फाल्गुन २६ गते, २०७१ मगलवार 10th March, 2015 Tue०९:२९:३१ मा प्रकाशित
म्याग्दी, म्याग्दीको मुदी–१ मा रहेको बुद्धि विकास माध्यमिक विद्यालयमा भवन अभावले विद्यार्थी खुलाचौरमा पाल टाँगेर पढ्न बाध्य छन् ।
भौगोलिक रुपमा विकटता भएको मुदीमा कक्षाकोठा भवन नहुँदा कक्षा ९ का विद्यार्थी विद्यालय परिसरमा पाल टाँगेर बनाएको छाप्रोमा बसेर बढ्न बाध्य भएका हुन् । विसं २०६६ देखि माध्यमिक तह सञ्चालन गरे पनि पूर्वाधार निर्माणमा सरकारी निकायबाट सहयोग नहुँदा भवनको अभाव भएको विद्यालयका प्रधानाध्यापक जगबहादुर किसानले बताए ।
‘‘विद्यालयको स्तरोन्नति ग¥र्यौं, विद्यार्थीले राहत पनि पाए तर भवन अभावले अहिले पालमुनि विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ”–उनले भने ।
उच्च हिमाली क्षेत्र भएकाले चिसो हावाहुरी, जाडोमा चिसो र गर्मीमा घामले पढाइ प्रभावित हुँदै आएको छ । सो विद्यालयमा लामो समयदेखि विद्यार्थीले पालमुनि बसेर पढ्दै आएका छन् ।
पालमुनि पठनपाठन गराउँदा पानी परेको समयमा विद्यार्थीको शैक्षिक सामग्री भिज्ने, जाडोको समयमा कठ्याङ्ग्रिएर लेख्न र पढ्न नसक्ने र पढाइप्रति विद्यार्थीको ध्यान नजानेजस्ता समस्या देखिएको शिक्षक कुलराज पौडेलले बताए ।
हाल भएको कोठामध्ये चारवटा जीर्ण अवस्थामा रहेको विद्यालयले जनाएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: