Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

भूकम्पबारे पूर्वजानकारी अब मोबाइल ऐपमा

\"myshake-750\" एजेन्सी । भूकम्पलाई आजसम्म मानिसले अगाडि थाहा पाउन नसकिने, जुनसुकै बेला आउन सक्ने आपतकालिन विपत्तिका रुपमा लिइएको छ । तर अब भूकम्प आउन लागेको पूर्व जानकारी दिने प्रविधि आविस्कार भएको खबर प्राप्त भएको छ । अमेरिका स्थित क्यालिफोर्नियाका वैज्ञानिकहरुको एउटा टिममा त्यस्तो एप आविस्कार गरेका हुन् । ‘माइशेक’ नामक उक्त एपबाट अब भूकम्पका बारेमा पूर्वजानकारी लिई आवश्यक सावधानी अपनाउन सकिने समाचारमा उल्लेख छ । ऐपमा जोडिएको सेन्सर मेसिनको मद्दतले धर्तिको मूनि भएको कुनै पनि हलचल तुरुन्त थाहा पाउन सकिने बताइएको छ । फोन गोजीमा वा झोलामा जुनसुकै ठाउँमा भएपनि उक्त ऐपले पूर्वसंकेत दिने अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले बताएको छ । आविस्कारमा जुटेका प्रोफेसर रिजर्ड एलेनले भने, ‘यसका लागि हजारौं फोन प्रयोगकर्ताहरुको मद्दत आवश्यक पर्छ । त्यसपछि एक डेटा नेटवर्क खडा गर्नुपर्छ । जसले आउने भूकम्पको बारेमा पूर्व चेतावनी दिनेछ ।’ \"160213015035_seismological_graph_credit_uc_berkeley_624x351_ucberkeley-750\" उक्त ऐपलाई www.mysake.com.edu मा गएर डाउनलोड गर्न सकिने छ । प्रोफेसर ऐलनले भने,‘यो ऐप तपाईको फोनमा डाउनलोड गरेपछि यसले काम गर्न शुरु गर्छ । जब भूकम्प आउछ, तब सुचना हाम्रो सर्भरलाई आउँछ । त्यसपछि सर्भरमा प्राप्त सुचना एप प्रयोगकर्ताको मोबाइलमा जान्छ ।’ एलेनले भने,‘केही सेकेण्डको चेतावनी नै सब थोक हो । त्यही समयमा सुरक्षित स्थानमा जान सकिन्छ ।’ यो ऐपले जमिनमूनि भएको हलचलका बारेमा जानकारी दिन्छ । भूकम्प एकै पटक ठूलो नबन्ने र ठूलो भूकम्प बन्न केही समय लाग्ने समाचारमा उल्लेख छ । त्यही भूकम्प बन्ने प्रक्रियामा नै एपले जानकारी दिने समाचारमा बताइएकोछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE