Khabar Dabali १२ मंसिर २०७९ सोमबार | 28th November, 2022 Mon

तेजबहादुर, मस्तराम हुँदै यसरी भएँ निर्मल लामा

Golden Oak
Comrade-Nirmal-Lama-02भारत स्वतन्त्र भएको थिएन । अङ्ग्रेजको उपनिवेशकै रुपमा थियो । दार्जीलिङको मुख्य उत्पादन चिया थियो । त्यहाँ दुई चार सय परिवारले काम गर्ने ठूल्ठूला चियाबारीहरु थिए । चियाबारीहरुमा अङ्ग्रेज साहेब रहन्थ्यो । अहिले बुझ्दा साहेब भएको म्यानेचर सरहको मान्छे रहेछ । म्यानेजरको दबबदबा झन्डैझन्डै राणाशाही र निरङ्कुश पञ्यायतको जस्तो थियो । त्यहाँ काम गर्ने मानिसहरु कोही बोल्न, केही गर्न नसक्ने अवस्थामा थिए । साहेबले रिसाएर ‘हटाबार’ भनेपछि जोकोहीले पनि एकदुई घन्टाभित्र लट्टीपट्टी बोकेर भाग्नुपथ्र्यो । कहाँ जाने ? केही थाहा हुँदैनथ्यो । यति हो, जहाँ गएपनि त्यहो एरिया चाहिँ काट्नै पथ्र्यो । त्यस्तो अवस्थामा काफिबारी चियाकमान गोदामधुरा –धुरा भनेको त्यहाँको चलनचल्तीमा गाउँ) मा १९८६ साल माघ १ गतेको दिन म जन्मेको थिएँ । मेरो बाप्पा (बाबु) चारपाँच कक्षा मात्र पढ्नुभएको थियो । उसबेला चारपाँच कक्षा पढ्नु पनि ठूलै कुरा थियो । त्यति पढेका मान्छेहरु पनि थोरै हुन्थे र उनीहरु चियाबारीमा कुल्ली अर्थात् मजदुरी गर्न सक्दैनथे । त्यसैले, आप्पा पनि बेकार बसिरहनु भएको थियो । मौकाले हाम्रो घरको अलिकति माथि अर्को चियाबारी छोटा सिप्रिङमा उहाँले बहिदारको काम पाउनुभयो । हामी मूल परिवारबाट छुट्टीयौं । बाल्यकालमा मेरो समय खोलानालामा खेल्ने, जंगल घुम्ने, चाँप–गुराँस टिप्ने, जङ्गली फलफूल खाने इत्यादि गर्दै बित्यो । हाम्रो घरभन्दा कमसेकम डेढ घन्टा तल झरेपछि बालासन नदी छ । त्यो नदी सिलगुडी मट्टिीगढासम्म पुगेको छ । त्यही नदीमा म साथीहरुसँगै माछा मार्न जान्थेँ । हामी माछा मार्ग गुन्द्रुक बोकेर जान्थ्यौं । कहिलेकाहीँ माछा मार्न नसक्दा घरबाट बोकेर गएको त्यस्तै खाजाबाट काम चलाउनुपथ्र्यो । हामी भाँडाकुँडा भने बोक्दैनथ्यौं । माछा पकाउन हरियो बाँस काटेर करिब दुई हातबराबरको ढुङग्रो बनाउँथ्यौं । त्यसलाई भित्तामा कोल्टे पारेर राख्थ्यौं र तलबाट आगो लगाउथ्यौं । हरियो बाँस जल्दैन, आगोले कालो हुँदै गएर पातलो मात्र हुन्छ । हरियो बाँस पातलो भइसक्दा ढुङ्ग्रोमा जे पकाए पनि पाक्छ । त्यसमा पकाएको माछा धेरै मीठो हुन्थ्यो । भोक मीठो भएको हो की बाँसमा पकाएको कारणले मीठो भएको हो, त्यो त यसै भन्न सकिँदैन । तर, ढुङे्ग्रोमा पकाएको चीज साह्रै मीठो लाग्थ्यो । nirmal-lama-235x200 हामी प्रायः हप्तामा एकचोटि माछा मार्न जान्थ्यौं । एकचोटि हामीले माछा पाएनौं । सदाझैं ढुङ्ग्रोमा भात र गुन्द्रुक पकायौं । तर, एकछिनपछि अलिकति माछा मा¥यौं । हामीले त्यो माछा र गुन्द्रुकमा मिसाएर पकायौं । वाफ रे ! त्यो त साह्रै मीठो खाजा पो बन्यो । हामीले खुब स्वाद लिएर खायौं । अलिकति बाँकी बसेको माछा र गुन्दु्रक मैले बेलुका घर लिएर। आएँ । घरमा आमालाई भने, ‘आमा माछा र गुन्द्रुक मिसाउँदा कस्तो मीठो हुँदो रहेछ ।” आमाले ‘त्यस्तो पनि हुन्छ र ? ’ भन्नुभयो । मेरो पालो आमाले हुन्नहुन्न भन्दाभन्दै पनि माछामा गुन्द्रुक मिसाइदिएँ । त्यो यस्तो रद्दी भयो–खानयोग्य नै भएन । यी कुराहरु म करिब दश बाह्र वर्ष पुग्दाखेरिका हुन् । स्कुलमा जाडोको बिदा हुँदाखेरि म चियाबारीमा काम गर्न जान्थेँ । केटाहरुलाई छोकडा र केटीहरुलाई छोकडी भनिन्थ्यो । सायद हिन्दी शब्दलाई अंग्रेजहरुले बिगार्दा ती शब्दहरु बनेका होलान् । मैले दिनको दुई आना अथार्त् आठ पैसा ज्याला पाउँथेँ । चौसठ्ठी पैसाको एक रुपैयाँ हुन्थ्यो । अहिलेको जस्तो सय पैसाको होइन । हामीले चियाबारीमा राखिएको चियाको बेर्नाको लागि पाँचसात मिनेटको बाटो हिंडी खोलाबाट पानी बोकेर ल्याउनुपथ्र्यो । यो काम ठेक्कामा गर्नुपथ्र्यो । एकजनाले सय घिटी –बाँसको एकदुइटा आँखा भएको करिब दुई हात लामो दुङ्ग्रो) बोक्नुपर्ने । म पहिलोचोटि त्यस्तो काम गर्न गएँ । सायद मेरो उमेर बाह्र वर्षको हँुदो हो । मैले पन्द्रबीस घिटी बोकेँ हुँला । मेरो काँध पिल्सिएर रातो भयो । काँध यति दुख्यो, मैले थप एक घिटी पनि बोक्न सकिनँ । म रोएँ । म रोएको देखेर कामदारी –काम लगाउने नाइके) ले मलाई नराम्रो शब्दले गाली ग¥यो । म झन् साह्रै रोएँ । बाँकी पानी साथीहरु कसैले दुई पाँच घिटी गरी पूरा गरिदिए । भोलिपल्ट मैले जान्नँ भने । साथीहरुले हामी पूरा गरिदिन्छौं हिड् भनेपनि म फेरि गएँ । वास्तवमा दशबाह्र दिनसम्म मैले दशपन्द्रभन्दा बढी घिटी बोक्नुपरेन । बाँकी सबै घिटी साथीहरुले नै बोकिदिए । पछि त मेरो काँध पाको भयो । कोही साथीलार्य सन्चो भएन, कोही थाके भने म उनीहरुलाई सघाइदिने मान्छे भएँ । मेरो त्यही उमेरमा हामी धेरै दुःखमा थियौं । आप्पा फेरि बेकार हुनुहुन्थ्यो । जागीर खासियो । आमा एकजनाको कमाई । त्यो पनि मजदुरी –कुल्लकाम थियो । औरत हुनुहुन्थ्यो उहाँ । आइमाई कुल्लीलाई औरत र लोग्नमान्छेलाई मरद भन्थ्यिो । एउटै काम गर्दा पनि औरतको ज्वाला ६ आना र मरदको ज्याला ८ आना थियो । आमाको ज्यालाबाट नै हाम्रो घर धानिनुपथ्र्यो ।   मेरी आमा ब्यवहारकुशल हुनुहुन्थ्यो । उहाँले कतैबाट एउटा गाई ल्याउनुभयो । गाईको नाम लालमू थियो । गार्यको दूध बजारमा लगी बेचेको आम्दानीले अलिकति राम्रो खान पाउने अवस्था बन्यो । म बजारमा दूध लिएर जान्थेँ । चिया पसलपसलमा पाव (ट्वाक) ले दूध नाप्दै बाँड्दै जान्थेँ । हप्ताको एकचोटि पैसा उठाउन जान्थेँ । एकदिन अचानक एक घन्टा पनि बिरामी नपरीकन लालमू म¥यो । घरमा रुवाबासी भयो । त्यस दिन खान पनि पाकेन र हामीहरुले घरकै अगाडि एउटा खाल्डो खन्यौं । एकमाना चामल, भारु एक रुपैयाँको डबल, एक मुठ्ठी सिन्दुर र फूलमाला राखी लालमूलाई गाडिदियौं । दार्जिलिङमा रक्सी बनाउने भनेपछि धेरै गाह्रो । एक्ससाइज भनिन्थ्यो, त्यसले रक्सी बनाउनेलाई पक्रिन्थ्यो । एक्ससाइज भनेको सायद कर विभाग वा त्यस्तै कुनै प्रशासनिक अङ्ग थियो । त्यस्तो अवस्थामा पनि आमाले मट्टीतेलको टिनमा चामलको जाँड बनाएर तारको जाली केके राखी भाँडामाथि राखेर अति गोप्य ढङ्गले रक्सी बनाउनु थाल्नुभयो । अब त्यो रक्सी बजारको चिया पसल, रेस्टुरेन्टमा कसरी पु¥याउने ? यो काम फत्ते गर्नु धेरै गाह्रो थियो । सायद म स्कुलमा ६ कक्षामा पढ्थें । झोलामा किताब बोेक्ने चलन थिएन । केटाकेटी सबैले हातमै किताबहरु बोकेर स्कुल जान्थे । तर, मैले झोला बोक्न थालें । त्यतिबेला एक किसिमको नरमखालको चारपाटे मिलिट्री ब्याग पाइन्थ्यो । आजभोलीजस्तो पोलिथिनसोलिथिन ब्याय केही थिएन । म मिलिट्री ब्यागमा रक्सी राखेर लान्थें। ब्यागमा मुस्किलले डेढमाना रक्सी अट्थ्यो । म हरेक दिन बोकेर जान्थे । त्यही ब्याग बोकेर म हरेक दिन चिया पसलमा जान्थें । किताब झिकेर रक्सी भएको ब्याग त्यहिँ छाड्थे । र म स्कुल जान्थे । बेलुकी स्कुलबाट त्यही पसमा पुगेर खाली ब्याग र पैसा लिएर घर फर्कन्थे । तर हाम्रो धर त्यतिले पनि चल्न सकेन । गाई–गोरुको एकशेर आन्द्राभुँडी आठ पैसामा पाईन्थ्यो । अहिले जस्तो जोख्नको लागी किलोसिलोको चलन थिएन । चालीस शेरको एक मन हुन्छ । दशपन्ध्र शेरआन्द्राभुँडी किनेर आमा र म तल काफीबारी लागेर बेच्थ्यौं । हरेक बिहिबारको दिन हामी त्यो काम गथ्यौँ । प्लास्टिकसलास्टीक केही थिएन, थुन्सेमा बोक्थ्यौँ । आन्दाभुँडीको पानी चुहेर पछाडिको जम्मै लुnirmal-lama-900x450गा भिज्थ्यो । त्याँ गएपछि आमाकी माईली बहिनीकहाँ बस्थ्यौं । बेलुकी र्फकन भ्याईदैनथ्यो । त्यहिँ बास बस्थ्यांै ।भोलीपल्ट बिहानै उठेर फर्कन्थ्यौं । आमा कुल्ली काम गर्न जानुहुन्थ्यो । म होमवर्क केके छ गरेर स्कुल जान्थे । दुईतीन बर्षसम्म प्रत्येक बिहीबार स्कुलमा आधा बिदा लिएरगाईगोरुको आन्द्रा भुँडी बेच्ने काममा मैले आमालाई सँघाए । शिक्षकले औपचारीक रुपमै आधा दिन बिदा दिने चलन थियो । म स्कुलमा बिदा माग गरीकनै त्यो काम गर्थे । बिहिबारको दिन स्कुलमा खेल्दाखेल्दै मैले बिसेँ भने पनि ल ल मस्तराम जानेबेला भएन र ? चनेर टिचरहरुले कराउँथे । मेरो नाम त्यतिखेर मस्तराम थियो । औपचारीक नाम नै मस्तराम थियो । अर्थात घर स्कुल सबै ठाँउमा मेरो नाम नै मस्तराम थियो । अहिले नाम त मैले आफैले राखेको हुँ । मेरो न्वारनको नाम अझ अर्कै छ तेजबहादुर । मेरो नाम मस्तराम कसरी हुन गयो भन्नेबारे एउटा सानो कथा छ । बाजेले घरको पूजा देवाली (तामाङहरु पुर्खाको पूजा गर्नुलाई खोप्पासुङ भन्छन् ) गर्दा पुर्खाको नाम सम्झियोस् भनेर मेरो नाम मस्तराम राखिदिनु भयो । मेरा पुर्खाहरु दुर्गादास, मस्तरामलगायत के के हो थिए । पछिल्ला सन्तानहरुले पुर्खाको नम बिर्सिदेलान् भनेर बाजेले मलाई त्यो नाम दिएका रहेछन् । म सोच्छु, तामाङको नाम त सोनाम, वाङ्दी, साङ्गे, लाक्पा आदि हुनुपर्ने हो । तर, मेरो नाम मस्तराम कसरी हुन भयो ? सायद काभ्रेको पहाडको कतै टुप्पातिर हाम्रो पुख्र्यौैली गाउँ अझै पनि छ । हाम्रो चारपाँच पुस्ता अगाडिको पुस्ता काभ्रेमा थियो । मलाई लाग्छ, सायद त्यहाँ कुनै जोगी आयो होला । मन्दिर बनाएर उ बर्सौसम्म बस्यो होला । उसले हाम्रो बाजेबराजुहरु जन्मनेबित्तिकै नाम राख्दै गयो होला । किनभने, ती नामहरु त हिन्दू नामहरु भए नी, तामाङ नाम त होइनन् । मस्तराम भन्ने नाम त्यसरी आयो होला भन्ने लाग्छ । प्रसंगमा आएकोले भनिहालौं, हाम्रो पुर्खाको गाउँ काभ्रेको दोलालघाटबाट माथितिर रहेको कार्तिके हो । हामी २००७ सालमा काठमाडौं आएपछि हाम्रो बाजेबराजुहरु नाम सुनेको आधारमा त्यो ठाँउ कहाँ हो भनेर खोज्ने बिचार ग¥यौं । हामीलाई आमाले गाली गर्नुहुँदा यो कार्तिके भन्नुहुन्थ्यो । त्यसको अर्थ कार्तिके भन्ने गाउँ नेपालमा अवश्य पनि छ भन्ने हामीलाई लाग्यो । अर्को कुरो, बाजेहरु कोही नदी शैलुङ लेकको कुरा गर्नुहुन्थ्यो । उँभो त शैलुक लेकैमा, मालिङ्गोको घारीमा, भनेर बाजेहरु गीत गाउँदै नाच्नुहुन्थ्यो । काठमाडौं आएर खोजिगर्दा सैलुङ लेक पनि भेटियो र कार्तिके गाउँपनि भेटियो । तर, कार्तिके गाएँ दुइटा पाइयो । एउटा कमानसिंह लामाको गाउँ कुँडारीछेउमा र अर्को दोलालघाटमाथिको पहाडको टुप्पोमा । कामनको गाउँछेउको कार्तिकेमा हाम्रो थरका मानिसहरु रहेछन् । यता दोलालघाटमाथि पनि रहेछन् । त्यहाँ त हाम्रो थर लो को गाँउ नै रहेछ । मेरो दाई (निर्मल लामाको जेठा दाइ नरेन्द्र लामा हुनुहुन्छ । उहाँ जनमुक्ति सेनामा भर्ती भएर सात सालमा राणाशासनविरुद्ध लड्नुभएको थियो ।) जानुभयो । त्यसबेला मोटरबाटो खोलिएको थिएन । उहाँ पैदलै जानुभयो । त्यहाँका मानिसहरुसँग कुराकानी गर्नुभयो । सबै कुरा मिल्यो । उनीहरुका अनुसार हाम्रो बराजुमध्ये कोही एकजना दार्जिलिङतिर गएर फर्केनन् भन्ने कुरा पनि मिल्यो । हाम्रो घरमा पूजापाठ गर्ने तौरतरिका इत्यादि लगायत नामसाम सबै मिल्यो ,। दाईलाई सबैले स्वागतसत्कार गरे । गाउँलेहरुले बेलुकी कुखुरा काटेर रक्सी पनि ख्याए । तर, राती अचम्मै भयो । घटना के घट्यो ेभने राती त त्यस गाउँमा एकजना पनि लोग्नमान्छे देखिएनन् । जहाँ गए पनि जुन घरमा गएपनि आईमाईहरु मात्र भेटिए । भोलिपल्ट बिहान पनि कोही लोग्नेमान्छे देखापरेनन् । सबै वेपत्ता भए । के भयो ? के भयो ? दाइलाई केही थाहा भएन । उहाँ फर्कनुभयो । दाईले फर्केर आएपछि हामीलाई त्यो घटना सुनाउनुभयो । मैले केही काम गरेर लोग्नेमान्छेहरु हिडेका होलान् भनेँ । बीस वर्षपछि त्यही गाउँकी एक चेलीसँग मेरो भेट भयो । हामी दुईको एउटै थर भएकाले गर्दा मसँग उनको कुरा मिल्यो । कुराकानी राम्रै भयो । उ एउटी लोस्या (तामाङहरु छोरीचेलीलाई लोस्या भन्छन्् )थिई । तामाङ जातिमा महिला भए थरको पछाडि स्या थप्ने चलन छ । मैले उनको घर कहाँ हो ? भनेर सोधेँ । उनले उनको गाउँ कार्तिके भएको बताईन् । उनी करिब ३५–४० वर्ष उमेरकी हुँदी हो । उनको विवाह थानकोटमा भएको रहेछ र। कुराकानीको क्रममा मैले उनलाई छोटकरीमा कुरा बताएँ र अन्तमा सोधेँ ‘दश वर्ष अगाडि मेरा दाइ तपाईको गाउँमा जानुभएको थियो । हाम्रा पुर्खाहरु त्यहीका हु्न् भन्थे । रीतिथिति सबै मिल्यो । यसबाट हामीहरु त्यहीबाट दार्जीलिङतिर हिँडेको भन्ने कुरा चाँहि सावित भयो । मेरा दाईलाई राम्रै सत्कार पनि गरियो । तर, बेलुकी सबै लाग्नेमान्छेहरु भागे रे ! किन होला ? उनले भनिन्, ‘ ल ! किन नभाग्नु ? चारपाँच पुस्तादेखिको अंश खोज्न आयो । पढेलेखेको मान्छे छ, हामी पढेलेखेका मान्छे होइनौं । अब यसले गाउँ खाने भयो भनेर सबै भागेका हुन् नी !” त्यो सुनेर म जिल्ल परेँ । बडो रमाइलो भयो । मेरा दाजुले भोग्नुभएको यो अनौठो घटना सायद २०१० सालतिरको होला । स्रोत ः निर्मल लामाको सर्वहारा राजनीतिबाट  
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page