Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जीवन सफल बनाउने १० महत्वपूर्ण सूत्र

\"build-success-from-scratch-750\" सफलता हरेक मानिस चाहान्छन् । सफल र सार्थक कुन चाँही हो भन्नेकुरा संसारलाई हेर्ने आ–आफ्नो दृष्टिकोणमा भरपर्छ । तर मानिस जसरी हुन्छ सफल हुन चाहान्छन् । दैनिक जीवन व्यवहारका साधारण कुराहरुले नै मानिसलाई सफल र असफल बनाउँछ । हामीले सोच्दै नसोचको साधारण कुराहरुनै सफलताको कुल योग हो । त्यसैले सफल हुनका लागि निम्न १० कुराहरुमा ध्यान दिनुहोस् ः १. सानो होस् वा ठूलो यति तपाईलाई त्यो काम ठिक लाग्छ भने निरन्तर गरिरहनुहोस् । निरन्तरताको अथक लगनबिना सफलता हात लाग्दैन । २. एउटा विश्व प्रसिद्ध भनाई छ, ‘हरेक सफल मानिस कुनै फरक काम गरेर सफल भएका हुँदैनन् । उनीहरु रहेक काम फरक ढंगले गर्छन् । त्यसैले कुनैकाममा तपाई हुनुहुन्छ भने अरुले नगरेको नयाँ तरिकाले गर्नेतिर सोच्न थाल्नुहोस् । सफलता तपाईको हात लाग्नेछ । ३. कुनै काम गर्ने छाड्ने गर्नु हुन्छ भने सावधान रहनुस् तपाईले प्राप्त गर्ने अन्तिममा चरम निराशामात्रै हो । त्यसकारण दिगो भएर कुनै काम गर्नुहोस् । धेरै बहकिने, लहडमा हिड्ने नगर्नुहोस् । ४. हामी प्राय दिनभर काम गरेपछि बेलुकी कि त सुत्छौं कि मदिरापानमा डुब्न थाल्छौं । तर तपाईले दिनभरि गर्नु भएको कामको समिक्षा बेलुकी सुत्नुभन्दा अघि एकैछिन गम्भिर भएर गर्ने र भोलीका लागि केही नयाँ सोंच निकालेर अघि बढ्ने गर्नुभयो भने सफलता तपाई भन्दा धेरै टाढा नहुनसक्छ । ५. आत्मबल मानिसको सबैभन्दा ठूलो सम्पति हो । आत्मबल कमजोर भएको मानिसले जीवनमा केहीपनि गर्न सक्दैन । आत्मबल नै यस्तो तागत हो जसले तपाईलाई उन्नतिको शिखरमा पु¥याइदिन सक्छ । त्यसैले आत्मबल कमजोर कहिल्यै नबनाउँनुहोस् । \"success-750\" ६. निरन्तर चिन्तन गनुृहोस् । हामी सबैको बानी चिन्तन गर्ने भन्दा चिन्ता गर्नेतिर बढि हुन्छ । भनिन्छ मानिसलाई चिन्ताले चितामा पु¥याउछ र चिन्तनले सफलताको शिखरमा पु¥याउँछ । चिन्तन बिनाको मानिस समाजमा फोस्रो व्यक्तिका रुपमा सिमित हुन्छ । ७. सहयोगी बन्नुहोस् । मानिस पुन्य कमाउनका लागि धाम जान्छन् । मन्दिरमा गएर पुजा अजर्ना गर्छन् । तर त्यही मन्दिरको बाहिर हात फिँजाईरहेका असहाय व्यक्तिहरुलाई कुल्चेर हिड्छन् । त्यसले तपाईको मनमा मानवीय दुःखलाई हेरेर साथ दिने भन्दा अलौकिक वस्तुप्रतिको मोह देखाउँछ । यसले तपाईलाई खोक्रो व्यक्ति बनाउछ । त्यसकारण सहयोगी भावना सदा मनमा लिनुहोस् । ८. अनुशासित हुनुहोस् । मानिसहरु अनुशासनलाई व्यवास्था गर्छन् । तर अनुशासन नै त्यस्तो हतियार हो जसले तपाईलाई सभ्य नागरिकको दर्जा त दिन्छ नै साथमा उ स्वयम् पनि सफलताको शिखर तर्फ अघि बढिरहेको हुन्छ । \"shutterstock_150064880-750\" ९. सपना देख्न नछाड्नुहोस् । मानिसले जुन दिन सपना देख्न छाड्न त्यसदिन देखि उ जिउँदो भएपछि मरेतुल्य हुन्छ । बिष पिलाएर मृत्युदण्ड दिने घोषणा भइसकेको थियो । तर शुकरात भने किताब पढ्दै थिए । मृत्युदण्डका लागि लैजान खोज्दा एक पाना त पढुँ भन्थे । उनी महान दार्शनिक मने । यसरी सपनाको मृत्यु दुनियाँमा सबैभन्दा खतरनाक हो । १०. समाजको सही विचारधारा अग्लाल्नुहोस् । संसारलाई हेर्ने विभिन्न दृष्टिकोणहरु हुन्छन् । त्यसमध्ये बहुसंख्यक मानिसको हित हुने विचारलाई अंगाल्नुहोस् । सत्यताको नजिक रहेको बिचार अंगाल्नु भयो भने तपाईको जीवन अध्यारोबाट उज्यालो तर्फ अघि बढ्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: