Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

जोगवनी नाकामा अर्को ज्यादति : भारतीयद्धारा कुटिए नेपाली चालक

\"3-DSC_0650-750\" विराटनगर । पूर्वि नेपालको सिमावर्ती क्षेत्र जोगवनी बजारमा मंगलबार राति एक नेपाली चालक भारतीय पक्षबाट कुटिएका छन् । उनी कुटिनुको विषय अरु केही नभएर बाटो भुल्नुमात्र रहेको छ । भन्सार कार्यालयमा सामान लोड गर्न ट्रक लिएर जाँदा बाटो भुलेर चालक जोगवनीमा पुगेका थिए । उनी माथि कुटपिट भारतीय प्रहरीकै आडमा भएको हो । कुटपिटपछि चालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर रातभर बन्दी बनाएर राखेको थियो । जथाभावी कुटपिट हुन थालेपछि उनी भागेर नेपालतर्फ फर्कन लागेका थिए । तर भारतीय प्रहरीले घेरा हालि पक्राउ गरेर उनलाई रातभर जोगवनी थानामा राखेका हुन् । ना ५ ख ८६४७ नम्बरको ट्रकका चालक रसुवा जिल्ला स्थित बैलुङ ५ घर भएका २२ वर्षीय मनोज तामाङ हुन् । प्रहरीले बताए अनुसार उनी बाटो भुलेर भन्सार कार्यालयको एक नम्बर ढाट हुँदै जोगवनी प्रवेश गरेका थिए । कुटपिटको विषय भने सामान्य रहेको नेपाल प्रहरीले बताएको छ । समाचारमा बताइए अनुसार जोगवनीमा कुकर बोकेर हिँडेका पैदल यात्रीको कुकर झरेर ट्रकको चक्कामा पसेपछि उनीमाथि कुटपिट हुन थालेको थियो । ‘कुटपिट हुन थालेपछि तामाङ भागेर नेपाल आउन खोजेछन्,’ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले बताए । उनले भने, ‘नेपाल छिर्न लाग्दा भारतीय प्रहरीले नियन्त्रणमा लिएर लगेछन् ।’ भारतीय प्रहरीले नियन्त्रणमा लिइएका चालक तामाङलाई नेपाल प्रहरीको बारम्बारको आग्रहपछि आज छाडिएको छ । तामाङले भारतीय प्रहरीले नियन्त्रणमा लिएर विभिन्न कुरा सोधपुछ गरेर अनआवश्यक दुःख दिएको बताए । तामाङलाई आफन्त बोलाएर बुधबार जिम्मा लगाइएको प्रहरीले जनाएको छ । सीमाक्षेत्रमा खटिएका एक प्रहरीका अनुसार भारतीय प्रहरी, सीमा सुरक्षा बल ९एसएसवी० ले विभिन्न बहानामा दुःख दिने गरेको, पैसा माग्ने गरेको, दुरव्यवहार गर्ने गरेको लगायतका गुनासो चालकहरुले बाराम्बार गर्ने गरेको बताएका छन् । विराटनगरको जोगवनी नाका हुँदै दैनिक दुईदेखि तीन सय चालक मालबहाक सवारी साधन लिएर भारततर्फ जाने गरेका छन्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending