Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बसेको मान्छेलाई उठाएर आसन ग्रहण गराउनु पर्दैन : प्रधानमन्त्री

\"KP_Oli\"काठमाडौं । कुर्सीमा बसिरहेको मान्छेलाई आसन ग्रहणका नाममा अब आइन्दा उठाउने काम नगराउन कार्यक्रम आयोजकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव दिएका छन । गृहमन्त्रालयले ६६औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रमको कार्यसूची हेर्दै उनले भने “हाम्रा कार्यक्रम परम्पराबाट हटेर अलि सजिलो ढङ्गबाट निर्माण हुनुपर्छ ।” सैनिक मञ्चमा आयोजना हुने प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपतिभन्दा पहिले अरु व्यक्तिहरु पुगिसक्ने भएकाले उनको आगमनसँगै स्वागत, सम्मान र सलामी भइसकेपछि फेरि विशिष्ट व्यक्ति भन्दै सबैलाई आसन ग्रहण गराएर कार्यक्रमलाई लमितन्न र भद्दा नबनाउन सल्लाह दिएका हुन् । प्रधानमन्त्री ओलीले भने, “समारोहमा उपस्थित भएर सबैबाट पहिले नै आसन ग्रहण भइसक्ने हुँदा प्रमुख अतिथि आएर आसन ग्रहण गरेपछि फेरि आसन ग्रहण गर्नुस् भनेर बसिसकेको मान्छेलाई उठाउने अर्काे सिलसिला चलाउनु पर्दैन ।” अन्यत्र पनि यस्तो चलन हुँदैन “आसन ग्रहण गराउने भनेको बसाउने हो, बसेको मान्छेलाई उठाएर आसन ग्रहण गर्दै हुनुहुन्छ, हेर्नुस् भन्ने पक्कै होइन होला ओलीले भने । प्रजातन्त्र दिवस मूल समारोह समितिले राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि, उपराष्ट्रपति नन्दबहादुर पुन अतिथि हुने गरी सैनिक मञ्चका लागि बनाएको कार्यक्रम र आसन ग्रहण सूची हेरेर प्रधानमन्त्रीले बैठकमा सुझावसहित उक्त टिप्पणी गरेका हुन् । दर्शक र स्रोताभन्दा धरै व्यक्तिलाई मञ्चमा भेला गराउने अनि आसन ग्रहण र मन्तव्यको शैली लामो चलाएर समयको महत्वलाई कम आक्दै कार्यक्रमलाई पट्यार लाग्दो बनाउने प्रवृत्तिलाई निरुत्साहित तुल्याउन पनि उक्त सुझाव मनन योग्य हुन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending