पार्टीले एउटा छोड्नै नहुने भूल्नै नहुने विषय के हो भने राजनीतिलाई राम्रो आधार र बल दिने सेवा दिने आर्थिक पाटो हो । त्यो पाटो भनेको श्रम उत्पादन र व्यवस्थापनको पाटो हो । त्यो पाटोलाई अहिलेसम्म पार्टीले भूलेको छ ।पार्टी बिग्रियो भनेर निस्क्रिय रहेको तपाईँ एकाएक सक्रिय देखिनु भएको छ । अहिलेको सक्रियतासँगै के त्यस्तो उपलब्धीमुलुक काम गर्नु भएको छ ? मलाई के लाग्छ भने यो निष्कृय र सक्रिय भनेको कुनै मापदण्ड छैन । यो कुरामा म चाँही सहमत छैन । तपाईले जे भन्नु भयो; यो कुरा सित म सहमत छैन । राजनीतिका विविध पाटा हुन्छन् । राजनीतिको एउटा पाटो चाँही बाहिर देखिने गरी झोला बोकेर सडकमा लुखुर लुखुर जाने, एकदुई वटा मिडियामा बोल्ने, यसो अनुहार देखाइरहने खालकोलाई सक्रिय भन्ने हो भने म त्यसलाई सक्रिय मान्दै मान्दिन । कयौं गुमनाम कमरेडहरु हुनुहुन्छ । जसले यो पार्टीका लागि पुरै जीवन दिएर लाग्नु भएको छ । उहाँहरु मिडियातिर कहिल्यै देखिनु हुन्न । उहाँहरुलाई म सबैभन्दा सक्रिय मान्छु । पार्टीले एउटा छोड्नै नहुने भूल्नै नहुने विषय के हो भने राजनीतिलाई राम्रो आधार र बल दिने सेवा दिने आर्थिक पाटो हो । त्यो पाटो भनेको श्रम उत्पादन र व्यवस्थापनको पाटो हो । त्यो पाटोलाई अहिलेसम्म पार्टीले भूलेको छ । नेपालका कुनै पनि पार्टीले यसलाई लिएका छैनन् । डन्डा ठटाएर, चन्दा उठाएर, झन्डा फहराउँने जो सिद्धान्त छ यो सिद्धान्तले कहिलेपनि पार्टी उभोँ लाग्दैन । म यो सिद्धान्तको विरोधी हुँ । एमाओवादीका नेता तथा कार्यकर्ताहरु कसैले पनि स्वावलम्बी ढंगले आफूले उत्पादन गरेर श्रम गरेर खान सिक्नुपर्छ । त्यतिखेर मात्र हामी स्वतन्त्र निर्णय लिन सक्छौं र वर्गीय पक्षधरतामा दृढ रहन सक्छौं । त्यसकारणले यो निष्कृय भन्ने जो शब्द छ यो कुरासित म सहमत छैन । मैले चाँही ठूलो पद लिएर बिनाकाम बसिरहने धेरै हाम्रा साथीहरु र मेरो पनि कुरालाई इङ्गीत गरेर मैले राजीनामा दिएको हुँ । हामीले काम पाउँनु प¥यो । हामी सक्रिय हुनुप¥यो । पार्टी बनाउनु प¥यो भनेर । त्यो बीचमा म सबभन्दा सक्रिय भएँ । बरु अहिले चाँही काम छैन । अहिले म पार्टीको पूर्ववत ठाउँमा आएँ काम त गरिरहेको छु । तर पनि एक्टिभ लाइफ चाँही अहिले छैन । त्यो मेरोमात्रै होइन सबैको त्यही हो । अब हाम्रो पार्टीमा सबभन्दा क्रियाशिल कोही हुनुहुन्छ भने त्यो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । मलाई लाग्ने के हो भने हामी सबैलाई पुरै प्यारालाल फर्मेशनमा क्रियाशील पार्नुपर्छ । हामी हुनुपर्छ । हामीले आफ्नो जिम्मेवारी पुरा गरिहेका छौं तर अध्यक्ष प्रचण्ड दिनमा कति घन्टा खटेर यो पार्टीका लागि काम गर्नु भएको छ । उहाँको एक्लो जवाफदेहिता र क्रियाशिलता रह्यो सिङ्गो टिमलाई परिचालन गर्दा यो पार्टी अझ अर्को ठाउँमा जान्थ्यो । हामी त्यही चाहन्छौं । मपनि त्यही भन्छु अध्यक्ष ज्यूलाई । यसको मतलब अरुले केही नगरेको भनेको हैन । गरेका छन् तर जिम्मेवारी बाँडफाँड गर्दाखेरि माथिदेखि तलसम्म सोपान क्रममा सबैले आफ्नो ल्याकत अनुसारको भारी बोक्ने हुनपर्छ । अध्यक्ष कमरेडको त अलि बढि हुने भईहाल्यो तर उहाँले कतिपय झिनामसिना काममा समय खर्चिनुहुन्न । उहाँले बैचारिक राजनैतिक काममा, रणनैतिक काममा, सांगठनिक काममा अलि ठूलाठूला काममा जो हामीले गरेर हुँदैन त्यो काम उहाँले गर्ने हो । हामीले गरेर हुने काम त हामीले गर्नु प¥यो नी । केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी कमिटि सदस्यहरु, पदाधिकारीहरुले गर्नु पर्यो । अनि तलका साथीले गर्नु प¥यो । त्यसो भयो भने चाँही पार्टी राम्रो बन्छ । सबै काम अध्यक्षलाई गराउने हामी मालिक साहेव, बाबुसाहेब, मेमसाहेव हुने हो भने यो पार्टी बन्नेतिर भन्दा बिग्रनेतिर जान्छ । अहिले त बन्नेतिर गा’छ । तर मेरो चाँही अपेक्षा के हो भने कमरेड अध्यक्षलाई धेरै दल्ने कुरा भन्दा अथवा उहाँमात्रै बढि दलिनु भन्दा हामी सबैलाई भारी बोकाईदिने हुनुप¥यो । गतिलो गरी काम गर्ने हुनु प¥यो । काम नगर्ने लाड्साप, मेमसाप भएर बस्नेहरु एमाओवादीका नेता कार्यकर्ता कमै हुन सक्छन् । तिनीहरु हाकिम बडाहाकिम हुन्छन् । हाकिम बडाहाकिम जब पार्टीमा बढ्छ त्यो बेला पार्टी विग्रन्छ ।
म दुईपटक सदनमा पुगेँ । अन्तरिम व्यवस्थापिकाको विधायक भएँ । पहिलो संविधानसभामा पनि सभासद भएँ । दुईपटक मन्त्री भएँ । एकदमै थोरै थोरै समयमात्रै भएँ । स्वास्थ्यमन्त्री र पर्यटन मन्त्री भएँ । त्यसपछि त हामी बाहिर छौं नी त । बाहिर भईसकेपछि हामीले के गर्ने ? गुप्त स्रोतहरु त हाम्रो छैन । अनि हामीले त काम गरी खानु प¥यो । त्यसकारण कुनैपनि उत्पादनसँग जोडिनु प¥यो ।तपाईले जोड दिई राख्नु भएको छ । श्रम उत्पादन व्यवस्थापन भनेर । यसैको सङ्केत थियो कृषितिर लागेर कालोधानको उत्पादन ? मैले यसमा दुईवटा कुरालाई लिएको हुँ । एउटा कुरा चाँही मआफैले जीविकोपार्जन के कसरी गर्ने ? मेरो कुनै स्रोत त छैन । म दुईपटक सदनमा पुगेँ । अन्तरिम व्यवस्थापिकाको विधायक भएँ । पहिलो संविधानसभामा पनि सभासद भएँ । दुईपटक मन्त्री भएँ । एकदमै थोरै थोरै समयमात्रै भएँ । स्वास्थ्यमन्त्री र पर्यटन मन्त्री भएँ । त्यसपछि त हामी बाहिर छौं नी त । बाहिर भईसकेपछि हामीले के गर्ने ? गुप्त स्रोतहरु त हाम्रो छैन । अनि हामीले त काम गरी खानु प¥यो । त्यसकारण कुनैपनि उत्पादनसँग जोडिनु प¥यो । गुजारा त गर्नु प¥यो नी । त्यसकारण श्रम गरेर खाने भनेर लागेको हुँ । जनता सबैले श्रम गरेर खा\'छन् । हामीले किन नगर्ने ? भन्ने एउटा कुरा हो । अर्को कुरा पार्टीले राजनीतिक र सांगठनिक कामसँगसँगै श्रम उत्पादनमा जोडिएन भने पार्टी नेतृत्व र कार्यकर्ताको ठूलो पंक्ति यता जोडिएन भने यो श्रमजीवि वर्गको पार्टी रहदैन । यसले अरु आश्रित भएर बाँच्नुपर्छ । चन्दा उठाएर खानुपर्ने, विभिन्न स्रोत खोज्नुपर्ने, अपारदर्शी जीवन बिताउँनुपर्ने, परआश्रित हुनुपर्ने अवस्था छ । उनीहरुका नून खाएपछि उनको काम गर्नुपर्यो । उसले नुन दिन्छ । नूनको गुन तिर्नु पर्यो । नूनको गुन तिर्नेबेला पार्टीको काम गर्ने कि उनको गुन तिर्ने भन्दा अनि पैसा हुने को हुन्छन त भन्दा ठूलाबडा हुन्छन् । तिनै पुँजिपति, उद्योगपति, घुसखोर भ्रष्टाचारीहरु हुन्छन् । उनिहरुले दिएको पैसा खाईसकेपछि पार्टीको काम हुन्छ की जनताको काम हुन्छ की उनीहरुको काम हुन्छ ? भन्दा उनीहरुको काम बढि हुन्छ । त्यो बेला हामी हामी हुँदैनौँ अरु नै हुन्छौँ । यसमानेमा पार्टीले यता डोर्याउनुपर्छ भनेर मैले स्याम्पलिङ (नमूना) कोरुपमा काम गरेका छु । यसलाई अहिले पार्टी भित्र पनि बाहिर पनि एकदम राम्रोसँंग हेरिएको छ । म जहाँ जान्छु, कालो धान भन्छन् साथीहरु । कालोधान भनेको एउटा रोल मोडेल हो । म दुई पटक मन्त्री भइसकेको मान्छे पार्टीको स्थायी कमिटीको मान्छे । त्यो चाँही कुनै खेतमा गएर कुनै सस्तो प्रचारबाजीको लागि होईन । मैले नेपाली जनतालाई राजनीतिक नेताहरुलाई कार्यकर्ताहरु सबै र आफूलाई पनि एक ढङ्गले श्रममा जोड्ने ईथिक्समा रहन चाहेको हो । ‘नो ईथिक्स नो पोलिटिक्स’ हामी ईथिक्समा गिरेको हुन्छौं भने पोलिटिक्स हुदैन । पोलिटिक्स हुन्छ तर तिनीहरुको जस्तो हुन्छ जस्ता ईथिक्स लेस छन् । तपाईँले खेति गर्न थालेपछि पार्टीले बुझ्यो त अब हामी पनि श्रमतिर लाग्छौ भनेर ? अब पार्टीमा अध्यक्ष प्रचण्डले पेश गरेका दस्ताबेजमा उत्पादन बिभाग गठन गरेर पहिलाको जस्तै निर्णय गरिएको छ । मलाई उत्पादन बिभागको फ्याक्सन इन्चार्ज तोकेको छ । मसहित १२ जना साथी केन्द्रीय उत्पादन बिभागमा छौं । केन्द्रीय कमिटीकै सदस्यहरुको बैठक बस्दै छ । मैले आवश्यक प्रस्ताव योजनाहरु बनाएको पनि छु । अब बस्ने उत्पादन बिभागको बैठकले पार्टीका लागि देशैभरी केन्द्रदेखि प्रदेशसम्म योजना दिन्छ । कतिपय योजना तल सम्म नै बनाउनुहन्छ साथिहरुले र हामी श्रम उत्पादन र ब्यवस्थापनको लागि अगाडि बढ्छौं । अहिले रातारात एकदमै अब परिवर्तन भइहाल्ने भन्ने कुरा होइन । तर सुरु त गनुपर्यो नी । नेपालमा अहिले गुजारा र निर्बाहमुखी अर्थतन्त्र छ । यहाँको ब्यवसाय नै त्यहि छ । ब्यवसाय छैन, झारा टराई खालको मात्रै छ । यस्तो अवस्थामा के गर्नुपर्छ भन्दा अहिले हामीले एउटा निर्वाह र गुजारा गर्ने खालको पनि अघि बढ्ला । तर सबैले केही न केही गर्नै पर्यो । अलिकति अपग्रेड गरेर त्यसलाई ब्यवसायिकता बताउनुपर्यो । कृषिमा प्रबिधि जोड्ने, र कृषिलाई आ–आफ्नो फ्याकल्टी अनुसार लैजानुपर्छ । जस्तो– मैले कालो धान लगाएँ । कालो धान मेरो एक प्रकारले ब्राण्ड बन्यो । यसलाई मैले केहि वर्ष छाड्दिन । अब हामी ब्ल्याक राइस आदिबारे जनतालाई सिकाउने हो । त्यस्तै अरु फलफुल होला, पशुपालन होला, माछापालन होला, कृषिजन्य उद्योगहरु पनि हुन्छन । यसो गर्दा हामीले चौतर्फि रुपमा कृषिलाई अपग्रेड गदै जाने हो । त्यसतर्फ पार्टी लागिरहेको छ । श्रम उत्पादनमा लाग्ने पार्टीले निणर्य गरेको छ । पार्टीले बिभाग बनाएर काम गराउने हो । केही कामको जिम्मेवारी हाम्रो छ र हामीले गर्छौ । हेरौं पार्टीले पनि गर्नुपर्छ भिँडले मात्र गर्ने कुरा त भएन । पार्टीको सिङगो शक्तिलाई हामीले दुई भागमा बाड्ने हो । एउटा संगठन बिचार र राजनैतिक काममा, अर्को श्रम उत्पादन र ब्यवस्थापनमा । दुई तीन बर्ष आ–आफ्नो ठाउँमा काम गर्ने । मानौं एमाओवादीका ३ लाख पार्टी सदस्य छन् भने डेढ डेढ लाख चाँही बाडिन पर्छ । श्रम उत्पादनमा आधा र संगठनमा आधा जानुपर्छ । तीन तीन बर्ष आ–आफ्नो ठाउँमा काम गर्ने त्यसपछि इन्टरचेन्ज गर्ने श्रम उत्पादनमा लागेका संगठनमा र संगठनमा लागेका श्रम उत्पादनमा लाग्ने त्यसो गर्दा रुपान्तरणको कुरा पनि हुने भयो । सबैले स्बाद त चाख्नु पर्यो काम र सबैले अनुभब पनि गर्नुपर्यो । यहाँ काम गर्नेहरु हलिया मजदुर जस्तो उता राजनीतितिर संगठनमा काम गर्नेहरु भद्रभलाद्मी ठूलाठालु जस्तो खालको महशुस कार्यकर्ताले गर्यो भने त हामी बिग्रिन्छौं । त्यसकारणले भौतिक र बौद्धिक श्रमकोबीचको बिभेदलाई मेटाउने पनि हो यो । यो एउटा सांस्कृतिक रुपान्तरणको पाटो पनि हो । तपाईँको धान उत्पादनलाई रोल मोडल र नमूना भन्नु भएको छ तर बिगतका कम्युन र सहकारीहरु असफल भए । उत्पादनलाई कस्तो मोडल बनाउन खोज्नु भएको छ ? सहकारी अहिले मेरो जिम्मामा छैन । सहकारी अरु नै साथीले हेर्नुहुन्छ । तर पनि मलाई केलाग्छ भने नेपालमा तीन थरी सहकारी छन । पहिलो बचत तथा ऋण सहकारी जसलाई हामी बित्तीय सहकारी भन्ने गर्छौं । जसलाई बैंकिङ सहकारी भन्छौ । जहाँ पैसा जम्मा हुन्छ, पैसा जम्मा गरी सकेपछि उत्पादन सहकारीमा जानुपर्दछ । यसमा जाने भनेको हामीले कृषिजन्य उत्पादनहरुमा, औद्योगिक उत्पादनहरुमा जाने हो । त्यो पैसालाई लगानी गर्नु पर्यो । तेस्रो कुरा उत्पादन भएको चिजलाई प्रशोेधन गरेर ताकी बजारमा लैजानु पर्यो । त्यसलाई उपभोक्ता सहकारी वा बजारीकारण वा बितरण सहकारी भने पनि हुन्छ । यि तीन खाले सहकारी जुन छन्, यी सहकारीमा नेपालमा सबैभन्दा बढि बचत तथा ऋण सहकारी छन् । ती सबै सहर केन्द्रीत छन् । सहरमा एउटा घरमा ६/७ वटा साइनबोर्ड टाँगिएका हुन्छन् । पछिल्लो डाटाअनुसार अहिले नेपालमा करिब ३५ देखि ४० हजारको हाराहारीमा सहकारी छन् । तर धेरै भन्दा धेरै बचत तथा ऋण सहकारी छन् त्यो पनि सहरमा केन्द्रित छ । उत्पादन सहकारी करिब नगन्य छन् । उत्पादन नभएपछि उपभोक्ता हुने कुरै भएन । त्यसकारण हाम्रो सहकारी गाउँ जानुपर्ने हो । गाउँमा गरीब, दलित, महिलाहरुमा जानुपर्ने हो । मैले देखेको महिलाहरुले दलितहरुले गाउँमा चलाइएका सहकारीहरु धेरै भन्दा धेरै सबल छन् राम्रा छन् तर जो योबीचका मान्छे छन्, नेता पनि हुने कार्यकर्ता पनि हुने काम पनि नगर्ने टपरटुइँया बाजी गरेर बात मार्दै हिड्नेहरु जो छन्, यिनिहरुले धेरै बदमासी गरेका छन् । यिनिहरु चाँही वास्तबमा ईथिकल्लीलेस भएका छन् । नैतिकरुपमा पतित छन् यिनिहरु । जब नैतिकवान भईन्छ, त्यो बेला चाँही सबै कुरा चल्छ । नेपालमा यो तिनै थरी सहकारी र यो श्रम उत्पादन र ब्यबस्थापनलाई सँगै जोडेर लैजानुपर्दछ । योसँगै जोडेर लैँजादा तीन वटा काम गर्नु जरुरी छ । १) एक कृषिलाई आधुनिकीकरण र ब्यवसायीकरण गर्नुपर्छ । २) प्रर्यटनका समग्र पाटा पक्षलाई समेटेर प्रयटनको बिकास गर्नुपर्दछ । प्रबद्र्धन गर्नुपर्दछ । ३) नेपालमा ६ हजार खोलानाला छन् तिबाट आफूसक्दो जति सकिन्छ एकल लगानी वा संयुक्त लगानीमा हामीले जलबिद्युत उत्पादन गर्नुपर्छ । यसो गर्दा कृषिजन्य उद्योगलाई पनि बिद्युतबाट हामी लगाडि लैजान सक्छौं । हामीले हिमालको चिजहरु तराई लैजान र तराईको हिमाल लैजानु परेमा रोपवेबाट लैजान सक्छौं । बाटोको आवश्यकता नै पर्दैन । रोपवेमा हाल्दियो एकैछिनमा लैहाल्छ । उद्योग चलाउनु पर्यो यहिँ नै बिद्युत खपत हुन्छ । यसो गर्दा सजिलो पनि सस्तो पनि हुन्छ । पर्यटनका लागि पनि हामीलाई होटल रेष्टुरेण्ट चाहियो, विद्युत चाहियो । सबै ठाउमा त्यसो भयो भने हामीले विदेशी पर्यटकहरुलाई पनि यहाँ ल्याउँछौं । नेपाल सिङ्गै एउटा टुरिष्ट डेष्टिनेशन हो । यसलाई हामीले के बुझुन्नु पर्दछ भन्दा नेपाल आफैमा एउता महत्वपुर्ण देश हो र यो देशलाई हामीले पर्यटनको माध्ययमबाट एकदम कम भन्दा कम लगानिमा धेरै रोजगारी सिर्जना गर्न सक्छौं । तर हाम्रो देशको सरकारको दिमागमा कहिलै पनि राष्ट्रिय योजना राष्ट्रिय नीति बन्दैन । राष्ट्रिय निर्देशक नीति बन्दैन । राष्ट्रिय निर्देशक नीति भनेको जो प्रधानमन्त्री, गृहमन्त्री वा पर्यटन मन्त्री भएका बेलामा बन्छ, त्यो राष्ट्रिय निर्देशक नीति फेरि अर्को आउनेबेला त्यसलाई खारेज गरेर अर्को बनाउने होइन । त्यो नीति रहिरहोस् । अरु आउने त्यसैबाट आउनुपर्ने, अर्को अलि पर गएको हुन्छ त्यसलाई घचेटेर अलिअघि लैजानुपर्छ । यहाँ त के छ भने पिपलपाते नीति छ, साँझ बिहानको नीति छ यहि भएर बिग्रेको छ । त्यसकारणले गर्दा नेपालमा कृषिलाई, जलबिद्युतलाई र पर्यटन, सहकारीलाई उत्पादन श्रमलाई जोडेर लैजान सक्नुपर्छ र सिङ्गो जनतालाई समाहित गर्नुपर्छ । खासगरी पढेलेखेका युवा शक्ति बिदेश जाने जो कुरा छ त्यसको लागि देशमै राजनीतिक स्थिरता बिकास निर्माणका मेगा प्रोजेक्टहरु तयार पारेर सुरु गरेर स्बदेशमै रोजगारी दिलाउने ठूलाठुला उद्योगहरु सञ्चालन गर्नु आवश्यक छ । हामीले बन जङ्गल आदि क्षेत्रको संरक्षण गर्ने, त्यसबाट हामीले ठुल्ठुला हर्बल, प्रोजेक्टहरु बनाउन सक्छौ । हाईड्रो प्रोजेक्ट हुन सक्छन् । टुरीजमका क्षेत्रहरु हुन सक्छन् । यस्ता कार्यहरु एकीकृत माओवादीले अब सानै भए पनि सुरु गर्छ ।
यहाँ त के छ भने पिपलपाते नीति छ, साँझ बिहानको नीति छ यहि भएर बिग्रेको छ । त्यसकारणले गर्दा नेपालमा कृषिलाई, जलबिद्युतलाई र पर्यटन, सहकारीलाई उत्पादन श्रमलाई जोडेर लैजान सक्नुपर्छ र सिङ्गो जनतालाई समाहित गर्नुपर्छ ।भनेपछि माओवादी अब आर्थिक क्रान्तिमा लाग्ने नै भएछ । तपाईँले भनेका यी मेघा प्रोजेक्ट कहिलेदेखि शुरु हुन्छ ? होइन, हामी अब काम थाल्छौं । पार्टीले केन्द्रबाट पनि प्रदेशबाट पनि, जिल्लाबाट पनि लाग्छौ । यो कुरा के हो त भन्नुहुन्छ भने, गफ गरेजस्तो कुरा होइन । यसका लागि पहिलो कुरा चेतना चाहियो, दोस्रो कुरा योजना तेस्रो पँुजि, चौथो प्रबिधि, पाँचौ कुरा ब्यबस्थापन हुनुप¥यो र छैठौं कुरा प्रचारप्रसार हुनुप¥यो र बजारको मार्केटिङ हुनुप¥यो । नेपालमा भूमि खण्डीकरण हुँदै गइरहेको छ । भू–माफियाहरुले जग्गा लिने प्लटिङ गर्ने कंक्रिट बिच्छाएर सबै उर्वरभूमिहरु सिध्याउँदै लगेका छन् । अब नेपालमा भूमि खण्डिकरणलाई रोक्नुपर्यो । भूमिलाई चक्लाबन्धि गर्नुपर्यो । मैले कालो धानको कुरा गरेँ, धान खेतिगर्नलाई कति वटा मेसिन चाहिएला ? करिब ६–७ वटा मेसिन चाहिँदोरहेछ । मेरो बाजेले पनि धान खेती गरेको होईन, मेरो बाउले पनि धान खेती गरेको होईन । यो लेकेन्द्र बिष्टले पनि यो भन्दा पहिला कहिलै धान खेती गरेको होईन । म सानो हुदाँखेरि कसैकोमा एक दुईपटक खेताला गएको थिएँ । मेरो गाउँलेको लेकको टुप्पोमा बस्ने मान्छे । तर मलाई थाहा थिएन एक्कासी झ्वाम्मै हाम फालेर धान खेतमा गई सकेपछि, म अनुभब भएर गएको होईन, केही सिकिन्छ भनेर छलाङमारेर गएको हो । त्यसबाट मैले के बुझेँ भन्दा कृषिमा प्रविधि जोड्नु प¥यो । मस्तिष्क र मेसिनको भेट हुनुप¥यो । जब मष्तिक र मेसिनको भेट हुन्छ त्यसपछि कृषि छिटो फस्टाउँंछ । कृषिकै कुरा गर्दा पहिला जोत्ने मेसिन चाहियो ट्याक्टर, त्यसपछि रोप्ने मेसिन चाहियो, बिउ हाल्दिने मेसिनमा अनि फटट्ट रोप्दै जान्छ, निश्चित दूरीमा स्केल मिलाउने हो । अनि त्यसपछि केही दिनपछि त्यसमा आएको झार गोड्ने हो त्यो पनि मेसिनले नै गोड्ने हो । मेसिनले गोड्ने, मेसिनले काट्ने, मेसिनले झाँट्ने, मेसिनले कुट्नुपर्छ । यसका लागि ६/७ वटा मेसिन चाहिन्छ । हामीकहाँ जोत्ने मान्छेले झिँगा टिप्या जस्तो गर्नुपर्छ । हामी कहाँ मस्तिष्क र मेसिनको भेट भएन कृषिमा । त्यसैले अब चाहिँ हामी बिस्तारै त्यता जाने हो अहिले म्यानुयुल पावर र मेसिनको कम्बिनेशन गराउनेतिर जान्छौ हामी कतै कतै सबैतिर त नहोला । तर हामीले सहर र गाउँलाई पनि जोड्छौ । बौद्धिक र भौतिक श्रमकाबीचमा बिभेद छ, त्यसलाई पनि मेट्ने कोशिस गर्छौ । हामीले जे छ त्याहाँबाट सुरु गर्छौं । केहि योजनाहरु यसका लागि बैठक बस्नु प¥यो । सात वटा प्रदेश छन्, त्याहा जान प¥यो । सात प्रदेश भित्र ७५ जिल्ला छन्, त्यहा जान्छौ । केन्द्रमा पनि हामी सोच्छौं । यो प्रकारले सोँचिएको छ । अब हामी केही गर्छौं ।
प्रतिकृया लेख्नुहोस्: