Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

गफाडी सरकार ! घटेको गाडी भाडा कहिले लागू हुन्छ ?

\"bus_nakabandi\" काठमाडौं । ‘ओ गफाडी, सरकार, कता कसले गर्दै छ तिम्रो अनुगमन ? आजैको दिनमा हामी बुढाबुढीसँग स्थानीय यातायातले निधारित भाडाभन्दा बढी रु.४८ लुटे । हामी हात्तीबनबाट सातदोबाटो जाँदा आउँदा १३ चौको ५२ रुपैयाँ लिनुपर्नेमा ६० लिए ।’ साहित्यकार तथा सौन्दर्यचिन्तक घनश्याम शर्मा पौडेलले फेसबुकमा लेखे । सातदोबाटोबाट कलंकी भएर गोंगबु बसपार्क एकतर्फी १३ किमि भए पनि जानाआना  बढीमा ८४ रुपैयाँ निुपर्नेमा ३०चौको १२० रुपैयाँ लुटेको उनले गुनासो गरे। प्रतिवाद गर्न  खोज्दा कठालो  समात्न आइपुगेको बताए । ‘यो त अचाक्ली भयो, लौ न उपभोक्ता मञ्छ र  नागरिक आन्दोलन पनि कता कहाँ हरायौ ?’– उनको प्रश्न छ । घनश्यामको स्टाटसमा कथाकार महेश पौडेल ‘इस्माली’ कमेन्ट गर्दै सरकारको मात्र होइन, उपभोक्ता  मंच र नागरिक समाजकै खिल्ली उडाएका छन् । ‘उपभोक्ता  मंच र नागरिक समाज पब्लिक बस चढ्दैनन् होला, सरकारको त सेतो प्लेटको कार छ, त्यसैले तिनलाई  यस्तो कुरो थाहा छैन र थाहा पाउन पनि चाहदैनन् ..’ इस्मालीको कमेन्ट छ । गाडी भाडा घटेको कागजमै सीमित इन्धनको भाउ घटेको भन्दै सरकारले दश दिन अघि नै सार्वजनिक सवारीमा भाडा घटाएको थियो । सरकारले गाडी भाडा घटाएको दश दिन हुँदा पनि ब्यवसायीहरुले भने गाडी भाडा घटाएका छैनन् । गाडी भाडा घटाएको एक सातापछि यातायात ब्यवसायी महासंघलाई सरकारले पत्र बुझाएपछि घटेको भाडा शनिबारदेखि नै लागू हुने ब्यवसायीहरुले बताएका थिए । यातायात ब्यवस्था विभागले  गाडी भाडा नघटाउने सवारी साधनमाथि कारबाही गर्ने बताए पनि सवारी साधनहरुले टेरपूच्छर लाएका छैनन् । यातायातमा सरकारले लागु गरेको बैज्ञानिक भाडादर कार्यान्वयन हुन नसक्दा कागजमा सीमित भएको छ । भारतीय नाकाबन्दी खुलेर  पेट्रोल तथा डिजेलको आपुर्ति सहज हुनुका साथै पेट्रोलियम पदार्थको मूल्य पनि घटेको भन्दै सरकारले नयाँ भाडादर कायम गरेको थियो । महासंघले घटेको भाडा लागू गरिने बताए पनि गाडीमा पूरानै भाडा असुली गरिरहेका छन् । सरकारले भाडा घटेका बताए पनि सवारी साधनले आफुखुसी भाडा लिने गरेको विद्यार्थी सुवास काफ्लेले बताए । गाडीमा विद्यार्थीलाई सहुलियत दिन समेत आनाकानी गर्ने गरेको उनले गुनासो गरे । भारतीय नाकाबन्दीपछि इन्धन संकट भएको भन्दै ब्यवसायीले पुरानै भाडा लिने गरेका थिए भने विद्यार्थीलाई सहुलियत दिएका थिएनन् । सरकारले भाडा घटाउएको देखाउनका लागि मात्रै भएको अर्का यात्रु नरबहादुर खत्रीले बताए । माैन छ यातायात ब्यवसायी महासंघ यातायात ब्यवसायी महासंघका महासचिब सरोज सिटौलाले घटेको गाडी भाडा कार्यान्वनय नभएकोबारेमा केही बताउन चाहेनन् । गाडी भाडा घटेको बारेमा अहिले केही कुरा नगर्नुस् भन्दै ठाडो जवाफ दिए । सिटौलाले केहिदिन अघि मात्रै घटेको भाडा लागू गरिने बताएका थिए । सरकारले कायमा गरेको भाडादर लागु भएन भनेर पटक पटक बिभिन्न्न सञ्चार माध्ययमले खबरदारी गरेता पनि अनुगमन नहँुदा ब्यवसायीले कार्यान्वयनतर्फ चासो दिएका छैनन् । विद्यार्थी सहुलियत नपाउँदा गाडी जलाउने विद्यार्थी संगठनहरु पनि घटेको भाडा लागू गर्ने विषयमा भने मौन देखिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending