काठमाडौँ, नेपाल प्रज्ञा –प्रतिष्ठानले करिब दुई सय नारी साहित्यकारका विवरण समेटिएको परिचय कोशको प्रथम प्रतिवेदन साेमाबार सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले यसअघि सबैको संयुक्त परिचय कोश प्रकाशनमा ल्याए पनि नारी साहित्यकारलाई मात्र केन्द्रित गरी पहिलो पटक परिचय कोष प्रकाशनमा ल्याउन लागेको हो । कोशमा कम्तीमा एक पुस्तक प्रकाशन गरेका र यही फागुन १० सम्म विवरण प्राप्त विभिन्न भाषाभाषीमा कलम चलाउने नारी स्रष्टाका परिचय समेटिएको छ । सो कोशको प्रथम प्रतिवेदन पूर्वसदस्यसचिव गीता केशरीले हिजाे सार्वजनिक गरिन् ।
सो प्रतिवेदनलाई विज्ञ र सरोकारवालाको रायपछि अन्तिम प्रकाशन गरिने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए । प्राज्ञ नर्मदेश्वरी सत्यालले समालोचना तथा निबन्ध विभागले यस प्रकारको प्रकाशन पहिलो पटक प्रकाशन गर्न लागेकाले छुटेका नारी स्रष्टाले चाँडै विवरण दिन सक्ने बताइन् ।
यसैबीच एक सय पाँचौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा हिजाे प्रतिष्ठानले सांस्कृतिक रुपान्तरणमा स्रष्टाको दायित्व विषयमा आयोजना गरेको गोष्ठीमा प्रा मोहनराज शर्माले कार्यपत्र प्रस्तुत गर्दै समाजमा अझै पनि हैकमवादी प्रवृत्ति हाबी भएकाले पुरुष र महिलाबीच भागिदारीपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक डा सुधा त्रिपाठीले समाजको सामन्तवादी पितृसत्तावादी सोचका कारण सांस्कृतिक रुपान्तरणको गतिले तीव्रता नपाएको भन्दै यसका लागि साहित्यकारको महत्वपूर्ण भूमिका हुनुपर्ने बताइन् ।
प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरे, प्राज्ञ उषा ठाकुर र ज्ञानु पाण्डे, साहित्यकार बेन्जु शर्मा, उषा शेरचन, गीता त्रिपाठी, प्रा डा कुमारबहादुर कोइराला, ममता नेपाल, गायत्री विष्ट, प्रभा बराल, यशोदा अधिकारी, सुशीला प्रधानाङ्ग, रत्नमणि नेपाललगायतले कार्यपत्रमाथि सुझाव दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: