Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी बेहुली नलिई रित्तै फर्केका थिए पृथ्वीनारायण शाह

\"Prithvinarayanshah-400\"ई.सं. १७३७ मा श्री ५ पृथ्वीनारायण शाहको उमेर १४ वर्षको भएपछि यिनको विवाहको समस्या आइप¥यो । उनताका राजकुमारलाई विवाहयोग्य भएका डोलाहरुका सन्देश गोर्खामा आइरहेका थिए । तर मामूली रजौटीकी छोरी डोला ल्याएर विवाह गर्न चन्द्रप्रभा र कौशल्यासमेत राजी थिएनन् । यस समय राजा माणिक्य सेनका जेठा छोरा हेमकर्ण सेनले मकवानपुरको ठकुराइको पगरी पहिरिरहेका थिए । ठकुराइमा तलहट्टीको धनहर जमीन ज्यादा हुनाले भूमिकरबाट आय प्रशस्त थियो । भावरका र भावरबाहिरका जंगलबाट हात्ती प्रशस्त हुने हुनाले र यस समयमा जंगल ज्यादा हुनाले लकडी विक्रि नहुने हुँदा हेमकर्ण सेन काठमाडौं उपत्यकाका मल्लराजाहरुलाई हात्तीखेदा गराई उम्दाउम्दा हात्तीहरु आफ्ना हात्तीसारमा राखी अरु हात्ती मुगलानियाँ धनाढ्यहरुलाई विक्रि गर्दथे । मुगलबादशाहलाई सादिन्दा १४ हात अग्लो हात्ती नगरानाका रुपमा दिनुपर्दथ्यो । तर त्यति अग्लो हात्ती दिन नसक्ने भएकाले मकवानी राजाहरुले हात्तीको सट्टा १०÷१२ हजार रुपैयाँ पटनामा रहका मुगलहाकिमहरुलाई प्रतिवर्ष दिएर सन्तुष्ट गराउने गरेका थिए । मुगलहरु भावरभित्र आफ्नो अधिकार देखाउँदैन थे । तर तलहट्टीमा आफ्नो अधिपत्य देखाएर पटनामा रहेका मुगलहाकिमहरु सकेसम्म बढी रकम लिएर राजालाई निर्धन गराइराख्दथे । यी हेमकर्ण सेनकी सुन्दरी कन्या इन्द्रकुमारीको उमेर १२ वर्षजति मात्र भएको थियो तापनि चाँडै नै कन्यादान पुन्य दिने इच्छा गरेकाले हेमकर्ण सेनले विवाहको चर्चा चलाईरहेको थिए । मुगलानपट्टी छोरी विवाह गरिदिँदा तिलकका महंगीले कन्याका पितालाई दिक्क गराउँथ्यो । यस कारणले यिनी तिलकको सट्टा दाइजो दिने गरी पहाडका चौबीसी राजाहरुका कुमारहरुसँग बेलैमा आफ्नी छोरीको विवाह गरिदिन चाहन्थे । सम्भवतः देवघाटको मेला भर्न आएका मौकामा हेकर्ण सेनले श्री ५ पृथ्वीनारायण शाहलाई देखेका थिए । त्यसको समयमा उनको रुपरंग र चतुर स्वभाव देखेर यिनी प्रभावित भएका थिए । यिनले आफ्नी कन्याअनुरुप कुमार श्री ५ पृथ्वीनारायण शाहलाई ठानेर विवाह सम्बन्ध जुटाउने लमीको माध्यमबाट आफ्नी छोरीको विवाह श्री ५ पृथ्वीनारायण शाहसँग गर्ने प्रस्ताव गोर्खामा रानी चन्द्रप्रभा छेउ पठाए । यस विषयमा चन्द्रप्रभा, कौशल्य, श्री ५ पृथ्वीनारायण शाह र भारादारहरुको छलफल हुँदा मकवानीसँग विवाहसम्बन्ध स्थापना भएमा गोर्खालीको राजनैतिक उद्देश्य पुर्ति गर्ने काममासमेत सहयोग मिल्ने देखेर यो सम्बन्ध स्थापना गर्ने निधो भयो र स्वीकृतका निमित्त मकवानपुरमा गएका कन्यार्थी पुरोहित र राजदबारका धाइहरुले डोलामैयाँको रुपरंग, शीलस्वभाव जाँचे र सन्तोष प्रकट गरे । फलतः श्री ५ पृथ्वीनारायण शाहको विवाहको निधो भयो । तर विवाहका निमित्त आफ्नी छोरी मैंयालाई डोलाका रुपमा गोर्खा नपठाएर हेमकर्ण सेनले श्री ५ युवराज धिराज पृथ्वीनारायण शाह नै कमवानपुरमा बरियाँतसहित आएर विवाह गर्ने निमन्त्रणा पठाए । विवाह गर्न भनेर आफ्नो पुरोहित, ज्योतिषी, भैयाद, खजाञ्जी र भारदारका जमातको बरियाँतका साथ फगुन महिनामा श्री ५ पृथ्वीनारायण शाहले मकवानपुरमा गई निश्चित तिथिका खुशीराजीका साथ शुभविवाहको कार्य सम्पन्न गरे (ई.सं. फेब्रुअरी १७३८) । विवाह भएपछि दुलही लिएर जाने कुरा उठ्दा मेरी छोरी सानी हुनाले तेस्रो वर्षमा आएर द्धिरागमन(गौना) गरेर लैजानुहोला भनी हेमकर्ण सेनले भन्दा श्री ५ पृथ्वीनारायण शाह र जन्त भएर गएका पुरोहित, भैयाद, र भारादार आदि अकमक्क परे । नयाँ ससुरालीलाई चिढ्याउन श्री ५ पृथ्वीनारायण शाहले चाहेनन् र द्धिरागमनमा डोला पठाउने मकवानीको चलन पनि हुनाले उनी बिदावारी भई फर्केर गोर्खामा आए । (स्रोत : पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी / बाबुराम आचार्य)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies