Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

भारतसँग सम्बन्ध सुधार्न कि सन्धि पुनरावलोकन गर्न विज्ञ समूह !

\"India-Nepal\"काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक संविधानसभाबाट नयाँ संविधान जारी भएपछि नेपाल–भारतबीच दरार उत्पन्न भएको छ । नेपालको संविधानमा असन्तुष्टी जनाउँदै चार महिनाभन्दा बढी समयदेखि भारतले अघोषित रुपमै नाकाबन्दी गरिदिएपछि नेपाल–भारत सम्बन्धमा चिसोपना बढ्दै गएको हो । छिमेकी मुलुकहरु मध्ये भारतले नेपालसँग मात्रै सम्बन्ध विगारेको छैन । भारतको सम्बन्ध आफ्नो छिमेकी पाकिस्तानसँग नेपालको भन्दा पनि चिसो छ । पाकिस्तान–भारतबीचको चिसोपना पनि पछिल्लो समय सुधार्ने प्रयासहरु नभएका होइनन् । तर पाकिस्तान भारतसँग लाचार भएर सम्बन्ध गाँस्न चाहँदैन । तर नेपाल–भारतको सम्बन्ध भने भारत–पाकिस्तानभन्दा भिन्न छ । भारतले जहिले पनि नेपाललाई सबै कुरा आफ्नो निर्देशनमा चलोस् भन्ने चाहन्छ । तत्कालिन राजा त्रिभुवनको पालादेखि नै नेपाललाई आफ्नो पकडमा राख्न चाहने भारतले गणतन्त्र नेपाललाई पनि आफ्नै पकडमा राख्न चाहेको छ । जसको परिणाम स्वरुप आफूले भनेजस्तो नेपालको संविधान नभएको भन्दै चार महिनाभन्दा बढी समयदेखि नाकाबन्दी गरेर नेपाललाई गम्भीर संकटमा पारेको छ । भारतले देखाएको पछिल्लो रबैयाको सवत्र्र विरोध मात्रै भएको छैन, आम नेपाली जनताले भारतको विकल्प खोज्नुपर्ने सुझाव दिएका छन् । आम नेपाली जनताको सुझावको कुनै प्रवाह नगरी सरकारले भने भारतको विकल्प खोज्न नसकिने निश्कर्षमा भारतसँग नै सम्बन्ध गाँस्न भन्दै विज्ञ समूहको कार्यदल बनाएको छ । सरकारले नेपाल–भारत सम्बन्ध सुधार तथा विस्तारका लागि विज्ञ रहेको कार्यदल गठन गरेको छ । गत वर्ष नेपाल–भारत विदेशमन्त्रीस्तरीय बैठकमा दुई देशबीच भएको सहमतिअनुसार सम्बन्ध सुधार्न कार्यदल गठन गरिएको सरकारको भनाइ छ । भारतका पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वराजदूत भेषबहादुर थापाको संयोजकत्वमा गठन गरिएको चार सदस्य कार्यदलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्याय, पूर्वमन्त्री नीलाम्बर आचार्य र परराष्ट्र मामिलाका जानकार सांसद राजन भट्टराई सदस्य छन् । भारतका तर्फबाट पनि यस्तै कार्यदल गठन गरेपछि दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल हुने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले बताए । दुवै कार्यदलले संयुक्त रूपमा छलफल गरेर नेपाल–भारत सम्बन्धको विस्तार र सुधारका लागि आवश्यक सुझाव सरकारलाई दिने बताइएको छ । दुई वर्षका लागि भन्दै गठन गरिएको यो कार्यदलले भारतसँगको सम्बन्ध सुधारका लागि छलफल गर्ने जिम्मेवारी पाएको छ । तर प्रश्न उठ्छ, भारतसँग सम्बन्ध गाँस्नका लागि विज्ञ समूहको कार्यदल आवश्यक छ कि यसअघि भएका असमान सन्धि सम्झौताहरु पुनरावलोकनका लागि अध्ययन र छलफल गर्न कार्यदल आवश्यक छ ? परराष्ट्रविद्, सीमाविदहरुले मात्र होइन, राजनीतिक दलकै नेताहरुले पनि भारतसँग विगतमा भएका सन्धि सम्झौताहरु पुनरावलोकन गर्नुपर्ने बताउँदै आएका छन् । कतिपय असमान सन्धि सम्झौताहरु खारेज गर्नुपर्ने आवाज पनि उठिरहेको छ । त्यसैले यतिबेला भारतसँग सम्बन्ध सुधार गर्न कुनै कार्यदल होइन, भारतको विकल्प खोज्न कार्यदल बनाउनुपर्ने सुझाव नागरिकले दिइरहेछन् । बरु सरकारले भारतसँग सम्बन्ध सुधारका लागि विज्ञ समूहको कार्यदल बनाउनु भन्दा भारतसँग भएको असमान सन्धि सम्झौता र खारेजी तथा पुनरावलोकनका लागि अध्ययन र छलफल गर्न विज्ञ समूह बनाउन जरुरी छ । अन्यथा राष्ट्रवादको हुइया रटान ब्यर्थ हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies