Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

तरकारीमा नुन कसरी प्रयोग गर्नुहुन्छ ? यस्तो छ चिकित्सकको सुझाव

\"nun\"काठमाडौँ । खाना पाकेपछि मात्र नुन हाल्न र दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्न चिकित्सकले आग्रह गरेका छन् । खाना पकाउँदा पकाउँदै नुन हाल्दा आयोडिनको मात्रा नष्ट हुने हुँदा खानापाकेपछि र खाना खानुअघि मात्र आवश्यक मात्राको नुन प्रयोग गर्न उनीहरुले सल्लाह दिएका छन् । स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाद्वारा नुनको महत्वबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकारसम्मेलनमा ढिके तथा खुला नुनको प्रयोग नगर्न सबैसँग आग्रहसमेत गरिएको थियो । ढिके तथा खुला नुनमा आयोडिन केही मात्रामा हुने भए पनि खुला रुपमा राख्दा उडेर जाने हुँदा यस्तो प्रयोग गर्नु हुँदैन । दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्नेको संख्या ८० प्रतिशत रहेको छ । यस्तो चिह्न भएको नुनमा स्वास्थ्य मन्त्रालयको आग्रहमा साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको उत्पादन तहमै आयोडिन राख्दैआएको छ । सुदूर पश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चल तथा हिमाली क्षेत्रमा ढिके तथा खुला नुनको प्रयोग गर्ने प्रचलन रहिआएको छ । मानव शरीरलाई नभई नहुने सूक्ष्म पोषक तत्वका रुपमा आयोडिनलाई लिइन्छ । बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले मानसिक तथा शारीरिक विकासका लागि अयोडिनयुक्त नुन आवश्यक पर्ने बताए । उनले भने,‘गर्भवती महिलाले दैनिक रुपमा अयोडिनको सही मात्राको प्रयोग गर्नाले गर्भ तुहिने, मरेको बच्चा जन्मने तथा अन्य समस्या आउँदैन ।” महाशाखाका पोषण विज्ञ गिरीराज सुवेदीका अनुसार नेपालको भौगालिक अवस्थाका कारण यहाँका माटो र पानीमा आयोडिनको अभाव भएकाले खानामा आयोडिन मिसाएको नुन प्रयोग गर्न आवश्यक छ । चिकित्सकले पशुपक्षी, मासु प्रयोग गर्नेलाई पनि यस्तो नुन खुवाउन सल्लाह दिएका छन् । दूध दिने गाई, भँैसीलाई आयोडिन नुन खुवाउँदा दूधको मात्रा बढ्ने कार्यक्रममा जानकारी दिइयो । यसैबीच, मन्त्रालयले फेब्रुअरी ९माघ÷फागुन० महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । आयोडिनको कमीबाट आइपर्ने स्वास्थ्यसम्बन्धी समस्याका बारेमा जानकारी दिन र आयोडिन नुनको महत्वबारे सुसूचित गर्न आयोडिन महिना मनाउन लागिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले आयोडिन महत्वबारे समुदाय स्तरमा जनचेतना जगाउन आवश्यक भएको बताए । विश्व स्वास्थ्य सङ्गठन, राष्ट्र सङ्घीय बालकोषको आग्रहमा मन्त्रालयले सन् २००० देखि फेब्रुअरी महिनालाई आयोडिन नुन महिनाका रुपमा मनाउँदै आएको छ । । महिनाभर विशेषगरी दुई बालबालिका चिह्न अङ्कित नुनको उपभोग गर्न समुदायलाई उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy