो”, उनकी कान्छी आमा खिमकुमारीले भनिन् । खोरमा थुनिएर बस्नुपर्दा उनको तौल पनि करिब २० देखि २५ किलोग्राम मात्र छ ।  १८ वर्षकी धर्मकुमारी बोल्न, हिँड्डुल गर्न र अन्य क्रियाकलाप गर्न सक्दिनन् । खानसमेत राम्रोगरी नसक्ने उनलाई परिवारले रातभर कराउने र चिच्याउने बहानामा खोरमा राख्ने गरेको पाइएको छ । दिनभर खोरबाट बाहिर निकालेर डोरीले बाँध्ने र साँझपरेपछि खोरमा थुन्ने गरिएको छ । स्थानीयवासीका अनुसार केही वर्षअघि सम्म राम्रोसँग हिँड्डुल गर्ने उनी अहिले परिवारकै कारण पूर्ण अशक्त बन्न पुगेकी हुन् । खोरमा सुतिरहने गरेकाले उनको शरीरभर घाउ छ । ती बालिकाका बाबु नरबहादुर वैदेशिक रोजगारीको सिलसिलामा कतार गएपछि बालिकाको स्याहारसुसारमा थप समस्या बनेको छिमेकी बताउँछन् । खोरमा थुनिएर राखिएको थाहा पाएपछि मानवअधिकार मञ्चको अनुगमन  टोली त्यहाँ पुग्दा बालिकालाई खुट्टा र कम्मरमा बाँधेर राखिएको अवस्थामा फेला पारेका थिए । त्यसपछि उक्त घटना राष्ट्रिय अपाङ्ग महासङ्घ जिल्ला च्याप्टरमा जानकारी गराई सबैको सहयोगमा उद्धार गरी घर पु¥याएको हो । बालिकाको उपचारका लागिसमेत अपाङ्ग महासङ्घलगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयले आर्थिक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । बालिकालाई तत्काल जिल्ला अस्पतालमा उपचार गराउने र जिल्लामा नभए अन्यत्र लैजानसमेत यहाँका सङ्घसंस्था तयार भएका छन् । एक वर्षअघि दानाबारीबाट समेत एक युवतीको उद्धार गरी उनलाई उपचारपछि घर फर्काएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending