Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भूकम्प र नाकाबन्दीपछि हनुमानढोकामा पर्यटक आगमनमा कमी

काठमाडौं । राजधानीको मुख्य पर्यटकीय स्थल हनुमान ढोका दरबार क्षेत्रमा भूकम्प र नाकाबन्दीपछि पर्यटक आगमनमा कमी आएकोे छ । गत वैशाखमा गएको विनाशकारी भूकम्प र असोज महिनाको जारी नाकाबन्दीले गर्दा अहिले दरबार क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्या दैनिक ३०० ले घटेको छ ।\"images\" हनुमानढोका दरबार संरक्षण कार्यक्रममा प्रमुख नरेन्द्र विलास बज्राचार्यका अनुसार पछिल्लो समय पर्यटकको सङ्ख्या तुलनात्मक रुपमा वृद्धि भए पनि विगत वर्षको तुलनामा ठूलो कमी आएको छ । यसले गर्दा दरबार क्षेत्रले ठूलो आम्दानीसमेत गुमाउन परिरहेको छ । बज्राचार्यका अनुसार नेपालमा फेरि पनि ठूलो भूकम्प आउँछ भन्ने हल्लाले पनि आउने तयारीमा रहेका कतिपय पर्यटक आउन चाहेका छैनन् । हाल दैनिक सरदर २०० जना पर्यटकले मात्रै हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गर्ने गरेका छन् । उनीहरुबाट प्रवेश शुल्क बापत दैनिक रु दुई लाख मात्र आम्दानी हुन्छ । गत आवको यही अवधिमा दैनिक ५०० पर्यटक आएका थिए । गत आवमा दुई लाख चार हजार ८९३ जना दरबार क्षेत्रमा आएका थिए । उनीहरुबाट रु १५ करोड ७० लाख तीन हजार उठेको थियो । यस आवको सुरुदेखि अहिलेसम्म रु तीन करोड १६ लाख ६२ हजार मात्र उठ्न सकेको छ । हनुमान ढोकाको अवलोकनका लागि सार्क राष्ट्रका पाहुनाका लागि रु १५० र अन्य देशका नागरिकका लागि रु एक हजार निर्धारण गरिएको छ । त्यसैगरी, पाटन सङ्ग्रहालयका सूचना अधिकृत सुरेशमान लाखेका अनुसार गत आवको यस अवधिमा पाटन सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटक दैनिक १०० हुने गर्थे । अहिले दैनिक ४० जना मात्र पर्यटक आउने गरेका छन् । गत आवमा सङ्ग्रहालयले रु ५८ लाख ६३ हजार आम्दानी गरेको थियो । यस वर्ष आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा कमी आएकाले आम्दानी घट्ने निश्चित छ । पाटन सङ्ग्रहालय प्रवेश गर्न नेपालीको लागि रु ३०, सार्क राष्ट्रको नागरिकका लागि रु २५० र अन्य मुलुकको पर्यटकका लागि रु ४०० निर्धारण गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending