Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सामुहिकको खेल महोत्सव सम्पन्न

\"bhairahawa\"भैरहवा । सामुहिक विद्यालय परिवार रुपन्देहीले वार्षिक खेल मोहत्सव २०७२ भव्यताका साथ सम्पन्न गरेको छ । माघ १६देखी १८ सम्म भएको खेल मोहत्सवमा जिल्लाका १६ विद्यालयका लगभग ६ सय विद्यार्थीहरुले सहभागिता जनाएको आयोजकले वताएका छन् । शहिद दिवशको अवशर पारेर गरिएको मोहत्सवले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्य लिएको सामुहिक विद्यालय परिवारका अध्यक्ष गोकुल पोखरेले वताए । खेल मोहत्सवमा छात्रा र छात्र गरि ३४ वटा खेलमा प्रतिस्पर्धा गराइएको थियो । जसमा दौड, लङजम्प,तिन खुट्टे दौड, रिले दौड, वोरा दौड, रसी दौड, सट पुट, भलिवल जस्ता खेलहरुको प्रतिस्पर्धा गराईएको खेल संयोजक भरत गिरिले जानाकारी दिए । खेलकुद प्रतिस्पर्धामा १ देखी ९ कक्षा सम्मका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । खेललाई तिन तहमा विभाजन गरि खेलाईएको आयोजकले जनाएको छ । पहिलो तहमा १ देखी ३ कक्षा सम्म, दोस्रो तहमा ४ देखी ६ कक्षा सम्म, तेस्रो तहमा ७ देखी ९ कक्षा सम्मको समुह वनाई विद्यार्थीलाई खेल मोहत्सवमा प्रतिस्पर्धा गराईएको थियो । प्रतिस्पर्धामा न्युमुन एकेडेमी, मिर्नवा हाईस्कुल, युनिभर्सल पव्लिक ,कासी नोभेल एकेडमी,एभर ग्रिन प्यासेफिक, सनलाईट हाइस्कुल, लुम्बिनी विज्डम, फ्युचरलाईट, सिवि पव्लिक,नेपाल नालान्दा,आदर्श विद्या मन्दिर, युनिक होम ,साइग्लोवल, हलितालिक ट्युङकल, लुम्बिनी शिसु सदन,क्रिस्टल नलेज एकेडेमीका विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीलाई अतिरिक्त क्रियाक्लाव गराई उनिहरुको व्यक्तित्व विकास एवम अन्तरनिहित प्रतिभा लाई प्रस्फुटन गराउने उद्धेश्य रहेको सामुहिक विद्यालय परिवारका सचिव प्रेम नारायण पौडेलले जानाकारी दिए । उनका अनुसार– बिद्यार्थीहरुलाई कितावी ज्ञान मात्र सिमित नगराई विभिन्न अतिरिक्त क्रियाक्लावको माध्याम द्धारा पनि चौतर्फी विकास गराउन सकिन्छ । खेल मोहत्सवमा मिनर्वा हाइस्कुलले ११ वटा स्वर्ण, ५ रजत र १ कास्य सहित कुल १७ वटा पदक जिति सामुहिक खेल मोहत्सवमा प्रथम हुन सफल भएको छ । एभरग्रिनले ७ वटा स्वर्ण, २ वटा रजत र १ वटा कास्य सहित कुल १० वटा पदक जिति खेल मोहत्सवमा दोस्रो भएको छ भने युनिकहोम पनि ५ वटा स्वर्ण, २ वटा रजत, ७ वटा कास्य सहित एभरग्रिन संग वरावर अंक ल्याउन सफल भएकाले दोस्रो भएको छ । न्युमुन एकेडेमी १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य सहित ६ पदक जित्न सफल भएको छ । सनलाईट १ वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य सहित १० पदक जित्न सफल भएको छ ।नेपाल नालान्दा १ वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य सहित १० पदक जित्न सफल भएको छ । क्रिटल नलेज एकेडेमी २ वटा स्वर्ण, ३ वटा रजत र ३ वटा कास्य सहित ८ पदक जित्न सफल भएको छ । युनिभर्सल पव्लिक ३ वटा स्वर्ण, २ वटा रजत र २ वटा कास्य सहित ७ पदक जित्न सफल भएको छ । कासी नोवेल एकेडेमी ३ वटा रजत र २ वटा कास्य सहित ५ पदक जित्न सफल भएको छ । साइग्लोवल ३ वटा रजत र २ वटा कास्य सहित ५ पदक जित्न सफल भएको छ ।सिविको १ कास्य पदक मात्र जित्न सफल भएको छ । आर्दश बिद्या मन्दिरले १ वटा स्वर्ण, २ वटा रजत र १ वटा कास्य सहित ४ पदक जित्न सफल भएको छ । लुम्बिनी शिसु सदन १ वटा रजत मात्र हात पार्न सफल भएको छ ।हलितालिक ट्विकलले २ वटा स्वर्ण, र २ वटा कास्य सहित ४ पदक जित्न सफल भएको छ । फ्युचर लाईटको १ वटा रजत र २ वटा कास्य सहित ३ पदक जित्न सफल भएको छ । यो खेलकुद मोहत्वसले यसक्षेत्रका विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरुको खेलकुद प्रति आर्कशण वढाएको फ्युचर लाईट इङ्गलिस वोडिङ स्कुलका प्रवन्ध निर्देशक गम्भिर गुरुङले जनाए । मिनर्वा स्कुलका प्रिसिपल तथा परिवारका पुर्व अध्यक्ष राजकुमार गुरुङले सामुहिक विद्यालयले गर्ने यस्ता खेलकुद कार्यक्रमले विद्यार्थीहरुलाई खेलकुदको क्षेत्रमा सफल गराउनुका साथै अनुसाशित र असल नागरिक तयार गराउन सहयोग पुराउने वताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy