Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

धुर्मुस सुन्तलीको प्रेरणाले मुसहर बालबालीका विद्यालय जान थाले

\"Musaharमहोत्तरी । महोत्तरी बर्दिबास २ का मुसहर बस्तीका विद्यालय नजाने बालबालिका विद्यालय जानुका साथै ट्युसन समेत पढ्न थालेका छन् । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमा पुगेर अभिभावकलाई सम्झाई बुझाई गरेपछि अहिले अधिकाँस बालबालिका विद्यालय जानुका साथै ट्युसन समेत पढ्न थालेका हुन् । मुसहर बस्तीकै सबैभन्दा बढी पढेका मन्जे सदालाई धुर्मुस सुन्तलीले सम्मानसहित आर्थिक सहयोग गरेर बस्तीका बालबालिकालाई ट्युसन पढाउन आग्रह गरेका थिए । धुर्मुस सुन्तलीको आग्रह अनुसार नै बस्तीका बालबालिकालाई जम्मा गरेर ट्युसन पढाउन थालेको कक्षा ११ मा अध्ययनरत मन्जे सदाले बताएका छन् । यो खबरले आफुहरुलाई निकै हर्षित तुल्याएको धुर्मुस सुन्तलीले प्रतिक्रिया दिएका छन् । \"Musahar बालबालिकालाई सहज रुपमा ट्युसन पढाउनका लागि बर्दिबास जनसेवा अस्पतालले ह्वाइट बोर्ड, मार्कर, डस्टरलगायतका सामग्री सहयोग गरेको छ । स्थानीय पत्रकार एवं सामाजीक अभियान्ता राजकरण महतोको पहलमा अस्पतालले उक्त शैक्षिक सामग्री सहयोग गरेपछि अध्यापनमा निकै सहज भएको मन्जेको भनाई छ । केहि समय अघि बस्तीका लागि न्यानो बाँड्न पुगेका धुर्मुस सुन्तलीले मन्जे सदालाई पाँच हजार रुपैँया नगद सहयोग र सम्मान गरेका थिए । आफ्ना गाउँलेको अघि गरीएको सहयोग र सम्मानले आफुलाई निकै हर्षित तुल्याएको भन्दै उनले बस्तीका बालबालिकालाई विद्यालय लैजाने र ट्युसन पढाउने प्रतिबद्धता जनाएका थिए । \"Musahar करिब ६० घर रहेको यस बस्तीमा गरिबि, अशिक्षा, बालविवाहलगायतका सामाजीक समस्या व्याप्त छ । धुर्मुस सुन्तलीले बस्तीको विकराल अवस्था देखेपछि त्यो बस्तीलाई नमुना बस्तीको रुपमा विकास गर्ने योजना बनाएका छन् । सहयोगी हातहरुको साथ जुटेमा बर्दिबासका मुसहर बस्तीलाई अर्को नमुना बस्ती बनाउने उनीहरुको सोच छ । गरिब र पिछडिएका समुदायका लागि आफुहरु बाचुञ्जेल सहयोग गर्न तत्पर रहेको उनीहरुले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: