Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

घर बनाउन भन्दै जनतालाई सडेको बाँस

\"\"

दोलखा । अस्थायी आवासको नाममा प्लान नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले दोलखाका विभिन्न गाविसका भूकम्पपीडितहरुलाई जबरजस्ती कुहिएको बाँस वितरण गरिरहेको छ ।

राहत, अस्थायी आवास र न्यानो कपडापछि सरकार पूनर्निर्माणको चरणमा पुगिसके पनि प्लान नेपालले भने असारमै वितरण गर्नुपर्ने अस्थायी आवासको नाममा दोलखाका भूकम्पपीडितलाई जवर्जस्ती कुहिएको बाँस वितरण गरेको हो ।

प्लानले जिल्लाका बोच, मागापौवा, काटाकुटी, भुषाफेदा, ताम्चेत दुधपोखरी, शैलुङ्गेश्वर, पवटी, डाँडाखर्क, घ्याङसुकाठोकर, भेड्पु र फस्कु गाविसमा कुहिएको बाँस र बाँस भन्दै निगाला जवर्जस्ती वितरण गरेको ती गाविसका पीडितहरुकोे आरोप छ ।

ती गाविसका पाँच हजार परिवारलाई करिब रु पाँच करोड ६० लाख बराबरको बाँस मात्र वितरण गरिने प्लान नेपालले जनाएको छ ।

अधिकांशले अस्थायी आवास बनाएको सात महिनापछि प्लानले अस्थायी आवासको लागि भन्दै जबर्जस्ती एक थान त्रिपाल र १२ वटा बाँस भिडाएको डाँडाखर्क–७ का भूकम्प पीडित शम्भु केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाँस पनि कुहिएको र बाँस भन्दै निगाला वितरण गरेर प्लानले जात्रा देखाएको छ ।” बोचका पीडित नवराज थापाले भने, “सरकारले दिएकोबाट कटेरो बनाइयो, जबर्जस्ती बना भन्छ, बनाउने ठाउँ छैन ।’ डाँडाखर्क र घ्याङसुकाठोकर गाविसले बाँस र त्रिपाल बहिष्कार गरेका छन् भने बोच गाविसले सुकाएर दाउराको रुपमा प्रयोग गरेको पीडितहरुले जनाएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समितिको बैठकमा प्रश्न उठ्दा आवास नबनाई गोठ मात्र बनाएपनि हुने भनेर आश्वस्त पारेकाले अनुमति दिइएको जानकारी दिनुभयो । असार महिनामा युएसएड र डिएफआइडीसँग प्रस्तावपत्र पेस गरिएकोमा केही समयअघि मात्र स्वीकृत भएकाले जसरी पनि वितरण गर्नुपर्ने र अरु प्रस्ताव गुम्ने डरले जवर्जस्ती भए पनि भिडाउनुपर्ने बाध्यता रहेको प्लान नेपालकै कर्मचारी स्वीकार गर्छन् ।

प्लानले हिमशिखर ट्रेडर्स एन्ड सप्लायर्स, उदयपुर र सन्तोष निर्माण सामग्री प्रालि, चरिकोटबाट आवास र सरसफाइ दुई शीर्षकमा बाँसको खरिद र ढुवानी गराएको छ । बाह्य बजारबाट एक लाख २० हजार बाँस प्रतिगोटा रु २९२ र स्थानीयस्तरबाट पाँचवटा बाँस प्रतिगोटा रु ७५ मा खरिद गरेको प्लान नेपाल दोलखाले जनाएको छ ।

प्लान नेपाल दोलखाका जिल्ला संयोजक चन्द्र कायस्थले मापदण्ड नपुगेको बाँस फिर्ता गरेर सप्लायर्सबाट असुल गरिने जानकारी दिनुभयो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending