Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

यसरी मनाए, सिन्धुपाल्चोकका भूकम्प पीडितले काठमाडौंमा ल्होछार

ल्होछारकै दिन पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएपछि तामाङहरुको अनुहारमा उतिसारो हर्ष देखिएन । तर पनि तामाङहरु दुःखलाई भूलेर केही क्षण नयाँ वर्षलाई स्वागत गर्न तल्लिन देखिए । तीनदिनसम्म बौद्ध स्तुपाको प्राङ्गणमा चलेको ‘ल्होछार ज्ञान महोत्सव तथा साँस्कृतिक प्रर्दशनी’ चलिरहेकै थियो । अघिल्ला दुई दिन भन्दा ल्होछारको दिन बौद्धमा रौनकता कम देखिन्थ्यो । कारण बौद्ध स्तुतामा झुमिरहेका तामाङहरु टँुडिखेलमा पुगेका थिए । सायद एउटा सभ्यताको स्वर राजधानीको बीचमै गएर सबैलाई सुनाउँने धोको हुनसक्छ । अर्को धोको चाँही आफैले बनाएको दरबारहरुको बीचमा गएर चिच्याई चिच्याई तामाङ गीत गाउँन मन लागेर पनि होला । \"20160209_175422-750\" साँझ ढल्दै थियो । म ल्होछारको रौनकता हेर्न बौद्धतिर लम्किएँ । एक फन्को बौद्ध घुम्दा केही खल्लो महसुस भयो । बौद्धको प्राङ्गणमा उति सानो ह्लोछारको रौनकता थिएन । अघिल्लो दिनसम्म विभिन्न विषयमा विमर्श भएको स्थानमा परेवाले घरबार जमाएको थियो । स्तुपाको टुप्पा भूकम्पले लगेपछि त्यहाँको दृष्य सिन्धुपाल्चोक र दोलखातिरको भूकम्पले भत्काएको खण्डहर बस्ति जस्तो देखिन्थ्यो । टुँडिखेल जान लम्किएको मेरो पाइला एकाएक त्रिपालतिर बढ्यो । बौद्ध वरिपरिको भूकम्प पिडितको छाप्राहरु खोज्दै हिँडे । बाटोमा केही तामाङ युवा यूवती तामाङ ड्रेस लगाएर हिडेका देखिन्थे । गालामा ट्याटुसमेत देखेँ । साना साना केटाकेटीहरु तागी लगाएर खाप्सी टोक्दै हिडेको देखिन्थ्यो । \"20160209_175332-750\" म घुम्दै घुम्दै पुगेँ बौद्ध नयाँबस्तीतिर । जहाँका पालमाथि माथि लुङ्दार र दज्र्यूहरु फहराईरहेको देखेपछि मेरो पाइला रोकियो । नजिकै चौतारामा उम्लिएँर पालतिर हेरिरहेँ । अग्ला अग्ला बिल्डिङको बीचमा बनाइएको त्रिपालका टहराहरु । टहरा भन्दा अलि वर सडक छेउमा बनाइएको शौचालय । त्यसको छेउमा बनाएको पानी तान्ने कल । टहराको माथि माथि फहराइरहेको दज्र्यू र लुङ्दार। टहराको बीचमा साना साना तामाङ केटाकेटीहरु स्पिकरमा तामाङ गीत लगाएर नाचिरहेको । ढल्दै गरेको साँझसँग उनीहरुलाई सरोकार थिएन । टहराको बीचमा बनाएको खाली ठाउँमा अलि अलि गर्दै निकै नै तामाङ पोसाक लगाएका पाँच छ वर्ष देखि बाह्र चौध वर्षका नानीहरु जम्मा हुन थाले । सडकमा हिडेका बटुवाहरु एक झल्को हेर्थे गीत बजिरहेको टहरातिर; अनि लाग्थे आफ्नो गन्तव्यतिर । उनीहरु नाचिरहे धेरै बेर । केही मानिसहरु खाना बनाउन तल्लिन देखिन्थे । केही चाँही सबै जनासँगै बसेर खाना खान ठाउँ बनाउँदै थिए । \"20160209_173310-750\" चौतारीमा एकजना बृद्ध आईपुगे । उसले एकतमासले हेरिरहे टहरातिर । केही केटाकेटीहरु हातमा चटपटे लिएर आए । ती बृद्ध एक्लै पो बोल्दै रहेछन् । उनी भन्दै थिए, ‘बिचराहरु, आफ्नो गाउँमा भएको भए कति रमाउथे होला आज ? मैले बोल्न खोज्दा बृद्ध सुस्तरी खोक्दै उठेर गए । टहरातिर कसैले होहल्ला गरेको सुनियो । हेरेँ, एकजनाले पालैपालो नाच्न भनिरहेका थिए । उनीहरु नाचीरहे फरक फरक गीत लगाएर । मेरो मन भने भूकम्पले भत्काएको सिन्धुपाल्चोकको खण्डघर बस्तितिर पुगेको थियो । विनाशकारी भूकम्पले करिब ३७ सय मानिसको ज्यान सिन्धुपाल्चोकबाट मात्र लिएको थियो । ८५ प्रतिशत भन्दा बढि घर ध्वस्त भयो । घरबार बिहिन हुनेको संख्या हजारौं । आफन्तको वियोगमा आँखाबाट बग्ने आशुँको गोहो अझै ओभाएको छैन । राहतको आशामा आँखा ओच्छ्याउन सायद छाडिसके उनीहरुले ।
चिया पसलमा एकजना राजधानीबासीले भनेका थिए,‘त्यो सिन्धुपाल्चोकमा मात्रै किन भूकम्प गइराछ था छ ?
चौतारीको डिलमा उभिएर त्यो अस्थायी बस्तिको ल्होछार हेर्दा हेर्दै म झनै विगततिर डुब्न पुगेछु । बैशाखको २९ गतेले धर्ति एक फेरा फेरि हल्लाएर गएको थियो । काठमाडौं पालमा पसेर तास खेल्दै थियो । एउटा चिया पसलमा घुम्दै घुम्दै पुगेँ । त्यहाँ एकजनाले भनेको बोली आजपनि मेरो कानमा बाराम्बार ठोकिन आइपुग्छ । चिया पसलमा एकजना राजधानीबासीले भनेका थिए,‘त्यो सिन्धुपाल्चोकमा मात्रै किन भूकम्प गइराछ था छ ? त्यहाँका भोटेहरुले गाई कोटेर खान्छन् त्यसैले हो ।’ म झसंङग भएँ । छेउका अरु महाशयहरुले सहीमा सही थापे । मैले बोल्न खोज्दा उनीहरु ज¥याक जुरुक उठेर हिँडे । म दिनभर भूकम्पले भन्दा ति महाशयहरुको बोलीले भित्र भित्रै हल्लिरहेँ । सडकमा गुडिरहेको गाडिको चर्चो हरणले म झस्किएँ । त्रिपालको टहरामा उनीहरु नाचिनै रहेका थिए । मलाई त्यही जान लाग्यो । एकमनले सोँचे,‘उनीहरुको पीडामा मलम लगाउने मसँग औकात छैन । मलम लगाउने हैसियत नहुनेले पीडा किन दिनु ? आँशुलाई समाचारको रंगमञ्चमा चढाएर मजाक किन उडाउनु ? फेरी एकमनले सोचेँ,‘ यो बस्तिको बोली कसले सुनिदिन्छ ? ढुङ्गाको मुक्तिलाई पैसा खुवाउने राष्ट्रप्रमुख भएको मूलुकमा भोको पेटको चित्कार कसले सुनिदिन्छ ? फेरी मैले पो के गर्न सक्छु र ? समाचार बनाएर लेखुँला, केहीले वा वा गर्ला, केहीले तारिफ गर्दै शब्दहरु खर्चिएला, तर यो टहराले के पाउँछ ? दयाको पात्र किन बनाउनु मैले ? ओहो ! कस्तो युद्ध चलेको आफ्नै मन भित्र । म भारी खुट्टा घिसार्दै घिसार्दै त्रिपालको अस्थायी बस्ती पुग्ने मुल गेटमा पुगेँ । \"20160209_173701-750\" गेटमा त पुगेँ तर भित्र पस्ने हिम्मत भएन । घाउमा छर्कन नुनचुक हातमा बोकेर गेटमा उभिरहेछु जस्तो लागिरह्यो । भित्र ल्होछारको रमझम चलिनै रहेको थियो । खाना पकाउनेहरु पकाइनै रहेका थिए । करीब १० मिनेट जति बितेपछि एक जना ६५ / ७० वर्षको बृद्ध गेटतिर आए । कपडा मैलो थियो । अनुहार चिसोले सुन्निए जस्तो देखिन्थ्यो । गेट नजिकै आईपुगेपछि डराई डराई मैले नमस्ते भनेँ । उनले मुसुक्क हाँस्दै ‘नमस्ते बाबु’ भने । उनको नाम रहेछ पासाङ बोम्जन । ‘बुवा केही कुरा तपाईलाई सोध्नु थियो, मिल्छ ? मैले भने । उनले बिनाहिच्किचाहट हुन्छ भने । उनले सुरु गरे सिन्धुपाल्चोकको तातोपानीबाट यहाँ आएर पालमा बस्नुको पीडा । उनले भने, ‘यहाँ बस्न थालेको त आठ महिना भयो । कुइरेले आएर दिन्छ हामीलाई खानेकुराहरु ।’ मैले नेपाल सरकारको कुरा गरेँ । उनले भने,‘खै बाबु, नेपाल सरकारको के कुरा गर्नु।’ छैन, कोही आको छैना आजसम्म ।’ मैले राहतको कुरा गरेँ । उनले पहिला १० हजार त्यसपछि १३ हजार उतै बाह्रबिसेमा पाएको कुरा गरे । ‘त्यो बाह्र हजारपनि पैसा भएत हुन्थ्यो नी बाबु, पसलबाट समान पो लिनुपर्ने रे ।’ उनले भने । [caption id=\"attachment_59089\" align=\"aligncenter\" width=\"750\"]\"पासाङ पासाङ बोम्जन[/caption] कुरा गर्दै गर्दै अर्की अधबैसे महिला आईपुगिन् । यनको नाम रहेछ शुशिला खड्का । उनले हामी बीचको सम्वाद सुन्न थालिन् । उनले थपिन् । पच्चीस तीस वटा टहरामा ५०÷६० परिवार । एउटै टेन्टमा चार पाँच धुरी बस्ने गरेको । जसमा जम्मा ५०० जना जति बस्ने रहेछ त्यस टहरामा । कति त फर्के भत्किएको घरतिर । युवा र वयस्कहरु कोहीपनि देखिएन । उनीहरु गाउँ गएका रछेनन् । कति परिवारका आफन्त गुमेका छन् । तपाईहरु कतिसमयसम्म बस्ने त यहाँ भन्दा ती महिलाले ‘खै केही टुङ्गो छैन, अब झन वर्षा लाग्यो’ भनिन् । ‘आजसम्म त कुइरेले हेरिराछ थाहा छैन कहिलेसम्म हो ? ती बृद्धले भने । अनि आज ल्होछार मनाउँदै हो तपाईहरु ? मैले सोधेँ । ती बृद्धले भने, ‘मलाई पनि पुजा त गर्नै पर्छ भन्ने लाग्यो; उ नाची राछन् उनीहरु।’ उनले टहराको बीचतिर औला देखाउँदै भने । [caption id=\"attachment_59090\" align=\"aligncenter\" width=\"750\"]\"सामुहिक सामुहिक खाना पकाउने ठाउँ[/caption] अनि बाबु तपाई कहाँ बस्नुहुन्छ नी ? ती महिलाले मलाई सोधिन् । मैले त्यही पर गौरीघाट छेउमा बस्छु भने । कुराकानीको क्रममा मैले ती महिलालाई सोधे‘ दिदी कस्तो छ गाउँमा अहिले ? उनले उदास अनुहारमा भने,‘ हाम्रो घर भएको ठाउँमा त उ यो घर पस्ने जत्रो जमिन फाटेको छ । अब काँहा बस्ने होला थाहा छैन ।’ कुरा गर्दा गर्दै उनका ५÷६ वर्षको छोरा आएर सारीको फेर समाएर लुटपुटिन थाले । बालक रोई रहेको थियो ।
बाबु जाउँ न भित्रै चिया खाएर जानु ? ती महिलाले मलाई यति भन्दा म झसंग भएँ ।
‘अनि बा कस्तो थियो पोहोर सालको ल्होछार ? मैले उनको उदायी भङ्ग गर्दै सोधेँ । उनी झनै गम्भीर देखिए । लामो सास फेर्दै उनले भने, ‘आफ्नो ठाउँ त आफ्नै हो नी बाबु । यो त परदेशको ठाउँ; पोहोर त रमाइलो भएको थियो नी ।’ उनी बोल्दा बोल्दै रोकिए । \"20160209_180013-750\" बाबु जाउँ न भित्रै चिया खाएर जानु ? ती महिलाले मलाई यति भन्दा म झसंग भएँ । ‘भो दिदी पछि आउँला नी है । मैले भर्खर खाएर आको ।’ मैले कुरा टार्न खोजेँ । तर ती महिला र बृद्धले मलाई चिया खाएरै जान कर गरे । मेरो अघिको सोँच पुरै बदलियो । यो शहरमा यस्तो भन्ने अब संस्कृति एकादेश कथा भईसक्यो । कहाँबाट आए यी मानिसहरु मानवीयताको सभ्यता बोकेर ? झन् झन् चिसो चिसो हुँदै गएको काठमाण्डुको छातिमा न्यानो स्नेहको सभ्यता बोकेर यी मानिसहरु कहाँ जान्छन् होला अब बास खोज्दै ? कसले होला यी बेघर भएका मानिसहरुलाई बास दिने ? म सोच्दा सोच्दै ती महिलाको पालमा पुगेँ । बाहिरै बस्न खोजेँ । तर आतित्थ्यता घर बाहिर राखेर पुरा हुने थिएन । भित्रै बोलाइनन् । म भित्र पसेँ ।
अधिकांश जसो तामाङ, केही परिवार शेर्पा र क्षेत्रीपनि रहेछ । बृद्धबाले ल्होछारका लागि पुजा गर्न सुरु गरे ।
१० र ८ फिट जति फराकिलो ठाउँ । केही ओढ्ने ब्लाङ्केटहरु । केही थाल र बटुका । तल भूईबाट आधा फिट जति जग उठाइएको । पालको परिपरि पानी तर्काउन खनिएको सानो कुलो । पालको माथि केही लुगा झुन्ड्याइएको । एउटा फ्रेममा राखिएको फोटो । पालको दाँया र बाँयाबाट निस्कन मिल्ने ढोका । पालको माथि दुईतिर थोरै घाम छिर्ने प्वाल । ती महिलाले चिया ल्याईदिइन् । चिया खाँदै मैले खानाको बारेमा सोधेँ । प्रत्येक टहराले पालै पालो पकाउनु पर्ने रहेछ । १ महिनामा एक पटक पालो आउनेरहेछ । खाना पाकी सकेपछि जानकारी दिइन्छ सबैलाई । आ–आफ्नो परिवारले भाँडा लिएर जान्छन् खाना थाप्न । अनि खाना बोकेर टहरामा आएर खाने रहेछन् । [caption id=\"attachment_59100\" align=\"aligncenter\" width=\"750\"]\"फाईल (फाईल तस्वीर) सिन्धुपाल्चोकमा उद्धारको क्रममा देखिएको दृष्य[/caption] आज ल्होछार भएकाले पुजा गर्न सुरुसार भएको थियो । ती महिलाको श्रीमान गाउँ गएको रहेछ । अधिकांश जसो तामाङ, केही परिवार शेर्पा र क्षेत्रीपनि रहेछ । बृद्धबाले ल्होछारका लागि पुजा गर्न सुरु गरे । केटाकेटीहरु तामाङ गीत लगाएर नाचिरहेकै रहेका थिए । म ती महिला र बृद्धसँग बिदा भएर निस्किएँ । बृद्ध बा गेटसम्मै मलाई पु¥याउन आए । ‘आउँदै गर्नु है बाबु’ भन्दै मलाई उनले बिदा गरे । मन भारी भयाे ।  बागमति किनारै किनार हिड्दै गर्दा मनमनै सोचेँ, ‘ प्राकृतिक विपत्तिले त डस्यो डस्यो, राज्यले पनि नडसिदिए हुन्थ्यो ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy