उनको श्रीमान गेट भित्र पस्न खोज्दै थियो, अचानक सुरक्षा गार्डले लत्रिराखेको डोरी तान्दै निकै कडा स्वरमा हप्काएर पल्लोबाटोबाट जाउ भन्यो ।गाउँबाट आएका ती दम्पतिले गाडी छिर्ने गेट र मान्छे छिर्ने गेट ठम्याउन सकेनन् । सुरक्षा गार्डले मात्रै मुखले बोलेर पल्लो बाटो जानुस् भन्न सक्थ्यो, त्यो पनि भनेन । अल्झिसकेपछि पनि राम्रोसँग बोल्न सक्थ्यो त्यो पनि बोलेन । उनको श्रीमान कालोनिलो मुख लगाएर आफ्नो श्रीमतीलाई डो¥याएर बाटो लागे । ती दम्पतीले निर्दोष चहेरा देखाएर फर्केर हेरे सुरक्षा गार्डलाई । गार्डले उल्टै ‘पाखेहरु’ पो भनिदिए । उनीहरु अमिलो मन बनाउँदै गेटभित्र पसे । मलाई ती दम्पतको पिछा गर्न मन लाग्यो । गएँ उनीहरुको पछिपछि । उनीहरुले औषधि बिक्री कक्षमा गएर केही सोधे । एकछिनसम्म भित्रबाट जवाफ आएन । केहीबेरपछि भित्रबाट टर्रो स्वरमा जवाफ पाए । ती दम्पती फेरि अरुलाई सोध्दै सोध्दै ओपीडीको नयाँ बिल्डिङतिर गए । प्रसुति गृहका लागि सञ्चालनमा आएको नयाँ विल्डिङमूनि मानिसहरु लाइन लागेर बसेका थिए । महिलाहरु खचाखच कोचिएका थिए । कुनै व्यवस्थित आइन थिएन । सुरक्षा गार्डले गोठालाले गाई–वस्तु धपाए जसरी उपचार गर्न आएकाहरुलाई कराईरहेको सुनियो । गर्भवती महिलाहरु सकीनसकी लाइनमा बसेका थिए ।
मलाई ती दम्पतको पिछा गर्न मन लाग्यो । गएँ उनीहरुको पछिपछि । उनीहरुले औषधि बिक्री कक्षमा गएर केही सोधे । एकछिनसम्म भित्रबाट जवाफ आएन ।भूँइमा जताजतै थुक, सिंगान र खकारै खकार । एकछिनमा धुलोको मूस्लो आयो पुरानो भवनतिरबाट । बिरामीहरु, बिरामीका आफन्तहरु, गर्भवती महिलाहरु, सानासाना शिशुहरु बोकेका आमाहरु, खोक्दै, हाँच्छ्यू गर्दै वरपर भाग्न थाले । बढार्नेलाई केही मतलब थिएन । लाइन बसेको करीब एक घन्टामा ति दम्पतिले टिकट काटे । तर अब जाने कहाँ ? दुबैजना अलमलमा परे । करीव ६ फिटको सुरक्षा गार्ड (हेर्दा लाग्थ्यो यिनी कुनै क्यासिनोमा बाउन्सर हुन्) लाई श्रीमानले गएर सोधे । दुई तलामाथि भनेर देखाइदिए । अर्रो भएर हिड्न नसक्ने श्रीमतीसँगै उ पनि गेट भित्र छिर्नमात्रै के खोजेको थियो, सुरक्षा गार्डले धकेलेर पर हुत्याईदियो । ‘केटाहरु जान मिल्दैन भन्ने थाहा छैन ? किनै कडा स्वरमा उनले जवाफ दिए । ती श्रीमानले केहीपनि भन्न सकेनन् । श्रीमती हातमा पुर्जा बोकेर श्रीमानलाई पुलुपुलु हेर्दै बिस्तारै भ¥याङ उक्लन थालिन् ।
श्रीमती हातमा पुर्जा बोकेर श्रीमानलाई पुलुपुलु हेर्दै बिस्तारै भ¥याङ उक्लन थालिन् ।दाई तपाईको घर कहाँ हो नी ? भूइँतलाको सिमेन्टीको ब्लगमाथि टुक्रुक्क बसेर टोलाइरहेका ब्यक्तिलाई मैले सोधेँ । उनले थोरै झस्केर मतिर पुलुक्क हेर्दै भने,‘रामेछाप ।’ के भएको हो खास तपाईको श्रीमतीलाई ? मैले थप प्रश्न गरेँ । खै भाइ, पेट फूलेको छ । ढाँट कम्बर धेरै दुख्छ रे । महिनावारी नभएको बेला पनि रगत बगिरहन्छ । के भाको के भाको ? उनको अनुहारमा उदासी मडारिन थाल्यो । मैले बिस्तारै थप कुराहरु सोधेँ । उनको घर रामेछाप लखनपुर रहेछ । चमारसिंह घिसिङ उसको नाम । तल्लोपेट सहनै नसक्नेगरि दुख्न थालेपछि अघिल्लो दिन भक्तपुर आफन्तकोमा आएका रहेछन् । सस्तोमा उपचार हुने थाहा पाएर आएका रहेछन् यहाँ । भूकम्पले भत्काएकिएको घर, ८० नाघेकी बुढी आमा, विवाह भएको ५ वर्ष हुँदासमेत बच्चाबच्ची नभएको, उनी आफू भक्तपुर जगातितिर इँटाभट्टामा काम गर्ने गरेको, श्रीमती गाउँमै खेतीपाती , इत्यादी कुराहरु थाहाँ पाएँ मैले । हामीले कुरा गरि सक्दा करिव डेढ घन्टा बितिसकेको थियो । त्यो डेढ घन्टा उनले धेरै पटक गेटतिर हेरे ।
श्रीमतीको अनुहार अझै भावसून्य देखिन्थ्यो । रुँन रुँन लाग्या जस्तो देखिन्थ्यो अनुहार। श्रीमानको छेउमा आएर उनले टिलपिल आँशु पारिन् ।बल्लबल्ल गेटमा आईपुगिन् उनकी श्रीमती । श्रीमतीको अनुहार अझै भावसून्य देखिन्थ्यो । रुँन रुँन लाग्या जस्तो देखिन्थ्यो अनुहार। श्रीमानको छेउमा आएर उनले टिलपिल आँशु पारिन् । ‘तिल ताजी ? तिला बिजी डाक्टारसे ? (के भयो ? के भन्यो डाक्टरले ?) श्रीमानले सोधे । उनले भक्कानिदै भनिन्, ‘ङादाम क्रिङ्जी ? हप्की दप्की लाजी, पाठेघर तेसी ब्याङ्गो बिजी ? (मलाई त करायो, हकार पकार पा¥यो । पाठेघर निकालेर फ्याँकी दिउँ ? भन्यो ।) अहिलेसम्म कुनै सन्तान नभएका ति दम्पती एकछिन स्तब्ध भए । श्रीमानले केही सान्त्वना दिए जसरी केही बोल्यो । अलि परको सिमेन्टीको ब्लगमा श्रीमतीलाई राखेर उनी बिल काट्न लाईनमा गए । भित्रबाट महिलाको च्याँट्ठिएको आवाज आयो । ‘बिल खै बिल ? बिल दिनुस् न बिल, यो पुर्जा होइन ? उनी अलमलमा परे । दौडिदै आएर श्रीमतिको हातबाट बिल लिएर अघिको ठाउँमा गए । त्यो ठाउँमा अर्कै मान्छेले बिल काट्दै थियो । झन् पछि झ्न पछि धकेलिदै ऊ ५ जनाभन्दा पछाडि आइपुग्यो । ५ जनापछि उसले बिल काट्यो । बिल दिएर फेरि पठायो श्रीमतीलाई दुई तलामाथि । उ केही बोल्न सकिरहेको थिएन । आँखामा गहिरो पीडा देखिन्थ्यो । केही समयपछि उनकी उसकी श्रीमती औषधिको बिल लिएर आइन् । उदासी उस्तै थियो । श्रीमानलाई बिस्तारै भनि ‘आर्कु आईतबार हाउ रो’ (अर्को आइतबार आउनु रे ।) उनीहरु औषधि बिक्रि कक्षमा गएर केही औषधि लिए । कति बेला खाने भन्ने बुझ्न सकेनन् । फेरि एक पटक सोधे । उताबाट त्यस्तै झर्केर आवाज आयो । औषधि खाने समय नबुझेपनि बुझेझैं गरेर उनीहरु विस्तारै बाहिर निस्किए । मपनि पछि पछि आएको देखेर उसले मलाई सोधे, आनि भाई तपाईको काम भयो त ? मैले भयो भन्ने संकेत दिएँ । बिरामी श्रीमति डो¥याएर गेटबाट बाहिर निस्कँदै गर्दा उनले भने मलाई, ‘‘भाई मलाई त यो अस्पताल जिउँदो किचकन्नेहरु बस्ने ठाउँ जस्तो लाग्यो । हामी गरीव मान्छेको लागि यो अस्पताल पनि होइना र’छ । आ’बो नआउने यहाँ । निधारमा जस्तो लेखेको त्यस्तै भोगौंला।”
उनले भने मलाई, ‘‘भाई मलाई त यो अस्पताल जिउँदो किचकन्नेहरु बस्ने ठाउँ जस्तो लाग्यो । हामी गरीव मान्छेको लागि यो अस्पताल पनि होइना र’छ ।म केही बोल्न सकिन । ति दम्पती सुस्तरी सुस्तरी थापाथली चौकतिर गए । म मनमा केही अप्ठ्यारा प्रश्नहरु बोकेर बबरमहलतिर सोझिएँ । समाचारमा पढेको छु मैले । नेपालमा पाठेघरको मुखको क्यान्सर भएर मृत्यु हुने महिलाको संख्या उच्च छ । हरेक वर्ष महिलाहरु पाठेघरको क्यान्सरले अकालमा ज्यान गुमाउँछन् । र यो पनि सुनेको छु, पाठेघरमा हुन लागेको संक्रमण २ मिनेट मै पेपस्मेयर गरेपछि पत्ता लाग्छ । अधिकांश विवाहित महिलाहरुले वर्षको एकपटक पेपस्मेयर गरे यो भयानक रोगबाट बच्न सकिन्छ । अज्ञानताका कारण धेरै आमा दिदीहरु अकालमै ज्यान गुमाउन विवस छन् । ती रामेछापमा दम्पती त्यो अज्ञानतालाई चिर्दै अस्पतालसम्म आइपुग्दासमेत सही परामर्श लिन पाएनन् । उनले भनेको लक्षणहरु हेर्दा अनुमान गर्न सकिन्छ की उनलाई त्यही रोगले संक्रमण गरिरहेको छ । अव ती जोडी फर्केर आउने छैन यो अस्पताल ।
मानवीय सम्वेदनाहीन सेतो कोटधारी किचकन्याहरुलाई कसले हो सभ्यता सिकाउने ?कुरियागाउँको माथिल्लो गल्लि हिड्दा मनमा आइरह्यो अनेक प्रश्न । यो वर्गको कथा व्यथा सुनिदिने को हो ? कहाँ गएर भन्ने यो कथा ? मानवीय सम्वेदनाहीन सेतो कोटधारी किचकन्याहरुलाई कसले हो सभ्यता सिकाउने ? घाँटीमा स्टेटथेस्कोप भिरेर बिरामीको जाँच गर्न बसेका हुन् की बिरामीलाई अकालमै फाँसीमा लड्काउँन ? एउटी गरीव महिलाको पाठेघर के डाक्टरको घरमा पुछ्ने थाङ्ना हो ?
घरबारी बन्धकी राखेर विरामी जाँच्न आएका मानिसलाई पैसा लिएर आएको मुर्गा ठान्ने यो चलन अन्त्य कहिले हुने ?साँच्चै नेपाल गणतान्त्रिक मुलुक हो भने, नेपालका डाक्टरहरुलाई नैतिक शिक्षा उतीर्ण गराएर बिरामी जाँज गराउनु पर्नेकी नपर्ने ? डाक्टरी पेशा पैसा मात्रै कुम्ल्याउने पेशा हो की सेवा गर्ने पनि पेशा हो ? आफ्नो निजी क्लिनिकमा विरामीहरु ठग्न छाडेर डक्टरहरु मनमा मानवीय कल्याणको भावना बोकेर सेवा गर्नुपर्ने की नपर्ने ? घरबारी बन्धकी राखेर विरामी जाँच्न आएका मानिसलाई पैसा लिएर आएको मुर्गा ठान्ने यो चलन अन्त्य कहिले हुने ? स्वास्थ जस्तो क्षेत्रमा बिरामीलाई जुकालेझैं सिरिन्चले घोँचेर रगत पिउने डाक्टरहरुलाई अभिलम्ब कारवाही हुनेकी की नहुने ? यदि यस्तै भइरहने हो भने चाहिएन खोक्रो गणतन्त्र, चाहिएन नयाँ संविधान ?
प्रतिकृया लेख्नुहोस्: