Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भारतलाई आयरल्याण्डको २६० रनको लक्ष्य

जारी क्रिकेट विश्वकपको ग्रुप बीको खेलमा एसोसियट आयरल्याण्डले साविक विजेता भारतलाई २६० रनको लक्ष्य दिएको छ । ४९ ओभरमा आयरल्याण्डले १० विकेट गुमाउादै २५९ रन जोड्यो । ४० ओभरसम्म ५ विकेट क्षतिमा २१२ बनाएर खेले पनि त्यसपछि लगातार विकेट गुमाउादा आयरल्याण्डले विश्वविजेताविरुद्ध मध्यम स्कोर खडा गरेको हो । आइरिस टोलीका लागि नियल ओवरोयनले सर्वाधिक ७५ रनको योगदान दिए । ७५ बलमै उनले ७५ रननै बनाएका हुन् । त्यस्तै, विलियम पोर्टरफिल्डले ६७ रनको महत्वपूर्ण योगदान दिंदा पाउल स्ट्रलिङ ४२ रन बनाए । एन्डी बालव्रिनेले २४ रन बनाए । त्यसपछिका पुछारमा कुनै पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । जोन मोनी १२ रनमा नटआउट रहे भने एलेक्स कुसाकले ११ रनको बनाएपछि खेल अन्तिम ओभरतिरसम्म धकेलिएको हो । भारतका लागि मोहम्मद सामीले ३ र रविचन्दन आश्विनले २ विकेट लिए । भारत अंक तालिकामा पहिलो र आयरल्याड चौथो स्थानमा छन् । कम्तिमा चौथो स्थानमा रहनका लागि आयरल्याण्डलाई भारतविरुद्ध जितको निकाल्नुपर्ने हुन्छ । लगातार चार खेल्दै जित्दै भारत क्वाटरफाइनल पुगिसकेको छ । आयरल्याण्डको हारले टेस्ट टोली वेस्ट इण्डिजलाई फाइदा पुग्न सक्छ । इण्डिज टोली एक खेल बढी खेल्दै चार अंकसहित पाँचौ स्थानमा छ । आयरल्याण्डले आज र अर्को खेलमा पनि हार बेहोरेमा इण्डिज टोलीले फाइदा उठाउन सक्नेछन । बााकी रहेको एक खेलमा राम्रो रनरेटले इण्डिज टोलीले जिते एसोसियट आयल्याण्ड लिग चरणबाटै बाहिरिन सक्नेछ । समूह एबाट भने क्वाटरफाइनलमा पुग्ने टोलीको टुंगो सोमबार नै लाग्यो । इङल्याण्डलाई १५ रनको रोमाञ्चक जितसागै बंगलादेश क्वाटरफाइनलमा प्रवेश गऱ्यो । बाँकी न्यूजिल्याण्ड, अष्ट्रेलिया र श्रीलंका पनि एक खेल अगावै क्वाटरफाइनलमा स्थान सुरक्षित बनाउन सफल भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending