Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

पूर्वाञ्चलमा धमाधम फुटबल प्रतियोगिता हुँदै

\"P1040791-750\" धनकुटा । म्याच फिक्सिङ र फिफाको कारबाहीका कारण नेपाली फुटबलमा नराम्रो दाग लागिरहेको बेला पूर्वाञ्चल अहिले फुटबलमय बनिरहेको छ । एकपछि अर्को ठूलो फुटबल प्रतियोगिता लगातार हुन थालेपछि पूर्वाञ्चल अहिले फुटबलमय बनेको हो । कतिपय ठूला प्रतियोगिताहरु अहिले सम्पन्न भइसकेका छन् भने कतिपय भइरहेका छन् र कतिपय हुने क्रममा रहेका छन् । पूर्वी पहाडी जिल्ला पाँचथरमा पूर्वाञ्चल स्तरीय फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता भर्खरै सकिए लगत्तै सुदूर पूर्वी जिल्ला इलाममा अहिले माइभ्याली अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप भइरहेको छ । यसको केही दिनपछि विराटनगरमा विराट गोल्डकप हुँदैछ । आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतका अनुसार प्रतियोगिता फागुन ५ गतेदेखि सञ्चालन हुनेछ । फागुन कै दोस्रो साता १८ औं अन्तर्रा्ष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता फागुन ८ गतेदेखि हुँदैछ । यस्तै राष्ट्रिय जागृति क्लब इटहरीले आगामी फागुन ६ गतेदेखि दशौं अन्तर्रा्ष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता गर्दै छ । प्रतियोगितामा नेपाल र भारतका चर्चित १० वटा टिमहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । फागुन १४ गतेदेखि मोरङको विराट चोकमा कोशी हरैचा चौथो केवीआरयु कन्दङ्वा स्मृति अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुँदैछ । यसरी एकपछि अर्को लगत्तै फुटबल प्रतियोगिता हुन थालेपछि आफूहरूलाई सहभागिता जनाउन भ्याइनभ्याई भएको झापा ११ का प्रशिक्षक भगीरथ आले बताउँछन् । त्यसो त पूर्वाञ्चलबाहेक देशका अन्य ठाउँमा पनि फुटबलका प्रतियोगिताहरु भइरहेका छन् । खासगरी राजधानी केन्द्रित प्रतियोगिताहरु मोफसलमा हुनुलाई सकारात्मक भएको विराटनगर घर भइ राजधानीमा खेलकुद पत्रकारिता गरिरहेकी सविना कार्की बताउँछिन् । नेपालको फुटबलमा नराम्रो दाग लागेको अवस्था छ । यो दागलाई युवा समूह सम्मिलित राष्ट्रिय फुटबल टोलीले फुटबलको साख फेरि फर्काएका छन् । यो सँगै राजधानी केन्द्रित मात्रै हुने ठूला प्रतियोगिताहरु मोफसलमा धमाधम हुनु भनेको अब नेपालमा नयाँ फुटबलको मोह भएको देखिन्छ । यही क्रममा यस्ता ठूला खेलहरु भइरहनु सकारात्मक भएपनि यस्ता खेलहरुलाई व्यवस्थापन गर्न चाहिँ समस्या हुने गरेको अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष सन्तोष बानियाँले टेलिफोनमा बताए । नेपाली फुटबल जगतलाई माथि उकास्न मोफसलका ठूला प्रतियोगिताहरु एउटा गतिलो भर्याङ हुन । यी यस्ता प्रतियोगिताबाट नेपाली फुटबल जगत माथि उठ्ने पनि हो । तर, यी यस्ता प्रतियोगिताहरुलाई एन्फाले प्राविधिक सहयोगसँगै व्यवस्थित गर्न सके अझै राम्रो हुने देखिन्छ । यसमाथि पनि राज्यको पनि फुटबलमा ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy