Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

देउवासँग अत्तालिए कोइराला !

\"koirala-deuba\"काठमाडौं । गाउँदेखि केन्द्रसम्मै नेता शेरबहादुर देउवाको पक्षमा माहोल बनेपछि सभापति सुशील कोइराला अत्तालिएका छन् । गिरिजाप्रसाददेखि सुशीलसम्म आइपुग्दा कोइराला परिवारको राजनीतिक विरासतलाई तोड्ने प्रयास गर्दै आएका नेता देउवाले १३ औं महाधिवेशनमा फेरि कडा टक्कर दिने तयारी गरेपछि सभापति कोइराला अत्तालिएका छन् । पाँच वर्षसम्म पार्टी संचालनमा देखिएको सुस्तता र लाचारीको फाइदा उठाउँदै देउवाले कांग्रेसलाई दीर्घजीवन दिन एकपटक जसरी पनि आफूलाई जिताउन गरेको प्रयासले सार्थक रुप पाउने भएपछि कोइराला अत्तालिएका हुन् । संस्थापनमै देखिएको असन्तुष्टीलाई साम्य पार्न कोइरालाले पदाधिकारी थप गर्ने तयारी गरेका छन् । एक उपसभापतिबाट तीन उपसभापति पुर्याउने र केन्द्रीय समिति ८५ बाट बढाएर ९७ पुर्याउने प्रयास कोइरालाले गरेका छन् । विधान संसोधन समितिमा आफ्नो वर्चस्व रहेपछि नेताहरुलाई व्यवस्थापन गर्दै फेरि महाधिवेशनमा आफू हावी हुन कोइरालाले यस्तो शैली अपनाएका हुन् । ‘पहिलेकै पदाधिकारी र केन्द्रीय सदस्यले काम पाएका छैनन् तर, फेरि यस्तो सुस्तताकोबीच पदाधिकारी र केन्द्रीय सदस्य थप्नु उचित होइन’ देउवा निकट एक केन्द्रीय सदस्यको टिप्पणी छ, ‘हाम्रो पक्षमा देशव्यापी माहोल देखिएपछि संस्थापन पद थपेर नेतालाई खुशी बनाउदै हावी हुन थालेको छ । हामीले जित्ने भएपछि अत्तालिएर यसो गर्न लागिएको हो ।’ २५ माघमा जिल्ला अधिवेशन सकिएपछि आगामी फागुन २० देखि २३ सम्म काठमाडौंमा कांग्रेसको १३ औं महाधिवेशन हुँदैछ । २५ माघमा जिल्ला अधिवेशन सकिएसिछ कोइरालाले पद थपको प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने तयारी गरेका छन् । ‘संविधान अनुसार समावेशी कोटा बढाउनुपर्ने भएको छ, साथै, पार्टी विस्तार पनि हुदै आएको छ यसकारण पद बढाउनुको विकल्प छैन’ कोइराला निकट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना भन्छन्, ‘तीन उपसभापतिसहित केन्द्रीय कार्यसमिति अब ९७ सदस्यीय बनाउने तयारी छ ।’ तल्लो तहका गाउँ र नगरमा कांग्रेसको अधिवेशन लगभग भइसकेको छ । यस्तोमा देउवाले संस्थापनकै हाराहारीमा प्रतिनिधि आफ्नो पक्षमा क्षेत्रीय अधिवेशनका लागि तयार गरेका छन् । अधिकांश गाउँ र नगरमा देउवा पक्षले संस्थापनलाई निक्कै कडा चुनौति दिएको प्रारम्भिक समाचार आइरहेका छन् । यस्तो अवस्थामा २२ माघमा हुने क्षेत्रीय अधिवेशनबाट महाविधेशन प्रतिनिधिको टुंगो लाग्ने भएपछि कांग्रेसमा आफ्नो पक्षमा माहोल बनाउने तीव्रता बढेको हो । २५ माघमा जिल्ला अधिवेशन भएपछि आगामी २० फागुनदेखि २३ फागुनसम्म कांग्रेसको १३ औं महाधिवेशन हुँदैछ । भातृ संस्थामा पकड, जिल्ला सभापतिमा पकड, संसदीय दलमा ४६ प्रतिशत आफू पक्षधरताको फाइदा यसपटक देउवालाई छ । साथै, कोइरालाको काम गर्ने सुस्त शैलीलाई पनि देउवाले यसपटक हतियार बनाउदै आएका छन् । एक पटक आफूलाई अवसर दिए कांग्रेसलाई दीर्घजीवन दिने देउवा घोषणालाई यसटक धेरैले रुचाएका छन् । त्यस्तै, संस्थापनकै उपसभापति रामचन्द्र पौडेलले पनि यसपटक सभापतिमा उम्मेदवारी दिने तयारीलाई तीव्रता दिएपछि कोइराला थप अत्तालिएका छन् । आफूसँग असन्तुष्ट भई अन्ततः सभापतिमा पौडेलले देउवालाई सहयोग गरे कोइराला स्वतः पराजित हुनेछन् । यसकारण पनि कोइराला दबाब र तनावमा छन् । आफ्नो पक्षका धेरै नेतालाई व्यवस्थापन गर्नुपर्ने भएकोले पनि कोइराला दबाबमा छन् । तर, नेता व्यस्थापनको नाममा पदाधिकारी र सदस्य थप्न नदिने देउवा पक्षको रणनीतिपछि कांग्रेसमा यसपटक रोचक भिडन्त हुने देखिएको छ । आफू निकटका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी,  चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, श्याम घिमिरेसहितका नेताले साथ छोड्दै देउवातिर लागेपछि पनि   कोइराला तनावमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending