फाल्गुन २६ गते, २०७१ मगलवार 10th March, 2015 Tue१०:१३:४२ मा प्रकाशित
मोरङ, भारतमा बेचिएका दुई बालकलाई सोमबार साँझ सीमा नाका रानीबाट उद्धार गरिएको छ ।
माइती नेपाल विराटनगरका अनुसार भारतमा लगेर श्रम शोषण गरिएका मोरङको डायनियाका १३ वर्षीय मोहम्मअबु तालिम र मोहम्म इन्ताजलाई उद्धार गरेर अभिभावकको जिम्मा लगाएको छ ।
उनीहरुलाई मोरङकै आमबारीका मोहम्मद साजन नामक व्यक्तिले दुई महिनाअघि राम्रो काम लगाइदिने भन्दै दिल्ली पु¥याएको उद्धार गरिएका बालकले बताएका छन् ।
भारतको सिमलपुर लालकिल्लानजिकै एक फ्याक्ट्रीमा काममा लगाइएका बालकले आफूहरुलाई १६ घन्टासम्म काममा लगाएको गुनासो गरेका छन् ।
कपडा किन्ने भन्दै मालिकबाट १०० रुपैयाँ मागेर निस्किएका उनीहरु भाग्दै अलपत्र परेको अवस्थामा भारतको सर्सा जिल्लामा रहेको चाइल्ड लाइन संस्थाले उद्धार गरेर नेपाल फर्काएर माइती नेपालको जिम्मा लगाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: